असफल प्रेम कथा: सुधनले मगनी तोडदा पुष्पाको दुखान्त अन्त्य

नेपाल लगायत बिश्वभर नै लैगिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान जारिरहेकै समयमा काठमाण्डौं धुम्बराहीमा ३७ बर्षिय पुष्पा न्यौपानेको आत्मदाह गर्नुपर्ने घटनाका कारण दुखान्त मृत्यू भएको छ ।

तस्बिर: पुष्पा न्यौपानेको

नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । तर, जीवनमा आइलागेको उल्झनले पुष्पा आफैंलाई आगो लगाएर आत्मदाह गरेकी छन् ।

२२ मंसिर, काठमाडौं / व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो ।

तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छन् ।
आइतबार साँझ ७ बजेतिर धुम्बराही स्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा निधन भएको छ ।

घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा भेटिएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भएको छ ।

पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेको स्थान तीनै सुधन संग्रौलाको घर अगाडि हो, जोसँग उनले गरेको मगनी शनिबार मात्रै टुटेको थियो ।

न्यौपानेको परिवारले सुधनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ ।

जाहेरीको आधारमा प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी बताउँछन् । यद्यपि अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ भने सुधनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

पुष्पा मगनीको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

सुधन र पुष्पाको तस्बिर

जब इन्गेजमेन्ट टुट्यो

सानै उमेरमा व्यवसायिक सफलतातिर लम्किँदै गरेकी न्यौपाने कसरी आफैंलाई जलाउने अवस्थामा पुगिन् रु यो थाहा पाउन २०७८ माघतिर फर्किनुपर्छ, जहिलेबाट पुष्पा धुम्बाराही घर भएका व्यवसायी सुधनसँग नजिकिन थालिन् ।

चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर विक्री वितरणको काम गरिरहेका सुधनको केल्मी नेपालको दरबारमार्ग स्थित शोरुम जाँदा पुष्पासँग चिनजान भएको थियो । नियमित जसो शोरुममा जाने क्रममा निकटता बढ्यो । फेसबुकमा साथी हुँदै आपसमा फोन नम्बर साटासाट भयो ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृतककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा मगनी गरेका थियौं ।’

त्यसपछि सुधन, पुष्पाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुधनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु मगनी भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।

पुष्पा मगनीको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अहिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’

दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् । साथीहरुसँग भने उनले सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुधनमाथि शंका गर्न थालिन् ।

मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो । कात्तिकतिर दुईबीच विवाद झन् बढेको पाइएको प्रहरी वृत्त, महाराजगञ्जका अनुसन्धान अधिकृतहरु बताउँछन् । त्यही कारण बिहेको मिति पनि तय हुन सकेको थिएन ।

शनिबार सुधनका बुबाआमा बुद्धनगरस्थित पुष्पाको घरमा आएर इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गरे । उत्तम भन्छन्, ‘त्यतिबेला सुधनले अब मिल्न सक्दैनौं भन्नुभयो । त्यसपछि सम्बन्ध टुट्यो ।’

त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए । सुधनका बुबाआमाले भने ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिए । सुधनले थप केही बताएनन् । बरु सहजै जवाफ फर्काए, ‘पुष्पालाई नै थाहा छ ।’

पुष्पा भने केही भन्नसक्ने अवस्थामा थिइनन् । ‘उनले नभनेकी हुन् कि के हो थाहा भएन । तर यही कारण हो भनेर उनले बताउन सकेकी थिइनन्’, उत्तम भन्छन् ।

जब कपडा लिन हिँडेकी पुष्पा धुम्बाराही पुगिन्

आउने शनिबार पुष्पाको दिदीको इन्गेजमेन्ट हुँदै थियो । त्यसका लागि ‘ब्लाउज’ सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् । फेरि कतिबेला निस्किइन्, परिवारका सदस्यहरुलाई राम्रो याद छैन ।

एक्कासी साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको खबर आयो । पुष्पाको बुबा पुरुषोत्तम न्यौपानेलाई आएको फोनमा सुधनका बुबाले ‘पुष्पा जस्तै देखिने केटी जलिरहेको’ भन्दै बोलाइएको थियो ।

न्यौपानेले जो भए पनि तत्काल अस्पताल लगिदिन आग्रह गरेका थिए । ‘प्रहरी आउँछ, छुनु हुँदैन’ भन्ने जवाफ पाएको उत्तम बताउँछन् ।

‘तत्काल उद्दार गरेर अस्पताल लगेको भए पनि अर्कै परिस्थिति हुनसक्थ्यो’, उनी भन्छन्, ‘प्रहरी अस्पताल पुर्‍याउँदा शरीर पूर्णतः जलिसकेको थियो ।’

प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ । आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

‘पेट्रोल कहाँबाट ल्याइएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्नुहुन्छ  ।

प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट ९सीसी० क्यामराका फुटेजहरु संकलन गरिरहेको छ । प्रारम्भिक जाँचबुझमा उनले आफैंले पेट्रोल खन्याएको देखिएको अनुसन्धान अधिकृतहरु बताउनुभएको छ । अनुसन्धान संलग्न एक अधिकृत भन्नुहुन्छ:‘दुरुत्साहनको कसूरमा जाहेरी आएको छ, गम्भीरतापूर्वक छानबिन भइरहेको छ ।’

पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुधन र बुबाआमा पनि घरभित्रै थिए । तर, समयमै अस्पताल लैजान उनीहरुले तादरुकता नदेखाएको भन्दै पुष्पाको परिवार आक्रोशित छ । बरु प्रहरीले अस्पताल लगेपछि चाहिँ सुधनका दाइ र बुबा पनि पछिपछि अस्पताल पुगेका थिए ।

चिनिया युवतीसँग प्रेम सम्बन्धमा रहेको शंका

पुष्पाको मृत्युपछि न्यौपाने परिवार शोकमा छ । तर उनीहरुलाई छोरीलाई आत्मदाह नै गर्नुपर्ने स्थितिमा पुर्‍याउने गरी के कारणले सम्बन्ध टुट्यो भन्ने प्रश्नले पनि घेरिरहेको छ । त्यसैले शोकमा पनि परिवारका सदस्यहरुले उनका साथीहरुसँग सोधेर दुई जनाको सम्बन्धबारे जानकारी लिने प्रयास गरिरहेका छन् ।

परिवारका एक सदस्यले उनका साथीलाई उदृत गर्दै बताएअनुसार सुधन चीनमा रहँदा त्यहीँकी एक युवतीसँग सम्बन्धमा थिए । कोरोना महामारीपछि नेपाल फर्किएका सुधन ती युवतीसँग अलग भइसकेका थिए । बरु नेपालमा फेरि पुष्पासँग सम्बन्ध गाँसिसकेका थिए ।

लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुधनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ । ‘यसबारे पुष्पाले थाहा पाएपछि दुईबीच मनमुटाव हुन थालेको हो’, पुष्पाका नजिकका साथीहरुलाई उदृत गर्दै परिवारका सदस्य भन्छन्, ‘उनले एकपटक दुईजनाको फोटो नै भेटेकी रैछिन् ।’

मगनीमा फोटो हाल्न नदिनुको कारण पनि यही भएको परिवारको आशंका छ । ‘प्रहरीलाई सामाजिक सञ्जालदेखि लिएर फोनको सबै विवरण अनुसन्धान गर्न भनेका छौं’, पुष्पाका काका उत्तमले भन्नुभएको छ ।

अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गरिरहनुभएका पत्रकार गौरव पोखरेलले तयार पारेको रिपोर्ट साभार गरिएको हो ।