नेपालगञ्ज बम बिष्फोटका २ जना घाईते नै प्रहरीले रिहा गरेका ब्यक्ति (विवरण सहित)

नेपालगञ्ज ३० कार्तिक/ निर्बाचन: २०७९ को पूर्व सन्ध्यामा नेपालगञ्जको वडानम्बर १० भृकुटीनगर स्थित श्रीकला मल्लको घरमा भाडामा बस्ने बिद्यार्थीको कोठामा बम बिष्फोट हुदा २ जना घाईते हुनुभएको छ ।

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदकाे निर्बाचनको क्रममा बुधबार सांझ नेपालगञ्जको भृकुटीनगरमा रहेको श्रीकला मल्लको २ तला घरको तल्लो तलाको कोठामा भाडामा बस्ने सल्यान थारमारे बागचौर वडानम्बर २ का नेकपा बिप्लवका युवा बिद्यार्थी नेता भनिएका डिल्ली बहादुर डिसीले भाडामा लिनु भएको कोठाम प्रेसर कुकर बम बिष्फोट भएको छ ।

बुधबार सांझ करिब ७ बजे कोठमा एक्कासी बम बिष्फोट भए लगत्तै कोठा भाडा लिनुभएका डिल्ली बहादुर डिसी, र  बिष्फोट अघि मात्र कोठमा आएका थप ३ जना गरि कोठमा ४ जना रहेको अवस्थामा डिसी सहित २ जना घाईते अवस्थामा बांके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अन्यमा अर्का धर्मराज सुनार भन्ने नियन्त्रणमा लिएर अस्पतालमा उपचार गरिरहेको र बांके प्रहरीले घटनाको अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत डिसीको बुधबार मात्र आउनु भएका थप ३ जना सहित ४ जना कोठमा प्रेसर कुकर बम निर्माण गरिरहेको अवस्थामा उक्त बम बिष्फोट भएको आशंका बांके प्रहरीले जनाएको छ ।

नेकपा बिप्लवका नेताहरुले बांकेमा केही समय पहिल्य देखि निर्बाचन बहिष्कार जन्य घटना घटाईरहेको अवस्थामा बुधबार सांझ भृकुटीनगरमा निर्बाचनको पूर्व सन्ध्मा उक्त घटना क्लाइमेक्समा देखापरेको छ ।

नेपालगञ्जको भृकुटीनगरमा कुकर बम विष्फोट घटनामा घाईते भएका २ जना नै केही दिन अघि मात्र बाँके इप्रका भोजभगवानले मिलोमतोमा रिहा गरेको आशंका गरिएको थियो ।

ति ब्यक्तीहरुलाई बाँकेको राप्ती सोनारी गाउँपालिका बडानम्बर ६ कुन्ना गाउँको चौकमा रहेको सडक पुलको भित्तामा मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरौं जस्ता निर्वाचन बिरोधी नारा लेखिरहेको अवस्थामा यहि कार्तिक ७ गते दिनको ४ बजे अस्थायी प्रहरी चौकी फत्तेपुरले नेकपा बिप्लवका जिल्ला कमिटि सदस्य धर्मराज बडुवाल र अखिल क्रान्तीकारी जिल्ला अध्यक्ष डिल्ली डिसीलाई पक्राउ गरी थप अनुसन्धान र तहकिकातका लागि इलाका प्रहरी कार्यालय भोजभगवानपुरलाई बुझाएको थियो ।

पछिल्लो पटक घुसखोरी र लार्ज स्केलको नेपाल- भारत सिमा क्षेत्रमा तस्करी गराउने आरोपलाई बेवास्ता गर्दै आएको भोजभगवानपुर इप्रकाले पक्राउ परेका २ जनालाई सोही दिन साँझ रिहाई गरिदिएको थियो ।

रिहा लगत्तै पुन निर्वाचन बिरोधी गतिविधिमा संलग्न धर्मराज र डिल्ली नेपालगञ्ज भृकुटी नगरमा आफुहरु भाडामा बस्ने गरेको कोठामा बुधवार साँझ कुकर बम बिस्फोटमा परी घाइते भएका हुन ।

बांकेमा नेकपा बिप्लव र नेकपा बहुमतको नामबाट बाँकेका करिब आधा दर्जन ठाउँमा निर्वाचन विरोधी गतिविधी हुदै आएको थियो ।

यस अघि कहां के के घटना घटाएका छन सम्पूण बिवरणहरु निम्न बमोजिम रहेका छन ।