स्वालम्बन केन्द्र प्रमुखहरुको नेपालगञ्जमा गोष्ठी सम्पन्न

२५ भदौ, नेपालगञ्ज/ नेपालगञ्जको कारकाँदोमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना लगानी समूहका केन्द्र प्रमुखहरुका लागी बार्षिक रुपमा गर्दै आएको क्षमता अभिवृदि गोष्ठी नेपालगञ्जमा सम्पन्न गरेको छ ।

भदौ २३ देखी २५ गते सम्म रोयल बाँके प्रालीमा सञ्चालन गरिएको ३ दिने क्षमता अभिवृद्धि गोष्ठीमा बित्तिय संस्थामा आवद्ध केन्द्र प्रमुखहरूको समग्र क्षमता विकासका लागि नेतृत्व बिकास, आत्मनिर्भरका लागी आवश्यक ज्ञान सिप र अनुभव अभिवृदि गर्ने गोष्ठीको उदेश्य रहेको स्वालम्बन संस्थाको दांग घोराई स्थित इलाका सहायक प्रवन्धक राजेन्द्र थापाले गोष्ठी समापनको अवसरमा बताउनु भएको थियो ।

 गोष्ठी समापनको अवसरमा बाँकेको खासकारकाँदो स्थित शाखाका प्रबन्धक शेषमणि पौडेलले संस्थाबाट समूहमा बिना धितो प्राप्त कर्जाको सदुपयोग गर्दै समूह सदस्यहरुको जिवनस्तर सुधार गरेका सदस्यहरुको उदाहरण दिदै समूह सदस्यहरुलाई त्यसतर्फ उत्प्रेणा गर्न केन्द्र प्रमुखहरुलाई अनुरोध गर्नुभएको थियो ।

सम्बन्धित शीर्षक