भोजभगवानपुर प्रहरीले पक्राउ गरेका यादवको मृत्यु घटनाको पत्रकार एवम मानअधिकार कर्मिदवारा अध्ययन

६ जेष्ठ, नेपालगञ्ज/  बांकेको राप्तीपारी भोजभगवानपुर इलाका प्रहरी कार्यालयले बिना पुर्जी पक्राउ गरेको ब्यक्ती प्रहरी नियन्त्रणमै रहेको अवस्थामा मृत्यूभएपछी स्थानियहरु बिरोधमा उत्रिएका छन ।
बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबलाई जवरजस्ती करणी गरेको आरोपमा मंगलबार राती भोजभगवानपुर प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका यादवको इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको अवस्थामा गम्भीर स्वास्थ्य समस्या भएको थाहा पाएपछी उपचारको लागी भेरी अस्पतालको इमरजेन्सीमा लगेकोमा अस्पतालले उपचार पूर्व नै मृत्यु भएको घोषणा गरेको थियो ।

प्रहरी नियन्त्रणमा रहेको अवस्थामा ३५ बर्षिय यादवको मृत्यू भएपछी त्यसको छानबीन तथा सत्य तथ्यका लागी नेपालगञ्जबाट पत्रकार एवम मानव अधिकार कर्मिहरुको टोली बिहिबार बिहानै नै घटना स्थलमा पुगेर सत्य तथ्य जानकारी लिने प्रयास गरेको छ ।

स्थानिय बासिन्दा पिडित तथा पिडक पक्षहरु र सम्वन्धीत प्रहरीबाट संकलन गरिएको सूचनाको आधारमा हाल नरैनापुर गाउंपालिकाको अध्यक्षमा उठेका रामचन्द्र मौय पक्ष र प्रहरी नियन्त्रणमा मृत्यु भएका ३५ बर्षिय रामपाल यादव बीच केही बर्ष देखी रिसिबी रहेको र त्यसको बदला लिनेक्रममा स्थानिय प्रहरी नेतृत्व प्रयोग भएको हुनसक्ने घटना बिवरण अनुसार देखिन्छ ।

हलै सरुवा भएर आएका प्रहरी निरिक्षक बिर बहादुर सुनारलाई प्रधानमन्त्री शेर बहादुर देउबाकोमा कुरा राखेर आफुलाई राजनिति गर्न सजिलो हुन्छ भनेर आफुले चिनेको मान्छे ल्याएको र आफना बिरोधीहरुलाई चुन–चुनकर बदला लिने स्थानिय समक्ष बताउदै आएका रामचन्द्र मौय यस पटक नरैनापुर गाउंपालिकामा अध्यक्षको उम्मेदवार हुनुभएको छ ।

बिवरण अनुसार मृत्यु भएका ३५ बर्षिय रामपाल यादवलाई रामचन्द्र मौयका छोरा समेत ४ जनाले स्थानिय एक ७१ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको आरोप लगाउदै नियन्त्रणमा लिएर कुटपिट गरेको र सोही कुटपिटबाट गम्भीर घाईते भएका यादवलाई तिनिहरुकै सूचनाको आधारमा प्रहरीले घटना लगत्तै पक्राउ गरेकोमा निजको उपचारको सटटा मौय पक्षको कुरा सुनेर थप लापरबाही गरी उपचार नगरेकोमा यादवको मृत्यु भएको प्रहरी निकट ब्यक्तीहरुको भनाई रहेको छ ।

सत्ताको दुरुपयोग गदै आएका भनिएका रामचन्द्र मौय पक्षले निकटताको हिसाबले भोजभगवान इन्चार्ज प्रहरी निरिक्षक बिर बहादुर सुनारलाई गलत मनसायका साथ प्रयोग गर्ने क्रममा आफनो पहिल्य देखी नै रिसिबि रहेका मृर्तक रामपाललाई फसाएर बदला लिनेक्रममा रामपाल यादवको प्रहरी हिरासतमा मृत्यूभएपछी आफनो माथी सम्मको पावर रहेको र उक्त घटनाले केही फरक नपार्ने मौयले प्रहरीलाई आश्वासन दिदै आएको स्रोतले बताएको छ ।

मौयको रिसिबी रहेका यादव परिवार मध्यका मृर्तकका भाईको पनि मौय पक्षहरुकै षडयन्त्रबाट गत बर्ष पनि घटना शंकास्पद भएको स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ ।
घटना लगत्तै बांकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक मधुसुधन न्यौपानेको टोली, बिभिन्न मानवअधिकारबादी संघ संगठनका प्रतिनिधिहरु, पत्रकारहरुको टोलीले छुटटा छुटटै र सामूहिक रुपमा आरोपित प्रहरी पक्ष, पिडित र पिडक पक्षहरुसंग घटनाको बिषयमा जानकारी समेत लिने काम गरेको छ ।

घटना स्थलमा पुगेको डिएसपी न्यौपानेको टोलीले पिडित पक्षहरुबाट इलाका प्हरी कार्यालय भोजभगवान इलाका प्रहरी कार्यालयमा नै घटनाको जाहेरी दर्ता गर्न निर्देशन दिएको छ ।

घटनाको सम्वधीत पक्ष मृर्तकको आमा मुनका यादवले प्रहरीले आफनो छोरा रामपाल यादवलाई जवरजस्ती पक्राउ गरि प्रहरी कार्यालयमा ल्याएकोमा आफु पनि बिहिबार बिहान प्रहरी कार्यालय परिसरमा छोरालाई भेटेको र आफुले छोरालाई भेटदा छोराले बहुत मारिन है भनेको र आफनै अगाढी पनी प्रहरीले बुटले छोराको खुटटा किचेको बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय भोजभगवानपुर कार्यालय प्रमुख बिर बहादुर सुनारले पनि घटनाका आरोपित पक्षहरुको कुरा सुनेर हाल रेप केसमा पक्राउ गरेको भनिएका ब्यक्तीको पक्राउ लगत्तै मेडिकल गर्नुपर्ने, बिरामी वा स्वास्थ्य समस्या भए उपचार गर्नुपर्ने जस्ता गम्भीर बिषयमा समेत ख्याल नगरि गम्भीर लापरबाही गरेको घटनास्थल पुगेका मानव अधिकार कर्मिहरुले बताउनु भएको छ ।

घटनाका सम्वन्धमा इलाका प्रहरी कार्यालय भोजभगवानपुर कार्यालय प्रमुख बिर बहादुर सुनारले उक्त घटनामा पक्राउ गरिएका ब्यक्तीलाई पक्राउ लगत्तै नरैनापुरको लक्ष्मण स्वास्थ्य केन्द्रमा लगी मेडिकल गरिएको जानकारी गराउदै केन्द्रले नेपालगञ्ज स्थित भेरी अस्पतालमा लैजान सल्लाह दिएको समेत बताउनुभएको छ ।
प्रहरी नियन्त्रणमा लिदा मृर्तक यादवको स्वास्थ्य समस्या सामान्य देखिएको र पछी एक्कासी उल्टी गरेपछी उपचारको लागी नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगेपछी यादवको मृत्युभएको थाह भएको बताउनुभएको छ ।

इलाका प्रहरी कार्यालय भोजभगवानपुरको गोल घरको भुईमा बसेर घटनाबारे जानकारी गराउनु हुदै मृर्तक रामपाद यादवको आमा

 

घटनाका सम्वनधमा सत्य तथ्य जांचबुझ गरि दोषि उपर कडा कार्बाही गर्न पिडित पक्षले बिहिबार नै प्रहरी समक्ष दिएको उजुरी दरखास्त…….

भोजभगवानपुर इप्रका बाहिर झुण्डमा उपस्थित स्थानिय बासिन्दा