बिमानस्थलबाट ९.१३५ केजी सुन सहित मोहम्द कमल पक्राउ

Profile: Gold

नेपालगञ्ज १९ माघ/ दुबईबाट बुधबार राती नेपाल आएको जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति त्रिभुवन विमानस्थलबाट ९ केजी १३५ ग्राम अवैध सुन सहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर १ केजी भन्दा बढी तौलका ८ ववटा सुनका बिस्कुट ल्याएका थिए । उहांको साथबाट बरामद गरिएको नीलो कलरको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको र आवश्यक अनुसन्धानको लागी प्रहरी नियन्णमा रहेका छन ।

नेपालमा सुन तेस्रो मुलुकबाट आयात गरेर नेपालका नेपालगञ्जज लगायत तराईका बिभिन्न जिल्लाबाट भारत तर्फ लैजाने गरिएको छ । नेपाललाई ट्रान्जिट बनाएर भारत तर्फ सुन लैजाने क्रममा यसअघि १९ केजी सुन सहित गत महिना २ जना सुडानी नागरिक पक्राउ परेका थिए ।