घरवारीटोलका २० बर्षिय सुन्दरको रोल्पा कारागारमा हत्या भएको आशंकामा नेपालगञ्जमा बिरोध

७ जेष्ठ, नेपालगञ्ज/ नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ घरवारीटोलका २० बर्षिय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई लिएर हरिजनका आफन्त, स्थानियबासी र स्थानिय जनप्रतिनिधी हरुले संयुक्त रुपमा आईतवार अपरान्ह नेपालगञ्जमा बिरोध प्रदर्शन गर्नुभएको छ।

रोल्पा कारागारमा जेष्ठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै आज जेष्ठ ७ गते आइतबार आफन्तलाई लास बुझाउदा मृतक हरिजनको शरीर भरी कुटपिट भएको निल डाम रहेकोले उक्त घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कार्वाही गर्न आन्दोलनकारीहरुले माग राख्नु भएको छ ।

विरोध प्रदर्शनका क्रममा आईतबार नै विरोध र्‍याली, स्थानिय प्रशासन र प्रहरी समक्ष छलफल गरिएको र कारागार घटनाको सत्य तथ्य बाहिर आउनुपर्ने पिडित पक्षहरुले स्थानिय प्रशासन मार्फत नेपाल सरकार समक्ष माग राख्नु भएको छ ।

रोल्पा कारागारमा मृत्यु भएका २० बर्षिय सुन्दर हरिजन लाई २ वटा चोरीको मुद्दामा जिल्ला अदालन बाँकेले २०७५ /६/२३ र २०७६/१०/२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनको £$%$€£ को कारण नेपालगञ्जबाट २०७७/०८/०८ गते कारागार स्थान्तरण गरि रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने बिषयमा नेपाल सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

पछिल्लो पटक दांग, बाँके र रोल्पा कारागारमा जेलरहरुको लापरबाहीका कारण कैदीहरू भाग्ने देखि आशंकित हत्या सम्मका घटनाले कारागारमा पनि भ्रष्टाचार मौलाएको घटनाक्रमले पुष्टि गर्दै गईरहेको छ।

घटनामा सुर्खेत वराहताल गाउँपालिका १ घोडाआँखेका २७ वर्षीय विजय बिक्रम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्म हत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफनो मान्छे नभएको बताएपछी घटना थप रहस्यमय बन्दै बाँके देखी रोल्पा सम्मका ततकालिन कारागार प्रशासनको मनसुवा छरपस्टिएको छ।

कारागारको लिस्टमा विवरण उल्लेख भएको ब्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्मय मृत्यु भएका ब्यक्ति अर्कै अर्थात् फरक-फरक ब्यक्ती भएको मृत्यु घटनाले पर्दाफास गरेपछी नेपालका कारागारहरूको अवस्था झल्काएको छ । उक्त घटनाको छानवीन गर्न नेपाल सरकारले एक छानवीन समिती वनाएको छ । उक्त समितिले कस्तो रिपोर्ट वताउछ त्यो भने हेर्न बाँकी नै छ।