असोज २७ नेपालगञ्ज/ मिति २०७९ साल असोज ७ र २६ गते नेपालगञ्ज अनलाईन मल्टिमिडिया पब्लिकेशसन प्रा.लि. द्धारा सञ्चालित हाम्रो संरचना डट कममा नेपालगञ्ज बसपार्कमा राजश्वको २ वटा फुटवेयरमा छापाः भन्सार अधिकृतलाई बार्गेनिंगको आरोप र कोहलपुर राजश्वको मान बहादुर असुलीमा र केस मिलाउन दलाल सक्रियस् राजश्व डिजि नियुक्तीमा २० करोडको खेल १ पहिलो अपडेट सहित भन्ने शिर्षकमा प्रकाशित समाचारमा उल्लेखित प्रात्रहरु मध्य १ जना प्रात्र बांकेको कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा कार्यरत राजश्व अनुसन्धान अधिकृत मान प्रशासद बि.क. ले समाचार प्रकाशित पछी उक्त समाचारमा उल्लेखित बार्गेनिंगको आरोप आफुले नगरेको भन्दै बुंदा १ नम्बर को उपदफा १,२,३ गरि मोबाईलबाट कुरा गरेर वा घटना स्थलमा भेटेर समाचारमा उल्लेख गरे बमोजिम बार्गेनिंग नगरेकोले उक्त शब्द सच्याउन माग राख्दै मिति २०७९ साल असोज २६ गते लिखित रुपमा नै पत्र प्राप्त भएकोले उक्त पत्रमा मागमा बिषयमा ध्यान-आकर्षण भएको छ ।
उक्त समाचारमा उल्लेख गरिएको समाचार बिवरणहरु तस्बिर सहित समाचारले प्रष्ट पारेको छ । राजश्व छली तथा तस्करी जस्तो घटनामा छापा मारेर केही समान बेवारिसे देखाएर लिने र केही त्यहि छोडने काम मान प्रशाद बिक कै नेतृत्वको टोली गरेको देखिन्छ ।
घटनास्थल आएको मान प्रशादको टोलीले उक्त ठाउंमा बिधि पूर्वक नियन्त्रणमा लिएर बृस्तित छानबीन गर्नु पर्नेमा छापा मारिएका गोदाम समेत नियन्त्रण नलिएको अर्थात बिलबन्दी नै नलगाएको भन्ने भनाई राजश्व अधिकृत मान प्रशाद बि.क.ले आफनो समाचार सच्याउन अनुरोध गरिएको पत्रमा उल्लेख गरिएको छ ।
हाम्रो भनाई पनि त्यत्रो आधिकारिक सूचनाका आधारमा छापा मारिएको र गोदाम बाहिरको बेवारिसे देखाएर लैजाने र गोदाम भित्रको शिलबन्दी नगरि छानबीन नै नगरि गएकोले घटना अध्ययन तथ्यमा आधारित बिधि पूर्वक गरि अभियक्तहरुलाई कानुनी दायरामा ल्याउनु पर्नेमा बिकले त्यसो नगरिएको पाइएकोले बार्गेनिंगको आरोप समाचारमा स्रोतको आधारमा उल्लेख गरिएको मान प्रशाद एवम पाठक बर्गमा सहर्ष जानकारी गराउन चाहन्छौ । हामी पत्रकरिताको मुल मर्म भावना, आधारभुत मुल्य मान्यता र आचासंहितामा अडिग छौ र सधै रहनेछौ । यी र यस्ता, यस संग सम्बव्धीत सत्य तथ्यमा आधारित समाचार पस्कदै जाने नै छौ ।
घटनामा भ्रष्टाचार जस्तो सम्बेदशिल बिषयमा उठान गरिएकाले सम्वन्धीत निकायहरुबाट बृस्तिय रुपमा निष्पक्ष, योग्य र इमान्दार ब्यक्तीबाट सुक्ष्मरुपमा छानबीन गरि समाचारमा उल्लेखित घटनाको अध्ययन र छानबीन गर्न र दोषिलाई कानुनी दायरामा ल्याउन फेरी पनि हामी सम्वन्धीत निकायहरुलाई यसै सूचनाद्धारा हार्दिक अनुरोध गर्दछौ । सम्पादक
मान प्रशाद बिकले हामीलाई पठाएको पत्र जस्ताको त्यस्तै प्रकाशित गरेका छौ । प्रकाशित समाचारहरु Links तल राखिएको छ ।मूल्यांकण पाठकको हातमा ।
प्रकाशित समाचारहरु
हाम्रो संरचना । २७ आश्विन २०७९, बिहीबार १२:१८