नेपालगञ्ज २६ मंसिर/ जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिनुभएको छ ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह बिरामी लिन जाने क्रममा जिप दुर्घटनामा परेको र जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । उक्त दुर्घटनमा घाइते १ जनालाई उपचारका लागि बीरेन्द्रनगर सुर्खेत पठाइएको छ ।
दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ ।
जिप दुर्घटनामा ज्यान गुमाउनेहरू अन्य ब्यक्तीहरु
- मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख
- वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख
- अम्बर बहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख
- वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट
- जयकुडा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
- नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
- रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
- दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
- देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
- अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
- निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
हाम्रो संरचना । २६ मंसिर २०७९, सोमबार १९:२१