नेपालगञ्ज भन्सारले लक्ष्य भन्दा झण्डै आधा राजश्व उठाउनको कारणहरु

 

नेपालगञ्ज ६ पुष/ नेपालगञ्ज भन्सार कार्यालयले गएको मंसिर महिनामा पनि लक्ष्य अनुसारको भन्सार राजश्व असुली गर्नसकेको छैन । यो आर्थिक बर्ष २०७९/०८० सुरु भए देखी नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन ।

गत आर्थिक बर्षहरुको तुलनामा यो आर्थिक बर्षमा प्रतिशतका हिसाबले सबै भन्दा कम राजश्व उठने बर्ष हुने सम्भावना हालका तथ्यांकले देखाएको छ ।

यो आर्थिक बर्ष २०७९/०८० को  भन्सार असुली रेकर्ड तथ्यांक यस्तो छ :- 

क्रसं   महिना    लक्ष्य रु.            असुली           असुली प्रतिशत   गत बर्ष भन्दा कम %    गत बर्ष उठेको

१       श्रावन        १७८८५५५०००   १३५४८३३०००   ७५.७६         – ३२.८४                          २०१७३६९०००
२        भाद्र         २२३३६१३०००   १४३४९१२०००    ६४.२५         –२२.८४                           १६४६५७१०००
३       आश्विन    २३४१८१४०००    १२८५०५७०००   ५४.८८         –३६.९२                           २०३७२४६०००
४       कार्तिक     २३९८२०७०००    १५४५६५२०००   ६४.४६         –२०.३८                            १९४१२७२०००
५      मंसिर        २४९५००९०००    १३७७४६००००    ५५.२१         –३४.८०                           २११२५६१०००

किन राजश्व कम उठयो ?

  • बांकेमा यो आर्थिक बर्षमा संस्थागगत रुपमा भन्सार छलीका घटना बढेर गएका छन ।
  • मिलेमतोमा भन्सार छलेर ल्याईएका समान टान्सपोर्ट मार्फत सम्वन्धीत ठाउंमा लिने गरिएको बिभिन्न घटनाक्रमले उदांगो पारिसकेको सार्वजनिक भईसकेका छन ।
  • मिलेमतोमा संस्थागत तस्करीका समान नेपालमा ल्याएर घाटगददी गरेर बिभिन्न पसलको नाममा भ्याट बिल काटेर टान्सपोर्ट मार्फत पहाडी जिल्लामा पु–याउने काम जिम्मेवार निकायका कर्मचारीहरुको गैजिम्मेवारी कदम बढेर गएको अवस्था रहेको छ ।
  • भन्सारमा प्रमुख नै अस्थिर अर्थात फेरिरहने प्रबृती र जिल्लामा एक आपसमा समन्वयको अभाव, सबै निकायको आ–आफनै दम्भ गै–जिम्मेवारी पन बढेर गएको अवस्था ।
  • नेपाली उपभोक्ताका लागी आवश्य बस्तु तथा समान प्रसस्तै पाउनु र भन्सार नउठनुमा सम्वन्धीत पक्षको प्रक्रियागत मिलेमतोको प्रसस्त आशंका ।
  • भन्सार छलीका घटनाका ब्यक्तीलाई कडा कार्बाही नगरी समान जफत गरि मिलेमतोमा छाडने छोडाउने कार्य बढनु ।
  • केही हद सम्म कृर्तिम आर्थिक तरलताको अभाव देखाएर निश्चित पुंजीपतीले खोलेका बैंकहरुले आफुले मनले चाहने अर्थात मिलेमतोमा लगानी गर्ने परिपार्टीको बिकास हुनु । आदी लगायतका कारण नेपालगञ्ज भन्सारमा लक्ष्य अनुसारका भन्सार महसुल नउठनुको कारण देखिएका छन ।

समाचार पुराना भए पनि यस्तै कारण दोहरिएकोले राजश्व कम उठने गरेको छ :-

नेपालगञ्जमा बढ्दै राजस्व छली

नेपालगञ्ज भन्सार र प्रहरी बीच आपसी बिश्वास र समन्वयको अभाव : भेरीका एसएसपी र भन्सार प्रमुख विवादमा :

 

नेपालगञ्ज भन्सार कार्यालयमा कागजात मिलाएर ठुलो मात्रामा तस्करी, कर्मचारी तथा एजेन्टहरुको गिरोहले एउटै प्रज्ञापन पत्र नम्बरबाट पटक-पटक प्रयोग गरेर ठुलो मात्रामा समान भित्रयाएको प्रमाणित,थप २ कर्मचारी छानबीनमा

 नेपालगञ्ज भन्सार कार्यालयबाट छुटनै लागेका ५ ट्रक गुणस्तरहिन चामल पक्राउ,कोहलपुरमा पक्राउ परेको मोलमोलाईमा छुटयो,नेपालगञ्ज भन्सार कार्यालमा ४ ट्रक शसस्त्रको कडा निगरानीमा

 

नेपालगञ्ज भन्सार कार्यालयमा कागजात मिलाएर ठुलो मात्रामा तस्करी, कर्मचारी तथा एजेन्टहरुको गिरोहले एउटै प्रज्ञापन पत्र नम्बरबाट पटक-पटक प्रयोग गरेर ठुलो मात्रामा समान भित्रयाएको प्रमाणित,थप २ कर्मचारी छानबीनमा

नेपालगञ्ज भन्सारमा नक्कली प्रज्ञापन काण्ड: अर्थ मन्त्रालय, भन्सार र राजश्व बिभागबाट सुक्ष्म छानबीन जारी, केही कर्मचारी र समान बोक्ने ट्रक नियन्त्रणमा, केही अभियुक्त ब्यक्तीहरु फरार