बाँकेको राप्तीसोनारीमा ७०.२२ जानकी ८१.२३, नरैनापुर ७६ र डुडुवामा ८० प्रतिशत मतदान….

३० वैशाख, नेपालगञ्ज / स्थानिय निर्वाचन २०७९ मा बाँकेको राप्ती सोनारी गाउँपालिकामा ३१ हजार ४ सय ६६ जना अर्थात ७०.२२ प्रतिशतले मतदान गर्नुभएको   छ ।

राप्ती सोनारीका ९ वटा वडाको १८ मतदान स्थलको ५१ वटा बुथका ४४ हजार ८ सय १२ मतदाता मध्य ३१ हजार ४ सय ६६ जनाले मतदान गर्नुभएको छ।

राप्ती सोनारी गाउँपालिका:

  • वडा नं. १ मा ४ हजार २ सय ८६ मतदाता भएको २ हजार ६ सय ८६ मत खसेको छ । 
  •  वडा नं. २ मा ४ हजार ५ सय ३६ मतदाता संख्या मध्ये ३ हजार ३ हजार १ सय ६८ मत खसेको छ । 
  • वडा नं. ३ ४ हजार १ सय ८२ मध्ये ३ हजार २ सय १३ मत खसेको छ ।
  • वडा नं. ४ मा ५ हजार ४ सय ३५ मध्ये ४ हजार ९९ मत खसेको छ । 
  •  वडा नं. ५ मा ५ हजार १ सय ८७ मध्ये ३ हजार ८ सय ३५ मत खसेको छ ।
  •   वडा नं. ६ मा ५ हजार ४ सय ३८ मतदाता संख्या मध्ये ४ हजार १ सय ७२ मत खसेको छ ।
  • वडा नं. ७ मा ५ हजार ७ सय १५ मत मध्ये ४ हजार ४ सय ३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
  •  वडा नं. ८ मा ३ हजार ९ सय १२ मतदाता मध्ये २ हजार ८ सय ८ मत खसेको छ । 
  • वडा नं. ९ मा ४ हजार १ सय ७ मध्ये ३ हजार ८२ मत खसेको छ ।

जानकी गाउँपालिकामा २२ हजार ८ सम २९ जना मतदाता मध्य १८ हजार ५ सय ४३ जना अर्थात ८१.२३ प्रतिशतले मतदान गर्नुभएको जानकीका प्रमुख निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिनुभएको छ।

नरैनापुर गाउँपालिकामा

बाँकेको नरैनापुर गाउँपालिकामा १८ हजार ५ सय ९९ जना मतदाता मध्य १४ हजार १ सय ७२ जना अर्थात ७६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिनुभएको छ ।

डुडुवा गाउँपालिकामा  

डुडुवाका ६ वटा वडाका १९ वटा मतदान स्थलका २६ वटा बुथ मा ८० प्रतिशत मत खसेको प्रमुख मतदान अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिनुभएको छ।

बैजनाथ गाउँपालिका

बैजनाथ गाउँपालिकामा ८ वटा वडामा ४५ हजार १ सय १५ मतदाता रहेकोमा ३२ हजार ७ सय ७९ जनाले मतदान गरेको बैजनाथका सायक निर्वाचन अधिकृत दान बहादुर ऐडीले जानकारी दिनुभएको छ।

खजुरा गाउँपालीका

खजुरा गाउँपालीका कुल मतदाता ३७ हजार २ सय ६४ मतदाता मध्य २६ हजार ८ सय ३९ जना अर्थात ७२ प्रतिशतले मतदान गर्नुभएको छ।

कोहलपुर नगरपालिकाका

कोहलपुर नगरपालिकाका जम्मा १५ वडामा ५६ हजार ७ सय ९७ कुल मतदाता मध्य शुक्रबार ४२ हजार ३ सय ५४ जनाले मत दान गर्नुभएको निर्वाचन आयोग कोहलपुरका प्रमुख तिर्थराज भट्टले जानकारी दिनु भएको छ ।

 

कोहलपुर नगरपालिकामा खसेको मत

 

वडा नं. १ : १९९१

वडा नं. २ : ५३९०

वडा नं. ३ : ३१५२

वडा नं. ४ : १६५८

वडा नं. ५ : २७९४

वडा नं. ६ : १९९९

वडा नं. ७ : १४१५

वडा नं. ८ : २३४३

वडा नं. ९ : १८६४

वडा नं. १० : ३२७२

वडा नं. ११ : ४५८१

वडा नं. १२ : ४०३०

वडा नं. १३ : २८२३

वडा नं. १४ : २३०५

वडा नं. १५ : २८३७