बाँकेको डुडुवाका सिनियर अहेब सिताराम चौधरीमाथी मुद्धा दायर

नेपालगञ्ज १८ माघ/ बाँके जिल्लाको डुडुवा गाउँकार्यपालिकामा सिनियर अहेब छैठौ पदमा कार्यरत सिताराम चौधरीले संचालनमा नै नरहेको फार्मेसी संचालनमा रहेको भनी अनाधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले भ्रष्छाचारजन्य कार्य गरेको गत आरोपमा मुद्धा दायर गरेको छ ।

औषधी सप्लाईमा झुटा बिल भर्रपाई बमोजिमकै औषधि उपलब्ध नगराई बिल मात्र उपलब्ध गराई निज सिताराम चौधरीले प्रतिवादीहरु जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर र तत्कालीन स्टोरकिपर गोविन्द खनालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय ङ बमोजिमको कसूरमा दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा सिताराम चौधरीउपर मुख्य प्रतिवादीहरु अंगद बहादुर र गोविन्द खनाललाई सजायका लागी मागदावी लिई बिषेश अदालत, काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । अख्तियारले आरोप पत्रमा बिशेष अदालतमा मुद्धा दायर गरेका ब्यक्ती सोतह निलम्बनमा पर्ने भ्रष्टाचार निवार ऐनमा  ब्यवस्था रहेको छ ।