पोखरामा विमान दुर्घटना: ६७ जनाको शव प्राप्त,२६ जनाको सनाखत, बाँकीको खोजतलास जारी

नेपालगञ्ज २ माघ/ आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको 9NANC ATR 72/500 कल साइन रहेको ATR विमान अवतरण अघि पोखरा बिमानस्थल नजिकै भएको दुर्घटनाको आज सोमबार बिहानैदेखि सुरक्षाकर्मीको संयुक्त टोली उद्धार तथा बेपत्ताको खोजी कार्यमा लागेको छ ।

पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ६७ जनाको शब भेटिएको र त्यस मध्ये २६ जनाको सनाखत भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिनुभएको छ ।

आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु  गरि ७२ जना उक्त बिमानमा यात्रारत रहनुभएको थियो ।

हिजो आईतबार सांझ सम्म ७२ जना मध्य बांकीको शब खोजी गर्न सोमबार बिहानैबाट दुर्घटना स्थलमा नेपाली सेना शसस्त्र प्रहरी र जनपद प्र्रहरी परिचालित रहेको अवस्था छ ।

उक्त घटनापछी नेपाल सरकारले सोमबार १ दिन शोक बिदा दिएको छ ।

घटनामा परेको यती एयरलाइन्सले सोमबार हुने सबै उडान रद्द गरेको जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडान बाहेक सबै नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ ।

नेपाल सरकारद्वारा आज शोक घोषणा

 

 

२ जना पत्रकारको मृत्यु महासंघ शोकमा ( विज्ञप्ती)