कोहलपुर राजश्वको मान बहादुर असुलीमा र केस मिलाउन दलाल सक्रिय: राजश्व डिजि नियुक्तीमा २० करोडको खेल ! पहिलो अपडेट सहित

नेपालगञ्ज २६ असोज / तपाईलाई थाह छ ? राजश्व अनुसन्धान बिभागले आफनो आधिकारी वेबसाइट लागायत बिभिन्न सञ्चार माध्यम मार्फत सार्वजनि सूचना जारि गरेर अबैधरुपमा ब्यापारिक मालबस्तु ओसारपसार गरि राजश्व चुहावट गरेको आफुले थाह पाएको सूचना दिनेलाई पुरस्कृत गर्ने समेत सूचना जारि गरेको छ ।

तर कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयले त्यसको ठिक बिपरित सूचकबाट पाउने गरेको सूचनालाई दुरुपयोग गदै असुली गर्ने गरेको बिभिन्न घटना अध्ययनको क्रममा पाइएको छ ।

राजश्व बिभागको सूचना यस्तो छ

बिगत केही समय देखी ब्यापारीबाट असुली अडडाको रुपमा चर्चा कमाउदै गएको कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिम क्षेत्रिय राजश्व अनुसन्धान कार्यालयले राजश्व बिभागले जारि गरेको सूचना बमोजीम एक जना सूचकले दिएको पुख्ता सूचनाको आधारमा असोज ६ गते बिहिबार नेपालगञ्जको बस पार्क नजिकै मोहम्मद अली नाम गरेको ब्यापारीको घरमा रहेको जुत्ताको गोदाममा छापा मारेको थियो ।

राजश्वले  राज्यकै सूक्षा निकायको पनि आधिकारीक सूचनाको आधारमा छापा मारेको थियो । भारतबाट नेपाल तर्फ तस्करी गरी भन्सार छलेर चोरी निकासी मार्फत सामान आयात गदै आउने क्रममा नेपालगञ्ज भन्सारको पश्चिम पचपोखरा-साईगाऊँको इच्छा बाबा क्षेत्र हुदै साईगाउंमा अस्थाई घाटगददि गरेर मिनि ट्रकमा पुन नेपालगञ्जको बस पार्कको पश्चिम करिब १ मिटर उत्तरमा रहेको मोहम्मद अलीको आफनै घरमा र केही सडकमा लाखौं रुपैया बराबरको बिभिन्न ब्राण्डको जुत्ता फेला परेको थियो ।

तस्करीको जुत्ताका पेटी फेला परेको गोदाममा छानबीन गरि शिल गरिएकोमा केही दिनपछी मिलेमतोमा गोदाम खोलिएको पाइएको छ ।

गोदाममा संकलन गरि बिल भर्पाई मिलाएर बिगत लामो समय देखी पहाडी जिल्ला तर्फ सप्लाई गर्ने क्रममा राजश्वले छापा मार्दा उक्त तस्करीको समान भारतको रुपैडिया देखी तस्करी गरेर भन्सार नजिकै रहेको साईगाउं क्षेत्रका स्थानिय बिभिन्न केही ब्यक्तीहरुका घरमा बनाइएका गोदाम जम्मा गरि गत असोज ६ गते मिनी ट्रकमा भरेर नेपालगञ्जको बसपार्क स्थित सम्वन्धीत ब्यापरी मोहम्द अलीको घरमा पु–याउने क्रममा सम्वन्धीत राजश्व अधिकारीलाई राष्टिय अनुसन्धान र सूचक स्रोतले सूचना दिएर उक्त ठाउंमा छापा मारिएको थियो ।

छापा मार्दा मोहम्द अलीको घरमा रहेका २ वटा ठुलो गोदामबाट झण्डै ३ ट्रक बिभिन्न ब्राण्डका जुत्ता र केही गोदाममा राख्न लागिएका गोदाम बाहिर रहेका १३ पेटी जुत्ता फेला पारेको थियो ।

हेर्नुहोस छापा मार्दाको घटना बिवरणले पनि देखाउछ कि उक्त घर तस्करीको समान राख्ने गरि प्रयोग गरिदै आएको ।

भैरहवा भन्सार कार्यालयमा कार्यरत रहदा भ्रष्टाचार गरेर अकुत सम्पती कमाएको आरोपमा करिब ३ बर्ष निलम्बनमा परेका हाल कोहलपुरमा कार्यरत रहेका बिगतका अन्य घटना झै ब्यापारीबाट असुलीको आरोप खेप्दै आएका राजश्व अधिकृत मान बहादुर बिकको नेतृत्वमा उक्त ठाउंमा छापा मार्न पुगेको थियो ।

छापा मार्दा राजश्व सहजीकरणका लागी परिचालित शसस्त्र प्रहरी केही कर्मचारीहरु समेत गएर उक्त ठाउंमा फेला परेको समान र गोदाममा प्ररारम्भी अनुसन्धान गरे सम्वन्धी ब्यक्तीले घटनाको क्रममा बिल बिजक, भन्सार कागजात देखाउन नसकेपछी गोदाम बाहिर रहेको १३ पेटी जुत्ता लिएर गएको र उक्त गोदाममा राजश्वले छानबीनका लागी भन्दै ताला समेत लगाएर गएको थियो ।

गोदाममा फेला परेका समानहरु

उक्त जुत्ता तस्करी गर्ने, गराउने देखी समान आयात गर्दा घाटगददी गरेको ब्यक्तीहरुलाई जानकारी रहेको उक्त घटनामा समेत मिलीजुली भ्याट बिल, भन्सार बिल बिजक जस्ता आवश्यक बिल मिलिजुली बनी बनाई गर्ने र तस्करी कार्यलाई बढवा दिनुले स्थानिय ब्यापारीलाई प्रतिस्पर्धामा समस्या उत्पन्न भएको भन्दै नेपालगञ्ज उद्योग बाणिज्य संघले पनि बेलाबखत त्यस्ता गलत कार्यको बिरोध गदै आएको छ ।

उक्त घटना घटेको दिनहरु बित्दै जांदा करिब २ हप्ता पछी फलोअप गर्ने क्रममा घटनामा केही नभएको र राजश्व कार्यालयले आफुहरुलाई नचाहिने दुख दिएको ब्यापारी तथा घर मालिक मोहम्द अलीले बताउने गरेका छन ।

उता कोहलपुर स्थित राजश्व कार्यालयका असुली धन्दामा लागेको र बिगतमा समेत राजश्व घोटाला अरोपमा निलम्वनमा परेर जनार्दन शक्तीको आडमा पुर्न बहाली भएका कोहलपुरमा कार्यरत मान बहादुर बिकले उक्त घटनाको सम्बन्धमा अहिल्य माहोल नै त्यस्तै रहेकाले आफनो पछाडी नलाग्न आग्रह गर्नुभएको छ ।

मान बहादुर बिकले आफु बिगतमा निलम्बनमा परेको केस नकोटयाउन र मेरो पछाडी नलाग्न भन्दै बस पार्क घटनाको सिस्टमबाट काठमाण्डौ पठाइएको र घटनाको अभियुक्तमोहम्मद अली लाई हाल तारिख मै राखिएको जानकारी दिनुभएको छ ।

कोहलपुरका राजश्व अधिकृत मान बहादुर बिकले नेपालगञ्ज तथा कोहलपुर लगायत यस क्षेत्रमा पछील्लो पटक बिलबिजक, स्टक प्रमाणित, घाटददी चेकजांच, कार्यालयको सामान रित पूर्वक सकारेका लाई नदिएर अर्कालाई दिने जस्ता तमाम घटनाहरुको हामी कहां पनि लिखित जानकारी आउनुको साथै बिभिन्न स्रोतबाट प्राप्त जानकारीको दुरुपयोग गदै लाखौंको दरमा असली गर्ने गरेको बारम्बार जनगुनासो आईरहेका बेला बस पार्कको घटना हाल बिस्तारै सामसुम पार्न राजनितिका आडमा कोहलपुर राजश्वमा बिगत देखी नै बिभिन्न घटनामा दलाली गर्दै आईरहेको केही दलाल पनि सक्रिय रहेको पाइएको छ ।

मान बहादुरले बस पार्क घटनामा आफु उक्त घटनामा गएको र प्ररारम्भीक घटना अध्ययन गरी फरदर प्रोसेसको लागी राजश्व बिभागमा पठाइएको र उताबाट जे निर्देशन आउछ त्यही गर्ने बताउनु भएको छ ।

राजश्व बिभागका डिजी नियुक्तीमा २० करोडको खेल र खेलमा सहभागी बिभिन्न ब्यक्तीको नाममा हल्ली खल्ली मच्चीदै आएकोले राजश्वमा कार्यरत कर्मचारीहरु हल्ली-खल्ली बतावारणका कारण बाध्यताबश बदनाम हुनुपरेको राजश्व स्रोतले बताउदै आउने गरेका छन ।

कोहलपुर राजश्व अनुसन्धानको असुलीका बिषयमा हामीलाई प्राप्त पिडितहरुका सक्कलै उजरीहरुका केही नमुनाहरु निम्न बमोजिम रहेका छन ।

 

 

नेपालगञ्जको बसपार्कमा राजश्वको २ वटा फुटवेयर गोदाममा छापा: अधिकृतलाई बार्गेनिंगको आरोप

कहां कहांबाट असुली गरे ? मान बहादुरले क्रमश…