सन्दर्भ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः मानव अधिकार संरक्षणमा अदालत प्रतिवद्ध छ:– बागचन्द

नेपालगञ्ज २४ मंसिर/  उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन बोल्दै न्यायाधीश बागचन्दले प्रमाण र पीडितका दर्द हेरेर महत्वका साथ नागरिको मानव अधिकार संरक्षणका लागी अदालत प्रतिवद्ध रहेको बताउाु भएको छ ।

सरोकारवाला निकायहरुले आ आफ्नो ठाउँबाट मानव अधिकार संरक्षणका लागी बेस्ट परफरमेन्स देखाउन सकेमा मानव अधिकार संरक्षण हुने भन्दै न्यायाधीश वागचन्दले सबैले पीडितको ठाउँमा आफुलाई राखेर कार्य गर्नु पर्नेमा जोड दिनुभएको छ ।

मानव अधिकारको क्षेत्रमा नागरिकहरुको चेतनाको स्तरमा अझै बृद्धि हुनु पर्ने भन्दै न्यायाधीश बागचन्दले मानिसले मानिसलाई मानिसको दर्जा नदिने कुराको अव अन्त्य हुनु पर्ने बताउनु भयो । मानव अधिकारलाई जाती, लिंगका आधारमा छुट्याएर हेर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने कुरामा जोड दिदै न्यायाधीश बागचन्दले मानवले सम्मानपुर्वक बाच्न पाउने अवस्थाको यात्रामा सबै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, जिल्ला प्रशासन कार्यालय बाँकेका निमिक्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, वरिष्ठ अधिवक्ता बिजय कुमार गुप्ता, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष टिकाजंग सिंह, महिला बालबालिका तथा जुष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका प्रहरी निरिक्षक महेश्वरी बिष्, एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतम, महिला कानून र बिकाश मञ्चका वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, फियान नेपालका नेपालगञ्ज प्रमुख सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, फेडोका अध्यक्ष निर्मला सुनार, म्याग्नामिटका प्रतिनिधि एवं सिद्धीटपका सतिश पाठक लगायतका वक्ताले मानव अधिकार दिवसको महत्वमाथी प्रकाश पार्दै सबै नागरिककोे सबै प्रकारका मानव अधिकारको संरक्षण हुनु पर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका कार्यालय प्रमुख द्धारिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको उदेश्य माथी इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको ७४ बर्षसम्म पनि घोषणापत्रमा उल्लेखित मानव अधिकार सवालहरु उत्तिकै सान्दर्भिक रहेको बताउदै यसको संरक्षण र सम्बद्र्धनमा सबैले आ¥आफ्नो तर्फबाट लाग्नु पर्नेमा आफनो तर्क प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधीवक्ता दामोदर गौतम, नेपाली सेना बज्रदल गणका सेनानी प्रबिन थापा, स–सेनानी बिकाश गौतम, सशस्त्र प्रहरी वल वागेश्वरी गणका शसस्त्रप्रहरीनिरिक्षक हरि पराजुली, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक भिम बहादुर कार्की, लगायत बिभिन्न सरकारी र गैर सरकारी निकायमा आवद्ध प्रमुख तथा प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघले सन् १९५० मा मानवअधिकार दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता १० डिसेम्बरमा यो दिवस मनाइँदै आएको छ ।

भजनराम मानव अधिकार पुरस्कारबाट सिद्धिकी सम्मानित

यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाँकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित हुनुभएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि डाक्टर रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार २५ हजार नगद रूपियाँ पुरस्कार , सम्मानपत्र र दोसल्लाका साथमा सम्मानित गर्नुभएको थियो ।

प्रत्येक २ बर्षमा प्रदान गरिने भजनराम मानव अधिकार पुरस्कारका लागी वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठको संयोजकत्वमा पुरस्कार छनौट सिफारिस समितिले गरेको सिफारिस अनुसार भजनराम स्मृति अक्षय कोषले भजनराम मानव अधिकार पुरस्कार दिने निर्णय गरेको भजनराम स्मृति अक्षय कोषका अध्यक्ष अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभएको छ ।

साबिकको मध्य पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई भजनराम स्मृति अक्षय कोषले मानव अधिकार पुरस्कार दिदै आएको छ ।