असोज २४ नेपालगञ्ज/ आगामी मंसिर ४ गते मतदान हुने प्रदेश र संघिय संसद सदस्य पदको लागी बिभिन्न राजनितिक दल तथा स्वतन्त्र ब्यक्तीहरुले आईतबार राती सम्म सम्वन्धीत निर्बाचन क्षेत्रमा स्थापना गरिएका निर्बाचन अधिकृतको कार्यालयमा आ–आफनो नाममा मनोनयन दर्ता गराउनु भएको छ ।
प्रतिनिधि सभाका लागी प्रत्यक्ष तर्फ १६५ निर्बाचन क्षेत्रमा र प्रदेश सभामा त्यसको डबल हुने नेपालको संबिधानमा ब्यवस्था भएबमोजिम सबै निर्बाचन क्षेत्रमा आईतबार राती सम्म बिभिन्न राजनिति दल तथा स्वतन्त्र ब्ष्यक्तिहरुले मनोनयन दर्ता गराएको निर्बाचन आयोगले जनाएको छ ।
यस पटकको निर्बाचनमा समानुपातीकमा निर्बाचन प्रणालीमा बन्द सूचि बुझाएका कतिपय दलहरुले आफना पार्टीको तर्फबाट प्रत्यक्ष तर्फ न्यून संख्यामा उम्मेदवारी दर्ता गराएको पनि देखिएको छ ।
नेपालका केही भु–भागमा अबिरल बर्षाका कारण उम्मेदवारी मनोनयन दर्तामा समस्या भएकाले निर्बाचन आयोगले प्राकृतिक भबितब्यलाई मध्य नजर गरेर आयोगको जुनसुकै अधिकृतको कार्यालयमा दलका प्रतिनिधि वा स्वयम उपस्थित रहेर मनोनय दर्ता गर्न सक्ने लचकता अपनाएको आयोगले आईतबार राती जारी प्रेस बिज्ञप्तीमा जनाएको छ ।
निर्बाचन आयोगले सोमबार बिहान आफनो फेसबुक पेजमा गरेको अपडेट अनुसार नेपालका ७ वटै प्रदेशका ७७ जिल्लाको १६५ प्रतिनिधि सभा सदस्य पदको लागी २३१ जना महिला र २२४२ पुरुष गरि २४७३ जना आयोगको सिस्टममा दर्ता भएको र यो संख्या अझै केही बढनसक्ने आयोगले जनाएको छ । त्यसैगरि प्रदेश सभा तर्फ २९३ महिला र ३०९९ जना पुरुष गरि ३३९३ जनाको बिभिन्न पाटी तथा ब्यक्तीको उम्मेदवारी दर्ता हुन आएको आयोगले जनाएको छ ।
बांकेको निर्बाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदको लागी युवा नेता सूर्य ढकाललाई अगाढी सारेको छ भने माओबादी केन्द्रले उहि पुरानै अथक भन्ने महेश्वर गहतराजलाई अगाढी सारेको छ । नेकपा एमाले, जसपा बीच चुनाबी तालमेलका बीच ढकाललार्य एमालेले टिकट दिएको छ भने स्थानिय निर्बाचनमा नेपाली कांग्रेसले जितेको पालिकामा कांग्रेसलाई टिकट नदिएर माओबादीलाई दिएको भन्दै स्थानिय नेपाली कांग्रेस पक्ष तिब्र असन्तुष्टी छ भने माओबादीले पनि जनता बीच परिक्षण भएर केही नगरेको भनी जनता बीच आलोचना भईरहेको पुरानै ब्यक्तीलाई मात्र अवसर दिएको भन्दै माओबादी केन्द्र बीच पनि असन्तुष्टी देखिएको अवस्थामा एमालेका सूर्य ढकाललाई लट्री पर्ने सम्भावना बढेर गएको स्थानिय मतदाताले बताउने गरेको हाम्रो स्थानिय समाचारदाताहरुले जानकारी दिनुभएको छ ।
बांकेकै क्षेत्र नम्बर ३ मा पनि नेपाली कांग्रेसबाट निर्बाचन अधिकृतको कार्यालयमा समेत उपस्थित नभएर टुरिष्ट आरोप लागेका बांके जिल्ला बाहिरका ब्यक्तीलाई टिक दिएर बांकेमा उम्मेदवार बनाएको किशोर सिंह राठौरलाई प्रतिनिधि सभामा अगाढी सारेको छ भने नेकपा एमालेले खजुरा पालिकाका पूर्व प्रमुख एवम एमाले बांकेका अध्यक्ष रहनुभएका किस्मत कुमार कक्षपतीलाई अगाढी सारेको छ ।
यद्यपी नेपाली कांग्रेसका प्रभावशाली स्थानिय थारु समूदायका अगुवा नेता चन्त राम थारु भने बाहिरि जिल्लाबाट आइका टुरिष्ट नेतालाई उम्मेदवार बनाउन नहुने र बाहिरि जिल्लाका ब्यक्ती स्थानिय बासिन्दाको प्रतिनिधि हुन नसक्ने भन्दै बिरोध गर्दै नेपाली कांग्रेस पार्टी परित्याग गर्नुभएको छ ।
बांके क्षेत्र नम्बर २ मा भने सबै भन्दा बढी उम्मेदवारी दर्ता भएको छ । त्यसमा पनि सबै भन्दा बढी जसपाबाट बिद्रोह गरेर उम्मेदवारी दिएको देखिन्छ । जसपाबाट इस्तियाक राइको पार्टीबाटै इस्तियाको बिरोधमा उम्मेदवारी दिएको देखिन्छ ।
जसपाका केन्द्रिय सदस्य समेत रहेका बाबु खांले उक्त पार्टीबाट बिद्रोह गरेर जनमत पार्टीबाट मोहम्द इस्तियाक राईको बिरोधमा जनमत पार्टीबाट मोहम्द इस्तियाक राई उठेकै पदमा उम्मेदवारी दर्ता गराएको निर्बाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।
त्यसै गरि जसपा कै बांकेका सचिव समेत रहनुभएका मोहम्द इस्तियाक राईकै काकाको छोरा समेत रहेका शमसुल राईले पनि मोहम्द इस्तियाक राई उठेकै पदमा निर्बाचन अधिकृतको कार्यालयमा १ नम्बरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको देखिएको छ । उक्त उम्मेदवारीले के देखाउछ भने बांके जसपा भित्र एक–आपसमा नै असन्तुष्टी र बिरोध रहेको देखाएको छ ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले आफनो र आफन्तको नाममा रहेको चल अचल सम्पती बिवरण निर्बाचन अधिकृतको कार्यालय मार्फत निर्बाचन आयोगमा मनोनयन दर्ता गर्दा सगै भर्नुपर्ने निर्बाचन आयोगले यस अघि नै सार्वजनिक सूचना जारि गरेर जनाईसकेको छ ।
-
नेपालगञ्जको खजुरा रोडमा रहेको घर ४ लाख बैकमा ऋण लिएर के कसरी घर गुम्यो देखी साईगाउं हुदै भारतको रुपैडियामा बस्न पुग्दा के के गरे ?
-
बहिनी ज्वाईको घर धितो राखेर लिएको ऋण जग्गा दिएर कसरी फिर्ता गरे ?
-
बिक्रम सम्वत २०६८ सम्म आर्थिक रुपले सडकमा रहेका जग्गा र रिक्साको ब्यापारको सुरुवात कहांबाट के कसरी गरे ?
-
पहिलो पटक सासंद हुदा आर्थिक अभावका कारण परिवारका सदस्य बसबाट दुःखका साथ काठमाण्डौंमा भेटन कसरी पुग्थे
-
राजनितिमा छिरि सकेपछी काठमाण्डोैमा कहां–कहां कोसंग कसरी बसे र के के गरे ?
-
चल अचल सम्पती आफनो र सहोदर भाई बुहारी र जैसपुरमा नै रहेका बहिनी ज्वाई/दिदि-भिनाजु लगायतको आफन्तको नाममा हुण्डि लगायत कारोबारो मार्फत जम्मा गरिएको धनको के कसरी नगद तथा चल अचल सम्पती लगानी र सुद्धिकरण गरिदै छ ?
-
नेपालगञ्ज उप–महानगरपालिका डम्पीग साईटको २५२ बिघा र फयाक्ट्री क्षेत्रको करिब १०० बिघा जग्गा धितो राखेर दाजुभाईको शेयर हुने गरि खोलिएको कम्पनीका नाममा २ वटा बैक मार्फत १२० करोड ऋण लिएको कागजात कसरी तयार गरियो ?……….
बांकेका ३ वटा प्रतिनिधि सभा निर्बाचन क्षेत्र र ६ वटा प्रदेश सभा सदस्यमा रहेका उम्मेदवारी दर्ता गर्नेहरुको बिवरण निम्न बमोजिम रहेको छ । यद्यपी यो नोमिनेशन भोली मंगलबार सांझ सम्म फिर्ता लिन सकिने आयोगको कार्य सूचिमा रहेको छ ।
हाम्रो संरचना । २४ आश्विन २०७९, सोमबार ०८:२८