समृद्ध नेपाल, सुखी नेपाली जनताको राष्ट्रिय आंकक्षाको अभिभारा दिन एमाले महासचिवको आग्रह

२७ भदौ, नेपालगञ्ज/ आगामी मंसिर ४ गते सम्पन्न हुनगईरहेको संघ र प्रदेशको निर्बाचन नेपाली जनताको लागी अग्रगमन कि यथास्थितमा रहने भन्ने महत्वपूर्ण बिषय भएको नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बताउनुभएको छ ।

महासचिव पोख्रेलले नेपाली जनताले केपी ओली नेतृत्वको एमालेको सरकार र बर्तमान गठबन्धनको सरकारको काम र गतिबिधिहरुको मुल्यांकणका आधारमा आफनो अमुल्य मत दिने बिश्वास ब्यक्त गर्नुभयो ।

नेकपा एमाले बांकेले सोमबार पार्टी कार्यालयमा आयोजित निर्बाचन अभियान शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एमालेका बौद्धिक नेता समेत भनेर चिनिनु भएका एमाले महासचिव पोख्रेलले समृद्ध नेपाल, सुखी नेपाली जनताको राष्ट्रिय आंकक्षा एमालेले मात्रै पुरा गर्नसक्ने भएकाले नेपाली जनताले एमालेको सूर्यचिन्हमा मतदान गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

पोख्रेलले यो वा त्यो नाममा जनता अलमल्याउनेलाई होइन, नेपाली जनताको पक्षमा लोक कल्याणकारी काम गर्ने नेकपा एमाले पार्टीलाई नेपाली जनताले आफनो अमुल्य मत दिएर राष्ट्र निर्माणको जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

लोक कल्याणकारी जिवन चक्रमा आधारित सामाजिक सुरक्षा अन्तरगतका कार्यक्रमले राष्ट्रिय उत्पादनमा समेत ठोस योगदान पु–याउदै आएको चर्चा गर्दै महासचिव पोख्रेलले तराईका २५ वटा शहरलाई सुन्दर र हराभरा बनाउन र हुलाकी सडक कालोपत्रे गर्न केपी ओलीलेकै पहलमा भारतिय अनुदानको समेत सदुपयोग गदै करिब १३ अरबको “तराई–मधेश समृद्धि कार्यक्रम”ले तराईका जनतामा यो देशको समृद्धि चाहने पार्टी नेकपा एमाले भएको बिश्वास जागेकोले तराईमा एमाले प्रति जनलहर उठेको बताउनु भयो ।

नेकपा एमालेको केपी ओलीको ततकालिन सरकारले करिब डेढ बर्ष राज्यका नयां सरचनाहरुः प्रदेश, स्थानिय निकाय गठन, स्थापना सञ्चालन ऐन नियम कानुन बनाउनमा नै केन्द्रित रहेको र त्यसपछीको बर्ष राष्ट्र निर्माणमा योजनाबद्ध तरिकाले राष्ट्रको आमुल परिवर्त र बिकासको सपना बोकेर अगाढी बढने क्रममा षडयन्त्रमुलक ढंगले परमादेशको आडमा एमालेको सरकार ढालेर जनताले ढगबन्धन भनिरहेको गठबन्धनको सरकार बनेको र त्यसका एक पछी अर्को जन बिरोधी कामहरु मुल्यांकण गरेर जनताले निर्बाचनमा आफनो अमुल्य मत एमालेको सूर्य चिन्हमा दिएर राष्ट्र निर्माणको अभिभार एमालेलाई दिन आग्रह गर्नुभएको छ ।