पार्वतीपुर दम्पती हत्याकाण्ड: नेपालगञ्जकै थप २ जना किलर पक्राउ

सावधान ! तस्बीरले बिचलित गर्न सक्छ । घटनास्थलको तस्बीर…..

१० साउन, नेपालगञ्ज/  सोमबार राती बांकेको कोहलपुर नगरपालिका वडानम्बर १४ पार्वतीपुरमा २ जनाको हत्या घटनामा संलग्न थप २ जना किलरलाई मंगरबार राती प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

नेपालगञ्ज देखी करिब ८ किमी उत्तरमा रहेको नेपालगञ्ज कोहलपुर सडक खण्डमा रहेको पार्वतीपुरमा सोमाबार राती लुम्बिनी प्रदेश ब्यूरो कार्यालय समेतको अपराध अनुसन्धान टोली र बांके प्रहरीको सहयोगमा गरेको अप्रेशनमा मंगलबार राती करिब १० बजे १ जना र १०:३० बजे अर्को गरि थप २ जनालाई सोनकर पक्राउ गरेको छ ।

पक्राउ परेका ब्यक्तीहरु नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १८ लग्दहवाबाट बर्ष २५ /२६ का साकिर अली बेहना र सूर्जे गाउंका बर्ष १९/२० का राजन  भन्ने ब्यक्ती रहेका छन ।
उक्त घटनामा संलग्न रहेको आशंकामा हत्या गरिएका कृष्ण कुमारका सहोदर दाजु विजय गडरिया र भाउजु रेखा गडरियालाई मंगलबार बिहान नै नियन्त्रणमा लिएको थियो ।

इप्रका कोहलपुर प्रमुख ऐन बहादुर मल्ल

नेपालगञ्जबाट करिब ८ किमी उत्तरमा रहेको बाँकेको कोहलपुर १४ पार्वतीपुरमा मंगलबार विहान मृत भेटिएका दम्पती २५ वर्षीय श्रीमान कृष्ण कुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको कृष्णका दाई–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको घटनाको २४ घण्टा बित्न नपाउदै प्रहरीले घटनाको पर्दाफास गर्न सफल भएको भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर हत्या गरिएका ब्यक्ती कृष्ण गडरियाका दाई विजय गडरिया र भाउजु रेखा गडरियाले २ किलरलाई सुपारी दिएर सोमबार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको डोरी र धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जनाएको थियो ।

मंगलबार राती पक्राउ परेका ब्यक्तीहरुको प्ररारम्भीक बयानको आधार मान्ने हो भने हत्या गरिएका ब्यक्तीका दाजु विजय गडरियाले करिब १ महिना अघि भाईको हत्याका  लागी २ जनालाई २५/२५ हजार एडभान्स रुपैया दिएको र हत्या घटनामा सोमबार विजय गडरियाको समेत संलग्नतामा रहेको  कबुल गरेको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ गरिएका सबैलाई मंगलबार राती नै इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षमा लिएर थप सोधपुछ भईरहेको छ ।

पक्राउ परेका ब्यक्तीहरु