प्रधानन्यायधिश काक्रीको १४ सदस्यीय टोली नेपालगञ्ज नाकाबाट भारत प्रस्थान

सर्वोच्च अदालत

१९ जेष्ठ, नेपालगञ्ज/ सर्वोच्च अदालतका का.मु. माननीय प्रधान न्यायधिश दीपक कुमार काक्रीको नेतृत्वमा १४ सदस्यीय न्यायधिशहरुको जम्बो टोली विहिबार विहान नेपालगञ्ज जमुनहा नाकाबाट भारत तर्फ प्रस्थान गरेको छ ।

भारत प्रस्थान गरेको टोलीमा सर्वोच्च अदालका का.मु. माननीय प्रधान न्यायधिश दीपक कुमार काक्रीको टोलीमा सर्वोच्चका न्यायाधिश सहित ७ जना र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका २ जना न्यायधिश सहित थप ७ जना गरी १४ सदस्यीय सरकारी न्यायकर्मिहरुको टोली बिहिबार बिहानै ६.३० बजे भारतिय नम्बर प्लेटका ३ वटा साना गाढी चढेर नेपालगञ्ज जमुनहा सिमा नाकाबाट भारत तर्फ गएको हो।

इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख इन्चार्ज बरिष्ठ सई माधव रिजालका अनुसार सर्वोच्च अदालका का.मु. प्रधान न्यायधिश दीपक कुमार काक्रीको नेतृत्वमा ४ दिनको लागि भारत तर्फ उक्त टोली गएको र आगामी आईतबार नेपालगञ्जको जमुनहा नाकाबाटै स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी प्राप्त भएको बताउनु  भएको छ।

१४ सदस्यीय नेपाली न्यायकर्मिहरु चढेको ३ वटा गाढीलाई भारतिय समकक्षीसँगको समन्वयमा रुपैडिहा, नानपारा र बहराइचबाट सुरक्षा स्कटिङको ब्यवस्था सहित आजै भारतको अयोध्याय तर्फ गएको र लखनऊ स्थित उच्च अदालतमा भारतिय समकक्षीहरुसँग पनि विविध कार्यक्रम गर्ने गरी टोली भारत प्रस्थान गरेको बाँके प्रशासन स्रोतले जानकारी दिएको छ ।

भारत जानु अघि सर्वोच्च अदालका का.मु. माननीय प्रधान न्यायधिश दीपक कुमार काक्रीको टोली नेपालगञ्जको कारकाँदो स्थित होटेल सिदार्थमा बास बसेको थियो ।