तस्करीका कारण नेपालगञ्ज, भैरहवा र बिराटनगर भन्सारमा अरबौ राजश्व घाटा

९ असार, नेपालगञ्ज/ नेपालका प्रया: सबै भन्सार कार्यालयहरु यस आर्थिक बर्ष २०७८/०७९ मा लक्षित राजश्व उठाउन नसक्ने स्थितीमा पुगेका छन । नेपालमा बैदेशिक समान आयात गर्दा भन्सारमा बिभिन्न शिर्षकमा एक मुष्ट उठाउने गरिएको भन्सार महसुल बिगत २० बर्ष यताकै लक्षित रकम उठन नसक्ने अवस्था तथ्यांकहरुले देखाएका छन ।
सबै भन्दा बढी नेपालगञ्ज, भैरहवा र बिराटनगर भन्सार कार्यालयले यस आर्थिक बर्ष २०७८/०७९ मा लक्षित राजश्व रकम उठाउन नसक्ने अवस्थामा पुगेको तथ्यांकले देखएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयलाई यस आर्थिक बर्षमा कुल रु. २२ अरब ९३ करोड ७९ लाख १५ हजार लक्ष्य दिइएकोमा जेष्ठ मसान्त सम्म रु २० अरब ५३ करोड ७७ लाख ३२ हजार अर्थात ८९.४ प्रतिशत मात्र भन्सार महसुल उठाइएको छ ।

बिगतका बर्षहरुमा पनि असारमा क्लोजिंग महिना भएकोले बस्तुहरु कम आयात हुने र भन्सार रकम न्यून उठने देखिएकाले यो असारमा पनि न्यून भन्सार महसुल उठने भएकाले यस पटक नेपालका भन्सारहरुले लक्षित रकम उठाउन नसक्ने देखिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयले यस आर्थिक बर्ष २०७८/०७९ मा गत आर्थिक बर्ष २०७७ /०७८ को तुलनामा गएको साउन र असारमा मात्र लक्षित राजश्व भन्दा बढी रकम उठाउन सफल भएको थियो ।साउनमा लक्षित भन्दा बढी अर्थात १३१.४८ प्रतिशत र असोजमा १०१.३० प्रतिशत उठाएको अन्य सबै महिनामा लक्षित भन्दा कम राजश्व उठेको छ ।

सरकार परिवर्तनसगै राज्य ब्यवस्थाका संयन्त्रहरुको समेत मापन हुने राजश्व उठाउने कार्यमा मिलेमतोमा राजश्व हानी नोक्सानी हुने क्रियाकलापको समेत राज्यका यस्ता घटना सूचकको रुपमा आउने गर्दछन ।

हेर्नुहोस नेपालगञ्ज भन्सारले कुन महिनामा कति राजश्व उठायो ?

नेपालगञ्ज भन्सार कार्यालयको बाटो भई भारतवाट पैठारी अर्थात आयात हुने मुख्य बस्तुहरुमा पेट्रोलियम पदार्थ, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटर पाटर्स आदि छन । यस नाकाबाट नेपाल आयात गरिने बस्तु मध्य नेपालगञ्ज भन्सारले उठाउने राजश्व मध्यको ४४.५ प्रतिशत राजस्व पेट्रोलियम पदार्थ रहेको छ ।
तेस्रो मुलुकवाट अल्मोनियम स्क्रेप, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरु नेपालमा आयात हुन्छन् । भारत निकासी हुने बस्तुहरुमा खयर कत्था, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरु गहुँको पीठो, ,टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन ।
नेपालगन्ज भन्सार कार्यालय अन्तरगत ७ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन ।

नेपालगञ्ज भन्सार कार्यालय अन्तरगत छोटी भन्सारहरको अवस्था……

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख अर्जुन कुमार न्यौपाने

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख अर्जुन कुमार न्यौपानेले लक्षित राजश्व नउठनुमा अर्थतन्त्रमा आएको परिवर्तनका कारण राज्यले केही लग्जरियस बस्तु आयातमा नियन्त्रण गर्नु, लक्ष्य बढी तोक्नु जस्ता लजिक दिए पनि बांके बर्दियामा भने बिगतमा भन्दा बढी भन्सार चोरी निकासी भएको अवस्था रहेको छ । राजश्व बृद्धिका लागि स्थानिय ब्यापारीहरुसंग अन्तरक्रिया छलफल गरिररहेको र तस्करी नियन्त्रण गर्न पनि सम्वन्ती निकायहरुलाई परिचालित गरिएको नेपालगञ्ज भन्सार प्रमुख न्यौपानेको भनाईरहेको छ ।

बर्दियामा सिम क्षेत्रमा बिशेष गरि मैनापोखर इलाका प्रहरी कार्यालय क्षेत्रबाट मात्र प्रतिब्यक्ती मासिक ५ हजार दिएर क्यारियरवालाले भारतिय बजार बलेगाउ क्षेत्रबाट र्निबिबाद दैनिक समान आयात गर्ने गरेको बताउने गरेका छन। त्यसैगरि बर्दियाको गुलरिया क्षेत्र र पश्चिममा भने हाल त्यो अवस्थामा केही कमी पाइएको र बढी जसो मल र पशुपक्षी तस्करी हुने गरेको बताइएको छ ।

यता बांकेमा भने कमाउ सोचका कमजोर प्रशासन रणनितिका कारण हात्ती छिराए पनि केही फरक नपर्ने र कसैलाई थाह नहुने भन्दै पेशेवर संस्थागत तस्करहरुले भारतबाट बिशेष गरि मोटर पार्टस, चिनि, तत्ता कपडा, बिधुतिय उपकरणहरु र पशुपक्षि भन्सार महसुल छली गरि नेपाल तर्फ तस्करी गरिरहेका छन । त्यसको संरक्षण पनि बिगतमा तस्करीमा संलग्नहरु ब्यक्तीहरु नै पावरमा पुगेकाले तस्करहरुको संरक्षण गर्ने अवस्था रहेसम्म भन्सारले लक्षित राजश्व उठाउन नसक्ने अवस्था निश्चित जस्तै छ ।

भैरहवा भन्सार पहिल्य देखि नै संगठित गिरोहको चपेटमा पर्दै आईरहेको बिगका कयौ घटनाक्रमले देखाईसकेको छ । भन्सारका मार्डसापहरुको मिलेमतोमा बिगतमा भन्सार छली हुने गरेकोमा त्यसमा केही सुधार भएको तथ्यांकहरुले देखाएपनि यस बर्ष पनि जेष्ठ मसान्त सम्म लक्षित भन्दा झण्डै १८ प्रतिशत कम अर्थाथ जेष्ठ मसान्त सम्म ८४.८८ प्रतिशत मात्र रकम उठाएको छ । भैरहवा भन्सार त नेपालगञ्ज भन्सार भन्दा पनि कम लक्ष्यमा पुग्ने देखिन्छ । नेपालका बिभिन्न उत्पादक तथा आयात कर्ताहरले समेत आफनो समान बजारमा डिमान्ड कम भएको र बजारमा बस्तु उपलब्ध भइरहेकोले समान भन्सार छली ल्याउने गरेको श्रृखला बढेको आभास पाइएको बताउन थालेका छन ।

भैरहवा भन्सारको यस आर्थिक बर्ष २०७८/०७९ मा राजश्व असुली

उता पूर्वी नेपालको महत्वपुर्ण पुरानो नाका मध्यको बिराटनगर भन्सार कार्यालयले यस आर्थिक बर्षमा कुनै पनि महिनामा लक्षित राजश्व उठाउन सकिरहेको छैन ।
सरकार परिवर्तनसगै भन्सारमा उठने राजश्वमा कमि हुनुमा राज्यको पहुचमा पुगेकाहरु नै राजश्व उठाउन तर्फ भन्दा पनि मिलेमतोमा राजश्व झवाम पार्ने कार्यमा मिलेमतो देखिन थालेपछी भन्सार कार्यालयहरुले पनि लक्षित राजश्व उठाउन नसकिरहेको अवस्था देखिएको छ ।
बिराटनगर भन्सारले आर्थिक बर्ष २०७८/०७९ को जेष्ठ मसान्त सम्म लक्षित रकमको ८२.५४ प्रतिशत रकम मात्र उठाएको छ । बिराटनगर भन्सारले यस आर्थिक बर्षमा कुनै पनि महिनामा लक्षित भन्सार राजश्व उठाउन सकेको छैन ।

बिराटनगर भन्सारको यस आर्थिक बर्ष २०७८/०७९ मा राजश्व असुली