नेपाली समाजको अवस्था ! एकैदिन दर्जन बढीको बेवारिसे शव फेला:- नेपाल प्रहरी

१६ असार, नेपालगञ्ज/ नेपाली समाज कता जादै छ भन्ने कुराको संकेत नेपालमा दैनिक घटने घटना क्रमले प्रतिनिधित्व गरि जानकारी दिने गर्दछ । नेपाल प्रहरीको केन्द्रिय समाचार कक्षको  बिहिबारको दिउसो सम्मकोआधिकारीक सूचना बमोजिम बिहिबार मात्र एकैदिन करिब  दर्जन ब्यक्तीको बेवारिसे शब फेला परेको छ ।

नेपाल प्रहरीको रिपोर्ट अनुसार बिहिबार आफनै घर वरीपरि वा सावजनिक ठाउं बाटो किनारामा झाडीमामा मृत्युवरण अगाल्न पुग्नु भएका ब्यक्तिहरुको बेवारिसे अवस्थामा रहेका शबहरुको प्रहरीले पहिचान गरि आवश्यक अनुसन्धान तथा पोष्टमार्डम गरेर परिवारलाई सदगतको निम्ती बुझाएको छ ।

बिहिबार मात्र बेवारिसे शब फेला परेका घटनाहरुमा………

  • तेह्रथुम, म्याङलुङ नगरपालिका ९ टुक्रेस्थित सडकको नालीमा सोही नगरपालिका- ४ पिप्ले बस्ने ३० वर्षीय सार्के बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
  • दार्चुला, महाकाली नगरपालिका ८ दहकोट बस्ने ३६ वर्षीय गणेश सिंह बिष्ट घरबाट ३ सय मिटर टाढा सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
  • रूपन्देही, सैनामैना नगरपालिका १ जनहितटोलस्थित सडक छेउको खेतमा सोही नगरपालिका ४ सदभर्दा बस्ने ३० वर्षीय दिपक कुमाल बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
  • मोरङ, पथरीशनिस्चरे नगरपालिका-६ केचना बस्ने ३५ वर्षीय राम कृष्ण शर्मा सुनवर्शी नगरपालिका(१ स्थित कमल पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
  • काठमाडौं, कीर्तिपुर नगरपालिका ६ चोभारस्थित बाग्मती नदी किनारको झाडीमा करिब ९ महिनाको पुरूष नवजात शिशुको शव बिहीबार फेला परेको छ ।
  • बझाङ, जयपृथ्वी नगरपालिका-७ धम्नाउबाट चुलिटीका जाने बाटोमा धम्नाउ बस्ने ५८ वर्षीय जोगगिरी बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन ।
  • कञ्चनपुर, भिमदत्त नगरपालिका-९ खल्लास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी १९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
  • प्युठान, प्युठान नगरपालिका-७ झिमरुक खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
  • मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीस्थित मनहरी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
  • पर्सा, बहुदरमाई नगरपालिका-७ बस्ने नमि भन्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ । सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबु समेत २ जनाको खोजी गरिरहेको छ ।

Coming soon…….