२ साउन, कोहलपुर/ पश्चिम नेपालका तराईमा बसोवास गर्ने थारू समुदायलाई गोलबन्द गरि राज्यको विभेदकारी निती तथा कार्यक्रमको विरोध गर्दै बिद्रोह गर्ने उदेश्यले बाँकेको कोहलपुरमा थारुहरुको भेलाले तदर्थ सघर्ष समिति गठन गरेको छ।
बाँकेको कोहलपुर नगरपालिक वडानम्बर ११ दशविगाह स्थित होटेल टि टपमा शनिबार साँझ ४ बजे देखी ६:३० बजेसम्म आयोजना गरिएको भेलामा विशेष गरि नेपाली कांग्रेससंग आस्थावान थारुहरुको बाहुल्यता उपस्थित रहेको थियो ।
भेलाले महेन्द्र थारुको नेतृत्वमा बाँकेको थारू सघर्ष समिति गठन गरेको वताइएको छ । भेलामा १७ हजार मार्ने खुल्ला घुमीरहेको र थारू बिद्रोहमा लागेको आरोपमा रेशम थारूहरूलाई जेलमा सडाउने काम राज्यले गरेको र धर्ति पुत्र भनि चिनिएको थारुलाई आफनै ठाउँमा टिकट नदिएर जनप्रतिनिधी चुनिन ठुला दलहरुले विभेद गरेको सहभाग हरुले आवाज उठाउनु भएको थियो ।
हाम्रो संरचना । २ श्रावण २०७९, सोमबार १७:४८