६ साउन, नेपालगञ्ज/ बर्दियाको गुलरिया नगरपालिका वडानम्बर ८ घर भइ अस्थाईरुपमा काठमाडौं बस्दै आउनु भएकी हाल लुम्बिनी प्रदेशको बहालवाला कृर्षि, खाद्य प्रबिधि तथा भुमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले आफुबाट केही दिनको लागी सापटी लिएको रकम फिर्ता गर्न अनाकानी गर्नुभएको पिडित पक्षले जनाएको छ ।
मन्त्री बन्ने सम्भावना भएको र त्यसका लागी आफुलाई केही पैसा आवश्यक रहेको भन्दै मन्त्री सुमनले करिब ३ बर्ष अघि काठमाण्डौं मै हिमचिम भएका सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडानम्बर ३ घर भई काठमाडों मैतीदेबीमा अस्थाई बसोबास गदै आएका बर्ष २७ को अमर कुमार साहबाट पटक-पटक गरि ३० लाख रकम लिएर अभिलम्भ तिर्ने भनी कागजात गरेकोमा हाल सम्म उक्त रकम फिर्ता नगरेर ठग्ने नियत गरेको भन्दै पिडित पक्षले सम्बन्धीत ब्यक्तीबाट पैसा असुलउपरका लागी दवाब दिने गरेकोमा मन्त्री जी ले वास्तै नगरेको बताईएको छ ।
मन्त्री सुमनको कारनाम लम्बेतान भएको बताइए पनि माननीय मन्त्रीले आफुले लिएको पैसा समयमा नै फिर्ता नगर्दा मन्त्री निज निवास तर्फ खुसरफुसर त हुने नै भयो अर्को तर्फ जनता समाजबादी पार्टीबाट मन्त्री बन्नु भएकाले पार्टीमा पनि चर्चाको बिषय गराउने गरिएको छ ।
उक्त घटनाका सम्वन्धमा मन्त्री जीको सचिवालयको प्रवक्तालाई घटनाको सम्वन्धमा कार्यालयको तर्फबाट लिखितरुपमा आधिकारिक जानकारी माग गरिएकोमा लिखित कुनै जवाफ आएको छैन ।
हाम्रो संरचना । ६ श्रावण २०७९, शुक्रबार ०९:१७