अपराध नियन्त्रण तथा सुशासनका लागी बांकेमा प्रहरी र प्रशासनले ध्यान दिनुपर्ने कामहरु………..

 

नेपालगञ्ज १३ पुष /  बांकेमा लामो समय पछी जनपद प्रहरी तर्फको नेतृत्व परिवर्तन गरिएको छ । बांकेमा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले पुष्ष १२ गतेबाट बांके प्रहरीको जिम्मेवारी सम्हाल्नु भएको छ ।
बांके जिल्लामा पछील्लो केही समय यता संगठित-मिलेमतोमा सुनियोजितरुपमा बिभिन्न किसिमका अपराधहरु गर्ने र ति अपराधीहरु नेपालगञ्ज र यस वरपर बस्ने सामान्य बन्दै गएको अवस्थामा बांकेमा फेरिएको प्रहरी संगठन प्रमुखले यी यस्तै घटनालाई आधार मानेर बांके प्रहरी र प्रशासनले गर्नै पर्ने बिषयहरु बुदागत रुपमा तल उल्लेख गरिएको छ ।

 

बांकेमा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरकमाण्ड सम्हाल्नु अघि मातहत इन्चार्जहरुलाई निर्देशन भनाई राख्दै ।

 

जिल्ला प्रहरी कार्यालय बांकेका ततकालका प्रथामिकताका आधारमा गर्नुपर्ने कामहरु……..

  • बांके जिल्लामा भारतसंग जोडिएको अन्तराष्ट्रिय सिमा क्षेबाट संगठितरुपमा भन्सार छली तथा तस्करी बृद्धिभई नेपालगञ्ज भन्सार कार्यालयले यस बर्ष लक्ष्यको करिब आधा मात्र भन्सार राजश्व उठाउदै आएको अवस्थामा बांके प्रहरीले भन्सार महसुल बृद्धिमा जोड दिनु पर्नेछ ।

  • केही महिना यताको घटना अध्ययनको आधारमा बांकेको अन्तराष्ट्रिय सिमा क्षेत्रबाट बहुमुल्य नेपाली तथा भारतिय रुपैया र सुनको तस्करी, हुण्डी कारोबार, युरेनियम, रक्तचन्दनको तेल, बन्यजन्तुका बहुमुल्य अंगहरु, बिभिन्न किसिमका लागुऔषधहरु, बहुमुल्य जडिबुटीहरु फितलो प्रशासनका कारण तस्करी बढेको अवस्थामा नियन्ण गर्न बांके प्रहरी तम–तयार हुनुपर्दछ ।

  • राप्ती नदि तथा मानखोलाबाट गैर कानुनी रुपमा मिलेमतोमा नदिजन्य तथा बन्यजन्य पदार्थहरुको तस्करी भईरहेकोमा नियन्त्रण गर्न जरुरी रहेको छ ।

  • बांकेमा गैरकानुनी क्रसहरु मिलेमतोमा सञ्चालन भएको देखिएकोले ततकाल बन्द गर्न गरि तिनिहरुलाई नियमन गर्न जरुरी रहेको छ ।

  • काठमाण्डौंमा रहेका केही कम्पनीहरुले प्रर्यटन प्रवर्धनका नाममा चार तारे होटेल र अन्तराष्ट्रिय सिमा क्षेत्रबाट ५ किमी टाढा नियम संगत रुपमा स्किृत लिएर सञ्चालन गर्न सकिने क्यासिनोको नाममा मिलेमतोमा नेपालगञ्जमा जुवा अडडा सञ्चालन गरेर नेपालगञ्ज नगर एउटा जुवा अडडा र बेश्यालय उन्मुख बनाइएकाले त्यस तर्फ बांके प्रहरीको नयां नेतृत्वले योजना बनायएर नियन्त्रणको लागी ध्यान दिनुपर्दछ ।

  • बांके जिल्लामा सामाजिक मिश्रीत बसोबास रहेको अवस्थामा यसको पूभाव अन्य जिल्लामा समेत पर्ने भएकाले बांके प्रहरी एवम प्रशासनले सामाजिक सदभावलाई प्रवर्धन गर्ने कुरामा सधै ख्याल गरेर अगाढी बढनु पर्दछ ।

  • प्रहरीले हरेक नागरीकलाई छिटो, छरितो, सरल, समान सेवा प्रवाहमा जोड दिदै नेपाल प्रहरीले (प्रहरी मेरो साथी) भन्ने मन्त्रलाई आत्मसाथ गदै हरेक नागरिकलाई आईपर्ने बिभिन्न समस्यामा सर–सहयोगका साथ नियमित कार्य सम्पादनमा प्रहरी संगठनका हरेक कर्मचारीहरु प्रेरित गर्नुपर्ने अवस्था रहेको छ ।

  • अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता आत्मसाथ गर्दै विवेकपूर्ण रुपमा मिडियाकोे पनि सहयोग लिएर कठोर प्रहार गर्नुपर्ने अवस्था रहेको छ ।

  • अपराध अनुसन्धान र तहकिकातमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाण मुखी र त्यसलाई अदालती प्रक्रियामा घटना बिशेषमा हुने अनेकौ घटनालाई निस्तेज पार्न मिडिया मैत्री बन्नु पर्ने बिभिन्न घटनाक्रमले देखाईसकेको छ ।

  • अनुसन्धानमा जोड दिदै सम्पतीको लोभलालचमा मिलेमतोमा सुनियोजित रुपमा गरिएका अपहरण हत्याका घटनामा प्रहरी निष्कर्षमा पुग्नु पर्ने अवस्था रहेको छ ।

  • लागु औषध दुर्व्यसनी तथा ओसार पसार तथा कारोवार नियन्त्रण र न्यूनिकरण र संगठित अपराध तथा गुण्डागर्दी गर्दै अपराध गरेर सिमा वारपार गरेर लुक्ने घटना निरुत्साहित गर्न चुनौतीको सामाना गर्नु पर्दछ ।

  • अदालतका फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ गर्ने कार्यको निरन्तरता दिनुपर्दछ ।

  • मिश्रीत समाजमा सामाजिक रुपमा जडो गाडेको घरेलु तथा लैङ्गिक हिंसा, बालबालिका, जेष्ठ नागरीक तथा असक्त व्यक्ति मैत्री वातावरणको सिर्जना

    प्रहरी संगठनका सदस्यहरुको मनोबल उच्च राखी कार्य क्षमता बिकास लागि समान अवसर र क्षमता अनुसारको जिम्मेवारी दिनुपर्दछ ।

  • समुदाय प्रहरी साझेदारी अभियान कायम राख्दै सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयनमा जोड दिनु पर्दछ ।

  • बांकेमा रहेका बिभिन्न प्रहरी युनिटहरुको आवश्यकता अनुसार भवन निर्माण, मर्मत तर्फ ध्यान दिनु पर्नेछ ।

  • प्रेस स्वतन्त्रता, मानव अधिकारको संरक्षण र प्रवर्धनमा ध्यान दिनुपर्ने भएको छ ।

  • कोरोना भाईरसको भारतमा नयां भेरियनको संक्रमण बढकोले त्यसको रोकथाम, नियन्त्रण र प्रभावकारी व्यवस्थापन

  • बढदो सवारी दुघर्टना र ट्राफिक ब्यवस्थापनलाई बिशेष जोडदिएर बिभिन्न जनचेतनाका अभियानहरु सञ्चालनमा ध्यान दिनुपर्दछ ।

  • कानुन कार्यन्वयनका बिभिन्न निकायले अगाढी सारेको कामहरु नेपालगञ्ज–कोहलपुर सडक अतिक्रमण हटाउने जस्ता कार्यलाई सहयोग गर्नुपर्दछ ।