नेपालगञ्जमा शान्ती र पशुपती किन ?

२७ बैशाख, नेपालगञ्ज/  स्थानिय निर्बाचन २०७९ को लागी आज प्रचार–प्रसारको अन्तीम दिन रहेको छ । बांकेको नेपालगञ्ज उप-महानगरपालिकामा मेयर पदमा १७ जनाको उम्मेदवारी रहेकोमा चुनाबी अन्तीम प्रतिस्पर्धामा ३ जनाको बढी सक्रियता देखिएको छ ।

नेकपा एमालेका तर्फबाट मेयर पदमा पशुपती दयाल मिश्रा र उप–मेयरमा शान्ती ढकाल, नेपाली कांग्रेसबाट मेयरमा प्रशान्त बिष्ट र उप–मेयरमा कांग्रेसले आफनो उम्मेदवार उठाएको छैन । राप्रपाबाट नन्दलाल बैश्य र उप–मेयरमा बिन्दु चर्ति रहनुभएको छ ।

यस पटकको नेपालगञ्ज स्थानिय निर्बाचनमा उठेका उम्मेदवारहरुको ब्यक्तिगत आचरण सामाजिक छबी, योग्यता, क्षमता र अनुभवको दृष्टिकोणबाट अध्ययन गर्ने हो भने नेकपा एमालेबाट मेयर पदमा उठनुभएका पशुपती दयाल मिश्रा र उप–मेयरको उम्मेदवार शान्ती ढकालको अन्य पार्टीबाट उठाइएका ब्यक्तीहरुसंग तुलना गर्ने अवस्था नै छैन ।

नेपालगञ्ज उप–महानगर जस्तो एउटा सरकारी गरिमामय पदमा आसिन हुने ब्यक्ती नशेढी–गजेढी धधुरो भांग नखाने, नक्कली सर्टिफिकेट नभएको, हा–हा हु–हुमा नरुमलिने, अल्लारे पन नभएको , तस्करी जस्ता कार्य नगरी समाजमा उच्च छबी बनाएको अली परिपक्क शिक्षित योग्य ब्यक्ती नेपालगञ्जका जनताहरुको सेवकका लागी एउटा सक्षम योग्य अभिभावक हुन सक्दछ ।

नेपालगञ्ज उप–महानगरको मेयर जस्तो पदमा आफनो पार्टी, नातागोता, स्वार्थका कारण नेपालगञ्ज बासीले एउटा योग्य सक्षम अनुभबी मेयर नपाएमा फेरी पनि नेपालगञ्जबासीले गुरु योजनाका साथ बिकासको अवसरबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्दछ ।

निर्बाचन आयोगले भनेजस्तै आफनो गाउं घरको बिकासका लागी बिकास सम्वन्धी रामोसंग ज्ञान सिप र अनुभबी भएको सक्षम ब्यक्तीलाई आफनो नजिकको मतदान केन्द्रमा गएर मतदान गर्ने अवसर नेपालगञ्जबासीका लागी आएको छ ।

नेपालगञ्जमा हाल उठाइएका मेयर पदका उम्मेदवारहरुको आलोचना अर्थात निर्बाचनको समयमा नांगेझार पार्नु भन्दा पनि मतदातालाई यति भन्न सकिन्छ कि पशुपती दयाल मिश्रा अन्य उम्मेदवार भन्दा धैरै माथी रहेको अवस्था हो भने मिश्रा नेपाली समाजको परिवर्तनका निम्ती निरन्तर लागी रहेको योग्यता, क्षमता र अनुभबी ब्यक्तीकोरुपका रहनुभएको छ ।

मेयर पदका लागी उम्मेदवार पशुपती दयाल मिश्रा र उप मेयर पदका उम्मेदवार शान्ती ढकाल ।

नेपालगञ्जको उपमेयरमा पनि बिभिन्न सरकारी तथा गैरसरकारी संस्थासंग आवद्धता रहेर समाज परिवर्तनका लागी निरन्तर लागी रहनुभएका ब्यक्ती शान्ती ढकाललाई नेकपा एमालेले अगाढी सारेको छ ।

समाजलाई सकारात्मक परिवर्तनका लागी निरन्तर काम गर्ने क्रममा नेपाल जस्ता बिकासउन्मुख बिभिन्न राष्ट्रहरुको अध्ययन भ्रमण र अनुशिक्षण हासिल गरेर बिकासका मोडेलहरुको बारेमा अध्ययन र अवलोकन गर्नुभएकी शान्ती ढकाललाई अन्य उम्मेदवार भन्दा राम्रो र सक्षम उम्मेदवारको रुपमा रहनुभएको छ ।
निर्बाचनमा मत दान गर्नु अघि मतदाताले उम्मेदवारको निश्पक्ष एवम सहि सूचनाको आधारमा सुक्ष्म अध्ययन गरि आफुलाई योग्यलागेको ब्यक्तीलाई मतदान गर्नुपर्दछ ।