राजश्वको छापा मारेको घटनाको तस्विर ।नेपालगञ्ज ६ असोज / लामो समय देखी तस्कर ब्यबसायीसंग घुस खाएर राजश्व हिनामिना केसमा रफादफा गदै आएको आरोप खेप्दै आएको कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिम क्षेत्रिय राजश्व अनुसन्धान कार्यालयले बिहिबार नेपालगञ्जको बस पार्क स्थित अघाखांचीका एक ब्यक्तीको घरमा रहेको २ वटा गोदाममा छापा मारेर लाखौं रुपैयाको बराबरको फुटवेयर सामान पक्राउ गरेकोमा केसलाई रफादफा गर्ने प्रयास जारि राखेको छ ।
ब्यापारी र राजश्वका एक पुराना खेलाडी मान बहादुर विक अधिकृत बीच बिहिबार राती सम्म बार्गेनिंग चलिरहेको पिडित पक्षको स्रोतले जानकारी दिएको छ ।
कोहलपुर राजश्वले छापा हानेर अनुसन्धान गरिरहेको बताइएको नेपालगञ्ज उप-महानगर वडानम्बर ४ बस पार्क देखी करिब १ सम मिटर- पश्चिम उत्तरमा रहेको चाचा जी भन्ने अर्घाखाँचीका हसर अली मियाँ बसेको घरमा रहेका ठुला-ठुला २ वटा हलमा न्यून तथा मध्यम क्वालिटिका जुत्ताहरूको बोरा रहेका छन ।
उक्त जुत्ताहरु नेपालको भन्सार छलेर नेपालगञ्ज भन्सारको पश्चिम पचपोखरा- साईगाऊँ को इच्छा बाबा क्षेत्र हुदै भारतबाट नेपाल तर्फ तस्करी गरी बस पार्कको उक्त गोदाममा संकलन गरि बिल भर्पाई मिलाएर पहाडी जिल्ला तर्फ सप्लाई गर्ने गरेको सम्बन्धीत स्रोतले जानकारी दिएको छ।
तस्करको विवरण…..
चाइनिज तथा नेपाल मेड जुत्ता भन्दा भारतबाट सोही जुत्ताहरु सस्तो पर्ने भएपछी विगत केही समय देखी नेपालगञ्ज जैसपुरका बरकत, कयामत उर्फ बन्टी, मिरा, भौकी, खुरसेद उर्फ मन्त्री नाम लगायतका ग्याङले नेपाल- भारतका सुरक्षा कर्मिहरुसँग लाइन मिलाएर नेपाल तर्फ संस्थागत तस्करी गर्दै आइरहेको बिहिवारको घटनाक्रमले पुष्टि गरेको छ ।
उक्त संस्थागत तस्करको सूचना संकलन तथा अनुगमन गरिरहेका एकजना सूचकलाई समेत धम्की दिएको उक्त ग्याङले छापा मार्न गएको ग्याङ्गलाई प्रभावित पार्ने कोशिस जारी राखेको स्रोतले बताएको छ ।
गोदाममा तस्करीको सामान रहेको जानकारी पाएको कोहलपुर स्थित राजश्वले पुरानै बिवादित अधिकृत मान बहादुर विकलाई घटनाको छानवीन तथा अनुसन्धानको लागि पठाएको थियो ।
मान बहादुर विकलाई अधिकृतको टोली घटनास्थल पुग्ने क्रममा तस्करी गरेर ल्याइएको १३ थान जुत्ताका बोरी गोदाम बाहिरबाट भित्र राख्ने क्रममा फेला पारी यो कस्को हो ? भनी सोधेको र आफुहरुलाई थाह नभएको त्यहाँ उपस्थित ब्यक्तीले बताएपछी राजश्वले उक्त १३ बोरी जुत्ता वेवारिसे देखाएर लिएर गएको छ ।
बेवारिसे सामान वरामद पछी भित्र गोदाममा पनि छापा मारेर हेर्दा वाहिर बेवारिसे वरामद भएको जुत्ताको सेम प्रकृतिका लाखौं रुपैयाका जुत्ता गोदाममा फेला पारी छानबीन तथा अनुसन्धानको लागी बिवरण संकलन गरिरहेको समयमा अनुसन्धान अधिकृतको मोबाइल नम्बरमा फोन आएपछी छानवीन तथा अनुसन्धान फितलो गर्दै फर्किएको बताइएको छ।
को हुन मान बहादुर ?
लामो समय देखी कोहलपुर राजश्वमा कार्यरत अधिकृत मान बहादुर विकले केही समय यता नेपालगञ्ज खजुरा रोडका वंश सप्लायर्सका हरिश गुप्ता, नर्सिङग होम पछाडीका भगौती भन्ने छोटे गुप्ता, सफल मोटर पार्टस, एकलैनीको साविर खाँ, अन्सारी टेडर्स, बस पार्क रोडको मोबाइल पसल लगायतका पसलका साउजीहरुलाई लाखौंको परेसान गरेको पिडित पक्षले बताउदै आएकोमा साविरले त स्थानिय प्रशासन समेन गुहार मागेको पाइएको छ ।
कोहलपुर राजश्वमा कार्यरत अधिकृत मान बहादुर विकको पृष्ठभुमी खोज्दै जादा त्यसरी कमाएको पैसा दाँगको घोराई स्थित मोडर्न पोट्री फार्म लगायतको ठाउँमा पैसा कमाएको डकुमेन्ट वनाउने गरेको स्रोतले बताएको छ।
मोडर्न पोट्री फार्म कोहलपुर राजश्वमा कार्यरत अधिकृत मान बहादुर विकको नै रहेको स्थानियहरुले वताएका छन ।
हाम्रो संरचना । ७ आश्विन २०७९, शुक्रबार १०:०२