कोहलपुरको कनोडिया पेट्रोल पम्प काण्ड: महिला कर्मचारीलाई लुङ्गी डान्स नचाउने र कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की

 

बांकेको कोहलपुर–चप्परगौढीमा कनोडिया अटो मोबाइल्स नामबाट सञ्चालित पेट्रोल पम्पको मेशिनमा चिप्स जडान गरि ठगी गएको समयमा नायपतौल तथा गुणस्तर कार्यालयबाट चेक जांच गर्ने क्रमको भिडियो क्लिप्स ।

नेपालगञ्ज २७ मंसिर/  कनोडिया अटो मोबाइल्स नामबाट बांकेको कोहलपुर–चप्परगौढी र गाभरमा पेट्रोल पम्प ब्यबसाय गर्दै आउनु भएका संजय कनोडियाले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागको नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय प्रमुख कमल ओझाको मोबाईलमा एसएमएस मार्फत अशलिल शब्द प्रयोग गदै ज्यान मार्ने धम्की दिनुभएको छ ।

हेर्नुहोस ! एसएमएस संजयले गुणस्तर तथा नापतौल कार्यालयका प्रमुखलाई गरेको एसएमएस ….

संजय कनोडियाले त्यहां कार्यरत सहायक निरिक्षक अजिता घिमिरे महिला कर्मचारीलाई पनि अपशब्द प्रयोग गदै लुङ्गी डान्स नचाउने धम्की दिइएको छ ।

हेर्नुहोस गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय बांकेमा दिएको उजुरी पत्र ।

बांके कोहलपुरको चप्परगौढी र गाभरमा कनोडिया अटो मोबाइल्स नामबाट सञ्चालित पेट्रोल पम्पहरुबाट प्रेट्रोलियम पदार्थ लिदा त्यस क्षेत्रका उपभोक्ताहरु लगातार ठगीने गरेको उपभोक्ताहरुको बारम्बार लिखित तथा अलिखित गुनासा तथा उजुरीहहरु इप्रका कोहलपुर र कार्यालयमा आएपछी चेकजांच गरी सम्वन्धीत कार्यालय नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयले लामो अनुसन्धान, आवश्यक सबुत प्रमाण सहित सरकारी वकील मार्फत कानुनी कार्बाही प्रक्रिया अगाढी बढाउने क्रममा तुल्सीपुर उच्च अदालत नेपालगञ्ज इजलासमा पु–याइएकोमा उक्त कनोडियाको पेट्रोल पम्पलाई उच्च अदालतले यहि २०७९ साल मंसिर ६ गते फैसला गदै कनोडियाको पेट्रोल पम्पलाई कुनै किसिमको रोक नलगाउनु भनी प्रमादेश जारी गरिएको फैसला पत्रमा भनिएको छ ।

हेर्नुहोस अदालतको पत्रको छायांकपी

बांके कोहलपुरको चप्परगौढी र गाभरमा कनोडिया अटो मोबाइल्स नामबाट सञ्चालित पेट्रोल पम्पहरुबाट प्रेट्रोलियम पदार्थ लिदा त्यस क्षेत्रका उपभोक्ताहरु लगातार ठगीने गरेको गुनासो र उजुरीको आधारमा नेपाल प्रहरी, प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको टिम समेत हैरान भईसकेको घटनाक्रममले देखाएको छ ।

कार्बाही प्रक्रिया अगाढी बढाउदै जांदा उच्च अदालतको उच्च न्यायाधिशको इजलासबाट समेतको त्यस्तो बारम्बार ठगी प्रकरणमा अनी प्रमाणहरु प्रत्यक्ष दर्शी, बयान, घटनाको लाइभ भिडियो क्लिप्स समेत पेश गरिएकोमा  केसमा समेत यस्तो फैसला गरिएको छ ।

यस अघिका उक्त पेट्रोल पम्मले ठगी गरेको घटना हामीले यस अघि नै एउटा खोजमुलक समाचार उल्लेख गरिसकेका छौ जुन तलको लिंकमा पाउन सकिन्छ ।

 

सफाइ पाउदै जनता ठग्दै ! कोहलपुर चप्परगौडी स्थित कनोडिया पम्पको ठगी धन्दामा अदालतले पनि ब्रेक लगाउन सकेन