नेपालगञ्ज नाका ७२ घण्टा शिल गर्ने निर्णय

१८ बैशाख, नेपालगञ्ज/ नेपालमा आगामी बैशाख ३० गते सम्पन हुनगइरहेको स्थानिय निर्वाचनको क्रममा नेपाल- भारत सिमा ७२ घण्टा अर्थात ३ दिन नेपाल भारत सिमा बन्द गरिने निर्णय भएको छ ।

शनिबार भारतको कर्तनियामा नेपाल-भारतका सुरक्षाकर्मिहरुको संयुक्त काउन्टर पार्टको बैठक सम्पन्न भएको छ ।

भारत उत्तर प्रदेश स्थित कर्तनिया स्थित एसएसबीको कार्यालयमा भएको बैठकमा भारतिय पक्षले नेपाल समकक्षी समक्ष महिला वेचविखन, लागु औषध र नेपालका तराई क्षेत्रका मस्जिदका नाममा सुरक्षा चुनौतीका बिषयमा कुरा उठाएका छन ।

नेपालले भारतिय समकक्षी समक्ष स्थानिय निर्वाचन-२०७९ को बिषयमा व्रिफिङ गर्दै सुरक्षाका निम्ती ७२ घण्टा सिमा नाका बन्द गर्ने प्रस्ताब गरेको थियो ।