स्थानिय निर्बाचन- २०७९: आज र भोली उम्मेदवारी दर्ता, एमालेका उम्मेदवार घोषणा, गठबन्धनमा समस्या कायमै

११ बैशाख, नेपालगञ्ज/ स्थानिय निकाएको निर्बाचनका लागी यस पटक आज आईतबार बिहान १० बजे देखी भोली सांझ ५ बजे सम्म अर्थात २ दिन उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको निर्बाचन आयोगले जनाएको छ ।

दोस्रो कार्यकालका लागी आगामी बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानिय निकायको निर्बाचनका लागी संसदमा प्रमुख ठुलो दल रहेको नेकपा एमालेले देशैभरका अधिकांस स्थानिय निकायमा उठने उम्मेदवारहरुको नामावली शनिबार राती सार्वजनिक गरेको छ ।

पार्टीको निति बिचार र सिदान्तलाई तिलाञ्जली दिएर जसरी पनि प्रमुख दल नेकपा एमालेलाई सत्ताबाट बाहिर राख्न निर्बाचनमा हराउने भन्दै गठबन्धन गरेका ५ दलहरुले उम्मेदवार घोषणा त परै जावस कस्ले कुन ठाउंबाट कती पाउने भन्ने बिषयमा नै रुमल्लीरहेको अवस्थामा छ ।

नेकपा एमालेले घोषणा गरेको उम्मेदवारहरुमा बांकेका ८ वटा पालिका मध्य नेपालगञ्ज उप–महानगरमा पशुपती दयाल मिश्रा र शान्ती ढकालको नामावली यस अघी नै सर्बसम्मत निर्णय गरि सार्वजनिक रुपमा घोषणा गरिसकेको छ ।अन्य पालिकाहरुमा पनि घोषणा भइसकेको तर आधिकारीक निर्णय नभएकोमा शनीबार राती एमालेले सार्वजनिक गरेको छ ।

 

सार्वजनिक गरिएका नामावलीहरुमा……….

बांकेको कोहलपुर नगरपालिकामा
प्रमुखमा खिल प्रशाद भुषाल र उप–प्रमुखमा अस्मीता थारु,

नगर उन्मुख खजुरा गाउंपालिकामा
अध्यक्षमा सुमन मल्ल र उपाध्यक्षमा नजिरा बेगम,

राप्तीसोनारी गाउंपालिकामा
अध्यक्षमा रामदास थारु र उपाध्यक्षमा चमेली बागबल मगर

बैजथान गाउंपालिकामा
अध्यक्षमा घननाथ खनाल र उपाध्यक्षमा प्रेमपूर्ण योगी,

जानकी गाउंपालिकामा
अध्यक्षमा हेमान्शु यादव र उपाध्यक्षमा भुमिसरा धिताल

डुडुवा गाउंपालिकामा
अध्यक्षमा सरोज कुमारी यादव र उपाध्यक्षमा सकिल खां

नरैनापुर गाउंपालिकामा
अध्यक्षमा पदमावती यादव र उपाध्यक्षमा राम कुमार दिक्षीतलाई उठाएको छ ।

त्यसैगरि अन्य ठुला शहरहरुमा उठाईएका उम्मेदवारहरुमा

काठमाडौ:

केशव स्थापीत र सुनिता डङ्गोल

पोखरा:

दिपक पौडेल र मन्जु गुरुङ

ललितपुर :

हरी कृस्ण ब्यन्जकार र मन्जली शाक्य बज्राचार्य

भरतपुर :

बिजय सुवेदी

बिरगंज :

बिजय सरावगी

हेटौंडा :

अनन्त पौडेल र सुमित्रा काफ्ले

धनगढी :

रण बहादुर चन्द र कन्ठकला थारु

बुटवल :

बाबुराम भट्टराई र सावित्रा देवि अर्याल

धरान :

मन्जु भण्डारी र पदम लिम्बु

ईटहरी:

यम कुमार सुब्बा र सङ्गीता चौधरी

घोराही :

नरुलाल चौधरी र हुमा कुमारी डिसी

तुलसीपुर :

टिकाराम खडका र स्यानी चौधरी ।।

उता हाल सत्तामा रहेका गठबन्धनहरुमा उम्मेदवार पाउनुपर्ने बिषयमा कुरा नमिल्दा उम्मेदवार छनौटमा समस्या उत्पन्न भएको देखिएको छ ।

बाँकेमा मनोनय तालिका