नेपालगञ्ज ३० असोज/ आगामी मंसिर ४ गते मतदान हुने प्रदेश र संघिय संसद सदस्य पदको लागी बिभिन्न राजनितिक दल तथा स्वतन्त्र ब्यक्तीहरुले सम्वन्धीत निर्बाचन क्षेत्रमा रहेका निर्बाचन कार्यालयमा मनोनयन दर्ता गराएर निर्बाचन प्रचार–प्रसारमा होमीसक्नु भएको पाईएको छ ।
भौगोलिक हिसाबले समेत पश्चिम नेपालको गेट-वेको रुपमा रहेको बांके जिल्लामा प्रतिनिधि सभाका लागी ३ सिट र प्रदेश सभाका लागी ६ वटा निर्बाचन क्षेत्रमा उठेका उम्मेदवारहरुले मतदाताहरुको घरदैलो भेटघाट, टोल बस्तीमा भेला, कोण सभा जस्ता चुनाबी अभियानका कार्यक्रमलाई अगाढी बढाएको पाइएको छ ।
बांकेको निर्बाचन क्षेत्र नम्बर १ मा संघिय तर्फ नेकपा एमालेका तर्फबाट सूर्य ढकाल र माओबादीका तर्फबाट उम्मेदवार बन्नुभएका महेश्वर गहतराज बीच प्रतिस्पर्धा छ ।उक्त निर्बाचन क्षेत्रमा पहिल्य पनि निर्बाचन जितेर माननीय सांसद तथा मन्त्री पदमा बहाल रहनुभएका माओबादी केन्द्रका गहतराज र उच्च शिक्षा हासिल गरेर राजनितिमा होमिनु भएका एमालेका युवा नेता ढकाल पहिलो पटक उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएको अवस्था छ ।
सोही निर्बाचनमा प्रदेश तर्फ निर्बाचन क्षेत्रको दक्षिणी क्षेत्र नम्बर १ को १ बाट माओबादी केन्द्रबाट नमुना भन्ने कृष्णा केसी र एमाले राप्रपा तालमेलबाट नरेन्द्र कुमार पौडेल र नेपाली कांग्रेसबाट माओबादी केन्द्र हुदै हाल जसपाबाट उम्मेदवारी बन्नु भएका अम्बर बहादुर खडका बीच प्रतिस्पर्धाको अवस्था रहेको छ । अन्य साना राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरु पनि आ–आफनो एजेन्डा बोकेर प्रतिस्पर्धामा उत्रिएका छन ।
नम्बर १ को २ बाट नेकपा एमाले राप्रपा तालमेलबाट दुर्गा चौधरी र नेपाली कांग्रेस बाट पुलराम थारू लगायतका प्रतिस्पर्धामा छन ।
बांकेको ३ वटा निर्बाचन क्षेत्र मध्य बिशेष गरि नेपालगञ्ज शहरसंग सम्वन्धीत निर्बाचन क्षेत्र नम्बर २ अन्य भन्दा अली बढी चर्चाको बिषय बनेको छ । बांकेको निर्बाचन क्षेत्र नम्बर २ मा हालै सम्पन्न स्थानिय निकायको निर्बाचनमा गठबन्धन बिरुद्ध नेपालगञ्जको मेयर पदमा एक्लै लडेर दोस्रो भएको दल नेकपा एमाले र पूर्व मेयर धवल शम्शेर राणाको पार्टी राप्रपा बीच यस चुनाबी क्षेत्रमा तालमेल गरेर पूर्व मेयर धलव शम्शेर राणालाई प्रतिस्पर्धामा उतारेको छ । प्रदेश सभा सदस्य तर्फ एमाले राप्रपा तालमेलबाट २ को १ बाट बिजय यादब र २ को २ बाट निरक गुरुंगलाई अगाढी सारेको छ ।
त्यसैगरी यस क्षेत्रको प्रतिनिधि सभा सदस्य पदका लागी अर्को कडा टक्कर दिने प्रतिस्प्रधिको रुपमा यस क्षेत्रबाट पटक–पटक सांसद सदस्य पदमा निर्बाचित भएर पटक–पटक बिभिन्न मन्त्री पदको जिम्मेवारी निभाईसक्नु भएका मोहम्मद इस्तियाक राई जसपाको तर्फबाट पुनः उम्मेदवार बन्नुभएको छ । प्रदेश सभा तर्फ जसपाले २ को १ बाट भण्डारी लाल यादब र २ को २ बाट आदेश अग्रवाललाई अगाढी सारेको छ ।
यस निर्बाचन क्षेत्रमा नेपाली कांग्रेसले आफना युवा उम्मेदवार सुदिप नरसिंह राणालाई प्रतिनिधि सभा सदस्य पदका लागी चुनाबी मैदानमा उतारेको छ । प्रदेश सभा तर्फ २ को १ बाट राजकुमार बर्मा र २ को २ बाट पूर्व लुम्बिनी प्रदेश मन्त्री सुरेन्द्र हमाललाई उठाएको छ । बांके निर्बाचन क्षेत्र नम्बर २ मा केन्द्रको जस्तो गठबन्धन पनि छैन र स्थानिय स्तरमा आ–आफनो आवश्यक्ताको आधारमा तालमेल गरेको अवस्था छ ।
यस निर्बाचन क्षेत्रमा राम्रो पकड रहेको नेपाली कांग्रेसले आफनै उम्मेदवार उतारेको छ भने नेकपा एमालेले एमालेका पूर्व नेता तथा हाल राप्रपाका महामन्त्री एवम पूर्व मेयर धवल शम्शेर राणालाई सघाउने सहमती गरिसकेको छ ।
त्यसै गरी यस निर्बाचन क्षेत्रमा जसपाका उम्मेदवार मोहम्द इस्तियाक राई कै पार्टीबाट जसपामा लामो समय राजनितिमा सक्रिय रहनुभएका जसपाका प्रदेश कमिटि सदस्य एवम इस्तियाक राईका भतिजा शमसुल हक राई पनि पहिलो पटक स्वतन्त्रबाट चुनाबी प्रतिस्पधामा उत्रिनुभएको छ भने जसपा कै केन्द्रिय सदस्य रहनुभएका हालै सिके राउतको जनमत पार्टी प्रबेश गरेर बाबु खां पनि उम्मेदवार दिनुभएको छ ।
स्थानिय निर्बाचन आंकडाले डुडुवाको हिरमनियामा राम्रो पकड रहेको देखिएको जनमत पार्टीका बाबु खां यस अघि माओबादी हुदै जसपामा राजनिति गरेका ब्यक्ती हुनुहुन्छ । यसै निर्बाचन क्षेत्रमा दिवाकर खनाल, बिनोद अग्रहरी, लगायत प्रतिस्पर्धामा हुनुहुन्छ भने मुस्लिम चर्चित युवा नेताहरु इरफान अहमद शेष, अब्दुल हन्नान जसगढ, लिलौ दर्जि पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्बाचनमा लाभको पदमा बसेर भ्रष्टाचारबाट अकुत सम्पती कमाएर श्रीमती देखी आफना आसेपासे तथा भाइबुहारी, दिदिभिनाजु, बहिनी जुवाई देखी बिभिन्न कम्पनी तथा ब्यवसाय फर्मको नाममा चलअचल सम्पती जोडने, बिभिन्न खुराफातको आम्दानी बांदी टयाक्स तिरेको र केही परका नातेदारको नाममा चल-अचल सम्पती राखेको बिवरण भएमा समेत उम्मेदवार बिरुद्ध आयोगमा उजुरी दिन सकिने ब्यवस्था निर्बाचन आयोगले गरेको थियो ।
यो पटकको निर्बाचनमा बांके निर्बाचन क्षेत्र नम्बर २ मा राजनितिका आडमा भ्रष्टाचारबाट अकुत सम्पती जोडने बिरुद्ध सामाजिक सञ्जाल लगायत अन्य बिभिन्न माध्यम मार्फत तेजिलोरुपमा आवाज उठाउदै गएको छ भने बारम्बार एउटैले अवसर प्राप्त गरिरहने र भ्रष्टाचार गरेर अकुत सम्पती थुपारी रहने कार्यको बिरोधमा पनि निर्बाचन क्षेत्रका मतदाताहरु बीच स्वरहरु उठन थालेका छन ।
बांके निर्बाचन क्षेत्र नम्बर २ मा भ्रष्टाचारी बिरोधमा आफनो अमुल्य मत जाहेर गर्न बिभिन्न ब्यक्ती तथा संस्थाहरुले मतदाताहरुलाई आब्हान गरिरहेको पनि पाइएको छ । मिथ्या बिकासको नाममा मत माग्ने र जनतालाई ढाटने तर्फ मतदाता सचेत र सजग भएर कुनै लोभ-लाचमा नपरेर कम्तीमा भ्रष्टाचार नगर्ने ब्यक्तीलाई छान्नुपर्ने यस क्षेत्रका मतदाताको जिम्मेवारी आईपरेको छ ।
बिगतको संसदिय निर्बाचनमा आफना पारिवारिक तथा पार्टी पक्षका मतदातालाई प्रभाबित पारेर मत हलाई दिने ठेक्का लिएर केही ब्यक्तीले २० लाख लिएको हल्ला चले पनि केहीले १ लाखका दरले र १ जनाले ५ लाख त केहीले १० हजारका दरले भ्रष्टाचार गरिएको पैसा लिएको ब्यापक चर्चामा रहेको थियो ।
यस पटकको निर्बाचनमा मतदाताहरुले स्वच्छ स्वतन्त्रपूर्वक मतदाताले आफनो स्वबिबेकले आफनो अमुल्य मतदान गर्ने बातावरण सृर्जना गर्न निर्बाचन आयोगले कडाईका साथ निर्बाचन आचारसंहितको अनुगमन तथा पालना गर्न गराउन पनि ध्यान दिनुपर्दछ ।
बांकेको निर्बाचन क्षेत्र नम्बर ३ मा पनि काल पल्किन सक्ने आकंलन सहित स्थानिय नेपाली कांग्रेसका नेता कार्यकर्ता चुनाबी मैदानमा उत्रिसकेका छन । नेपाली कांग्रेसका स्थानिय समूदायका प्रभावशाली नेता चन्तराम थारुले नेपाली कांग्रेस छोडेको र बाहिरी जिल्लाबाट निर्बाचन लडनका लागी पार्टीले यस क्षेत्रमा उम्मेदवार बनाइनु भएका किशोर सिंह राठौरलाई टुरिष्ट उम्मेदवारको रुपमा आरोप लाग्दै आएको छ ।
बाहिरी जिल्लाका ब्यक्तीलाई उम्मेदवार बनाएर स्थानिय नेता तथा कार्यकर्तालाई अवसरबाट बच्चित गराएको भन्दै नेपाली कांग्रेसका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताले लामो समय सम्म पार्टी हेडक्वाटरसंग लबिंग गरे पनि नेपाली कांग्रेसको तर्फबाट बाहिरी जिल्लाका ब्यक्तीलाई उम्मेदवार बनाएर छोडेको छ ।
त्यसैगरी राठौरको प्रतिस्पर्धामा नेकपा एमालेले खजुरा गाउंपालिकाका पूर्व प्रमुख एवम बिभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल स्थानिय ब्यक्ती किस्मत कक्षपतीलाई निर्बाचनमा उतारेको छ । यस निर्बाचनमा पनि रोचक प्रतिस्पर्धा हुनेभएको छ ।
यस निर्बाचन क्षेत्रमा रहेको प्रदेश सभा सदस्यका लागी एमालेले उच्च शिक्षा हासिल गरेका युवा जोसजांगरले भरिएका रत्न खत्री र भिम वलीलाई उतारेको छ भने नेपाली कांग्रेसले निर्मला कुर्मि बेपत्ता काण्डका चर्चित ब्यक्ती बादशाह कुर्मि, नागरिक उन्मुक्ती पार्टीबाट नेपाली कांग्रेस पूर्व नेता चन्तराम थारु, माधव नेपाल वाला समाजबादीबाट दीपक जिएम, समाजबादी कै बिद्रोही दल बहादुर सुनार, माओबादी केन्द्रबाट पूर्व जनमोर्चा नेता आइपी खरेल लगायतले उम्मेदवारी दिनुभएको छ ।
हाम्रो संरचना । ३० आश्विन २०७९, आईतवार ११:१३