नेपालगञ्ज २८ कार्तिक/ अन्तराष्ट्रिय सिमावर्ती जिल्ला बाँकेमा सुरक्षित र सु-ब्यवस्थित रुपमा निर्वाचन सम्पन्न गर्न जिल्लामा आचारसंहिता अनुगमनमा थप कडाई गरिने भएको छ ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बाँके जिल्लामा साँझ १० बजेपछी सुरक्षाकर्मीहरु परिचालित गरेर ठाउँ- ठाउँमा चेकजाँच तथा अगुगमन गर्ने गरी जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम ब्यवस्थापन गरिएकाे छ ।
बाँकेको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका जिल्ला अदालत बाँकेका न्यायाधिश धन सिंह महराको संयोजकत्वमा रहेको बाँके जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले उम्मेदवारहरुको निर्वाचन प्रचारको संघारमा थप कडाईका साथ अनुगमन गरि अन द स्पट एक्सनमा जाने निर्णय गरिसकेको छ।
बाँके जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिमा सह-संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्री र सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख षडानन्द अधिकारी रहनुभएको छ।
बाँकेमा निर्वाचन आचार संहिता उलघंनका उजुरी तथा गुनासा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर २ बाट आएको निर्वाचन आचारसंहिता अनुगमन समितिका सदस्य षडानन्द अधिकारीले बताउनु भयो ।
अधिकारीले बाँकेमा हाल सम्म प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार इरफान शेष, दिवाकर खनाल, जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई केन्द्र सम्मको रिपोटिङग र लिखित तथा मौखिक इस्पष्टिकरण सोधेर आचारसंहिता उलघंन रोक्न कडाईका साथ प्रस्तुत भएको बताउनु भयो ।
स्पष्टीकरण पछी उम्मेदवरले आचारसंहिता विपरित ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दा बढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाउन लगाएको अधिकारीले बताउनु भयो ।
त्यसैगरी नेपालगञ्ज उप-महानगरपालिका वडा नं २० का वडा अध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको थियो ।
वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्नेगरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घनमा जथाभावी ब्यानर बोर्ड प्रयोग विषयमा विभिन्न ४ वटा दल, २ जना स्वतन्त्र उम्मेदवार, १ जना गैर-सरकारी संस्था र २० नं वडाका वडा अध्यक्ष लगायतबाट आचारसंहिता पालना गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी जसपाको तर्फबाट बाँके क्षेत्र नम्बर २ मा निर्वाचन प्रचार सामग्री र प्रचार कार्यालय बढी राखेकोमा २ वटा छुट्टा छुट्टै स्पष्टीकरण सोधिएको थियो ।
आचारसंहिता उल्लङ्घनमा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलाई समेत फेसबुकमा लेखेको बिषयमा सचेत गराइएको र मतदातालाई प्रभाव पार्नेगरी काम नगर्न आग्रह र चेतावनी दिएको अनुगमन समितिका सदस्य षडानन्द अधिकारीले वताउनुभएको छ ।

हाम्रो संरचना । २८ कार्तिक २०७९, सोमबार १८:०६