बांके प्रहरीद्धारा एकै दिन करिब २० लाखको भन्सार छलीको समान पक्राउ, संगठित तस्करमा हल्ली खल्ली

सिमा वारपारमा संस्थागत तस्करी नियन्त्रणको जिम्मेवार नेपालगञ्ज भन्सार कार्याल बांकेका प्रमुख अर्जुन कुमार न्यौपाने र बांके प्रहरी प्रमुख श्यामकृण अधिकारी ।

१० असार, नेपालगञ्ज/  नेपाल भारत सिमा क्षेत्रमा तस्करीका कारण लक्षित राजश्व नउठिरहेको समाचार प्रकाशित भए लगत्तै नेपाल प्रहरीले एक्सनमा उत्रिएर एकैदिन शुक्रबार करिब २० लाख बराबरको भन्सार क्षलीको समान बांके प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

५ दलिय सरकारको आगमन सगै राज्यका बिचिन्न निकायमा श्रास आएको सुशासनमा बिश्वसनियता गुमेको टिप्पणी उठिरहेको समयमा शुक्रबार बांके प्रहरीले ठुलै हिम्मत गरेर भारतबाट (तस्करी) भन्सार छली गरि अन्यत्र सप्लाईको लागी गोदाममा घाट-गददि गरि राखेको  ठाउंबाट शुक्रबार नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार खुला सिमानाका कारण भारतबाट नेपाल तर्फ  निकासीमा प्रतिबन्धीत चिनी, रासायनिक मल लगायत समान नेपाल तर्फ तस्करी भईरहेको समाचारका आधारमा नेपाल प्रहरीको लुम्बिीनी प्रदेश अन्तरगतको अनुसन्धान टिम सदस्यलाई जानकारी भएपछी टिमको दवाबमा बांके प्रहरीले उक्त तस्कर गरिएको समान राखेको गोदाममा छापा मार्न पुगेको थियो ।

भारतबाट नेपाल तर्फ भन्सारी छली ब्यापक तस्करी भईरहेको कारण भन्सारले लक्षित राजश्व उठाउन नसकेको समाचार बुधबार मात्र हाम्रोसंरचना डटकमका प्रकाशित भएको थियो ।

बांके प्रहरीले तस्करीको समान शुक्रबार नियन्त्रणमा लिनु अघि बांकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायत जिल्लाका जिम्मेवार निकायका रोहबरमा मुचुल्का गरि हर हिसाब गरि फरदर कार्बाहीका लागी नेपालगञ्ज भन्सार कार्यालय बांकेमा बुझाएको छ ।

प्रहरीले कार्बाहीका लागी भन्सार पठाएको समानहरुमा नेपालञ्ज उप-महानगरपालिका वडानम्बर १ खजुरा रोडमा रहेको नन्दनी मिलको प्रांगनमा रहेको प्रतिबोरी ५० केजीको ५२० बोरी चिनी अर्थात १८ लाख २० हजार र ५१ बोरी बोडीको सिमी अन्दाजी १ लाख ७ हजार गरि कुल १९ लाख २७ हजारको तस्करीको समान पक्राउ गरि नेपालगञ्ज भन्सार कार्यालयलाई प्रहरीले बुझाएको छ ।
तस्करीको समान बुझाए लगत्तै तस्कर र तस्करीका नाईके बचाउकर्ता सबैतिर हल्लीखल्ली मच्चीएको छ भने तस्करीको नियन्त्रणमा खरो उत्रिएको यतिखेर बांके प्रहरीलाई देखाउनै बाध्यात्मक अवस्था पनि रहेको थियो ।

तस्करीको चिनी पक्राउ काण्डले तस्करहरुले भारतबाट नेपालमा हात्ती पनि छिराउन सक्छन तर प्रहरीले इच्छा लगायर काम ग-यो भने छिनभरमै नियन्त्रण गर्न पनि सक्छ भन्ने पनि उदाहरण शुक्रबार बांके प्रहरीले पेश गरेको छ ।

तस्करीको समान बांके प्रहरीले पक्राउ गरे पनि तस्कर गर्ने ब्यक्ती भने जहिल्य पनि फरार नै देखाउन पर्ने गरि मिलान गर्ने गरेको घटनाक्रमले देखाउदै आएको छ ।