पोखरामा यती विमान दुर्घटना : ठुलो क्षती आशंका, उद्धार चल्दै (तस्वीरहरू

१ माघ, पोखरा/ आईतबार बिहान काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरा एयरपोर्ट नजिकै दुरंघटनाग्रस्त भएको छ ।

क्याप्टेन कमल केसीको नेतृत्वमा रहेको चालक दलले उडान भरेको उक्त जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागीरहेकाले उद्दार कार्य र आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभएको छ।

विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानियले उद्धार कार्य गरिरहेको पाइएको छ ।

दुर्घटनाम के कती मानवीय क्षती भएको भन्ने बिवरण आधिकारीक प्राप्त भएको छैन तर ठुलो संख्यामा मानविय क्षती भएको आशंका गरिएको छ ।

सम्बन्धित शीर्षक