स्थानिय निर्बाचन २०७९: मतदान सुरु, दोलखाको वैतेश्वर गाउंपालिकामा तनाव

३० बैशाख, नेपालगञ्ज/ स्थानिय निर्बाचन २०७९ को आज बैशाख ३० गते शुक्रबार मतदानको दिन बिहानै देखी बाग्मती प्रदेशको दोलखा जिल्लामा पर्ने वैतेश्वर गाउंपालिका वाडनम्बर २ को गैरिमुति स्थित पुतलीकाठ स्कुलमा रहेको मतदान केन्द्रमा बिहानै देखी तनाव सृर्जना गरिएको छ ।

बिहानै मतदानकेन्द्रमा मत दान गर्नका लागी पुगेका मतदाताहरुलाई तितरबितर पार्ने उदेश्यले मतदान केन्द्र नजिकै रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले मतदाताहरुलाई लक्षीत गरेर घर माथीबाट ढुंगामुढा गरेपछी त्यसको प्रतिकारमा नेकपा एमाले कार्यकर्ता उत्तिएपछी तनाव सृर्जना भएको हो ।

तनाबको क्रममा मतदान केन्द्र वरपर रहेका सुरक्षकर्मिहरु नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको टिमले मतदान केन्द्र नियन्त्रणमा लिएको छ । स्थानिय बासीहरुले उक्त मतदान केन्द्रमा नेकपा एमाले समर्थित मतदाताहरु बढी भएको आशंकामा शान्तीपूर्णरुपमा मतदानका सम्पन्न गर्न नदिएर मतदातालाई मतदान केन्द्रमा आउन नदिन डिस्टब गर्ने र मतदान स्थगित गराउने प्रपञ्च रचेर उक्त घटना गराइएको बताइएको छ ।मतदान केन्द्रमा डिस्टब गर्ने बिरुद्ध केही राउन्ड हवाई फायर समेत गरेको छ ।

स्थानिय निर्बाचन २०७९ अन्तरगत आज बैशाख ३० गते देशका सबै ७ सय ५३ वटा स्थानिय निकाय मध्य अधिकांसमा आफना जनप्रतिनिधिका लागी मतदान हुदैछ ।
स्थानिय निकायको निर्बाचनको क्रममा आज मतदान शान्तीपूर्णरुपमा सम्पन्न गर्न सरकारले संयुक्त रुपमा सबै सुरक्षा अंगहरुलाई पचिालित गरेको छ ।