सफाइ पाउदै जनता ठग्दै ! कोहलपुर चप्परगौडी स्थित कनोडिया पम्पको ठगी धन्दामा अदालतले पनि ब्रेक लगाउन सकेन

पम्पमा चिप्स प्रयोग गरि ठगी गरेको भिडियो क्लिप्स, प्रहरी–पत्रकार एवम नागरिक समाजको रोहवरमा संयुक्त घटना मुचुल्का, अभियुक्त पक्षको घटनास्थल साबिती बयान हुदा-हुदै पनि संजय कनोडियाको “कनोडिया अटोमोबाइल्स”ले ठगी एवम काला बजारी गरेको मुद्धामा समेत अदालतले सफाई दिएको छ ।

यो तल दिइएको भिडियो बिक्रम सम्पत २०७४ साल बैशाख १९ गते भिडियो क्लिप्स, प्रहरी–पत्रकार एवम नागरिक समाजको रोहवरमा संयुक्त घटना मुचुल्का, अभियुक्त पक्षको घटनास्थल साबिती बयान मुदामा अभियुक्तलाई रु ५०० मात्र जरिवाना गरेको छ र अभियक्ुतले नेपालगञ्ज उच्च अदालतमा पुनराबेदन गर्नुभएको छ ।

 

नेपालगञ्ज/ पूर्व–पश्चिम राजमार्ग अन्तरगत कोहलपुरको चप्परगौडीमा रहेको कनोडिया अटोमोबाइल्स पम्पले सर्वसधारणहरुलाई पेट्रोलियम पदार्थ बिक्री बितरण गर्दा कम परिमाणमा दिएर उपभोक्ताहरुलाई पटक–पटक ठगी गरि कालोबजारी गरिहदा पनि उक्त पम्पलाई हाल सम्म नेपाल सरकारले नियमन वा बन्द गर्न सकिरहेको छैन ।

पम्प सञ्चालनको नाममा सर्बसाधरणलाई बषौदेखी पटक–पटक ठगी गरिरहेको घटना सार्वजनिक भईरहेको छ । कोहलपुरको कनोडिया अटोमोबाइल्सलाई नेपाल सरकारका आधिकारिक निकायहरुले सुरु कार्बाही गरिरहेकोमा अन्तीम कार्बाही प्रक्रियाका लागी अदालतबाट भने पम्प सञ्चालहरुले बाइइज्जत बढी हुने गरेको घटनाक्रमले देखाएको छ ।

बांकेको कोहलपुर नगरपालिका वडानम्बर १२ चप्परगाडी स्थित कृष्णचन्द कनोडिया तथा पिस्तादेबी कनोडियाको छोरा सञ्जय कनोडिया प्रोपराइटर रहेकोमा हाल सञ्जय कनोडियाको छोरा श्रीयान्स कनोडिया प्रोपराइटर रहेको कनोडिया अटोमोबाइल्सले बारम्बार ठगी गरिरहेको पटक पटकका कार्बाही प्रक्रियाले पुष्टी गर्दै गईरहेको छ ।

नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल  कार्यालयले सुरुमा आफैले पटक–पटक सुरु कार्बाही तथा जरिवाना गरेको र पछी अती गर्न थालेपछी गुणस्तर तथा नापतौल  कार्यालयले बांके जिल्ला सरकारी वकीलको कार्यालय मार्फत उच्च अदालतमा सम्म समेत मुद्धा दायर गरे पनि ठगी तथा कालोबजारीका अभियुक्तले उन्मुक्ती पाउने गरेको बिभिन्न मिसिल अध्ययनको क्रममा पाइएको छ ।

कोहलपुरको चौप्परगाडी स्थित कनोडिया अटोमोबाइल्स पम्पमा उपभोक्ताहरुलाई पटक–पटक ठगी गरिरहेको भन्दै सञ्चालकहरुलाई कार्बाही लागी ५औं पटक नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयले हालै फेरी सरकारी वकील मार्फत मुद्धा दर्ता प्रक्रिया अगाढी बढाएको छ ।

बारम्बार ठगी गर्ने अनी पैसा तथा लोभलालच देखाएर भ्रष्ट केही कर्मचारीहरुलाई आफनो बसमा पारेर उम्मकने गरेका उक्त कनोडिया अटोमोबाइल्समा मालीक बाउ सञ्जय कनोडिया र प्रोप्रराइटर श्रीयान्स कनोडिया यस पटक पनि केही हुनेवाला छैन सब मिलीहाल्छ भन्दै हिडिरहेको बताइन्छ ।

पछील्लो पटक यहि २०७९ साल असार २७ गते सांझ पम्पबाट पेट्रोल पम्पबाट पेट्रोल लिदा ठगी गरेको उपभोक्ताको गुनासो गरेपछी नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयको टिम गएर चेकजांच गर्दा ५ लिटरमा १ लिटर भन्दा बढी ठगी गरेको पाइएपछी स्थानिय बासिन्दाको रोहबरमा उक्त पम्प शिल गरि कार्बाही प्रक्रिया अगाढी बढाइएको नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको थियो ।

हाल पछील्लो पटक ५ औं पटकको मुद्धामा पनि सञ्जय कनोडियाले चलखेल जारिराखेकोमा फेरी पनि बाइ इज्जत बढी हुने हो कि भनी सम्वन्धीत निकायहरु चिन्तीत रहेको स्रोतले बताएको छ ।

यता नेपालगञ्ज स्थित जिल्ला सरकारी वकीलको कार्यालय नेपालगञ्जका प्रमुख बासु देब शर्माले कनोडिया अटोमोबाइल्सको ठगी तथा जनगुनासो बिभिन्न सञ्चार मध्यम तथा सक्कल मिसिल मार्फत आफुकोमा आएको र त्यसलाई सत्यतथ्य केलाएर यर्थातमा गएर दोषीलाई कानुनी दायरामा ल्याउने राज्यका निकायहरुको जिम्मेवारी हुने भएकाले आवश्य सबुत प्रमाणका आधारमा हदै सम्मको माग दाबी गरिजाने गरि फाइल अध्ययन भइरहेको जानकारी दिनुभएको छ ।

सञ्जय तथा श्रीयान्स कनोडियाको कोहलपुरको कनोडिया अटोमोबाइल्सको ठगी तथा कार्बाही घटना……

# मिति २०६९ साल माघ २२ गते गुणस्तर तथा नापतौल कार्यालयले अनुगमन गरि नाप तौल ऐन २०२५ को धारा २३, २५ र ३० को उपदफा ३ उल्घन गरेकोले सञ्जय कनोडियालाई रु २००० जरिवाना गरिएको थियो ।

कनोडियाको पम्पमा मात्र ठगी तथा कालाबजारी कार्बाही चिटठा – १

# मिति २०७१ साल बैशाख २१ गते गुणस्तर तथा नापतौल कार्यालयले निरिक्षण गरि नाप तौल ऐन २०२५ को धारा २३, २५ र ३० को उपदफा ३ उल्घन गरेकोले सञ्जय कनोडियालाई दोस्रो पटक रु ३००० जरिवाना गरिएको थियो ।

कनोडियाको पम्पमा मात्र ठगी तथा कालाबजारी कार्बाही चिटठा – २

# मिति २०७२ साल माघ १९ गते गुणस्तर तथा नापतौल कार्यालयले अनुगमन गरि नाप तौल ऐन २०२५ को धारा २३, २५ र ३० को उपदफा ३ उल्घन गरि ठगी गरेकोले सञ्जय कनोडियालाई सरकारी वकील मार्फत जिल्ला अदालत बांकेमा गठी तथा कालो बजार ऐन अन्तरगत मुद्धा दायर गरेकोमा मिति २०७३ बैशाख ७ गते ततकालिन जिल्ला न्यायधिश बिष्णु प्रशाद कोइरालाको एकल इजलासले नेपाल सरकारका आधिकारीक निकायहरुको सयुक्त अनुगमन मुचुल्लका समेत पेश गरेको उक्त मुद्धामा कनोडियाले सफाई पाउने ठहर्छ भनी फैसला गरिएको थियो । उक्त घटनामाको डिजल पम्पमा चिप्स जडान गरि ठगी गरेको केस थियो ।

कनोडियाको पम्पमा मात्र ठगी तथा कालाबजारी कार्बाही चिटठा –

# पछी फेरी उक्त मुद्धामा पनि पुनराबेदन भएकाले नेपालगञ्ज स्थित उच्च अदालतको न्यायाधिशहरु प्रेमराज कार्की र गणेश प्रशाद बरालको सयुक्त इजलाशमा कनोडियाको कलो बजारी सम्वन्धी ग्णस्तर तथा नापतौल कार्यालयले अपिल गरेकोमा उच्च अदालतले पनि मिति २०७४ साल फागुन ८ गते मंगलबार कनोडियाले ठगी तथा कालो बजारी नगरेको भन्दै सफाइ पाएपछी कनोडियाको कनोडिया अटोमोइल्सबाट ठगी धन्दा जारी रहेको छ ।

कनोडियाको पम्पमा मात्र ठगी तथा कालाबजारी कार्बाही चिटठा – ४ 

# मिति २०७४ साल बैशाख १९ गते गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्ज र कोहलपुर स्थित इलाका प्रहरी कार्यालयको सयुक्त अनुगमन टोलीले कनोडिया अटोमोबाइल्सका प्रतिनिधि सपना कनोडियाको रोहवरमा LT Sprint SR NO L& T १०२८० पेट्रोल पम्पबाट १० लिटरमा ५५० मिलिलिटर घटी बिक्री गरिरहेको प्रहरी–पत्रकार एवम सर्वसाधरणहरुको उपस्थितमा मुचुल्का बनाई मिति २०७४ साल भदौ ३० गते गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले घटनास्थलको मुचुल्का एवम ठगी गर्ने चिप्स समेत पेश गरि सरकारी वकील मार्फत जिल्ला अदालत बांकेमा जाली बनाइएको नाप्ने यन्त्र  स्टाण्डर्ड नाप तौल ऐन २०२५ को दफा ३० को उपदफा ३ बमोजिम बांके कोहलपुर ततकाली वडानम्बर ४ हाल १२ मा बस्ने कृष्णचन्द कनोडियाको छोरा संजय कनोडिया र संजयका छोरा कनोडिया अटोमोबाइल्सका प्रोप्रराइटर श्रीयान्स कनोडियाका नाममा मुद्धा दायर गरेको थियो । उक्त मुद्धामा जिल्ला अदालत बांकेले न्यायधिश दिलीपराज पन्तको एकल इजलासले २०७६ साल असार २९ गते आइतबार फैसला गरि २्०७६ साउन २९ गते बुधबार प्रमाणिकरण गरिएको उक्त मुद्धामा नेपालगञ्ज स्थित उच्च अदालतमा मिति २०७६ असोज ४ गते सोमबार पुनराबेदन गरेको देखिन्छ ।

कनोडियाको पम्पमा मात्र ठगी तथा कालाबजारी कार्बाही चिटठा – ४ 

हालै मात्र केही दिन पहिल्य अर्थात यअि असार २७ गते गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले सरकारी वकील मार्फत मुद्धा अनुसन्धानको क्रममा रहेकोले यहां मिसिल राखिएको छैन ।

कनोडियाको कोहलपुरको चप्परगाढीमा रहेको कनोडिया अटोमोबाइल्सबाट पेट्रोलियम पदार्थ ठगी काण्ड रोक्न सम्वन्धी निकाय गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्ज मार्फत सरकारस् वकीलको कानुनी उपचारले पनि कान नगरेपछी कोहलपुरका जनताको हातमा न्यायको डोर पुग्ने अवस्था सृर्जना भएको छ ।

कोहलपुरको कनोडिया पम्पमा 3rd ठगी काण्ड फलोअफ: तारताम्य मिलाउन सञ्जयको दौडधुप, जिम्मेवार निकाय -याल काडदै

कोहलपुरको चप्परगौडी स्थित कनोडिया पेट्रोल पम्पमा फेरी पनि ठगी

कोहलपुरको चप्परगौडी स्थित कनोडिया पेट्रोल पम्पमा फेरी पनि ठगी