नेपालगञ्जको होटेल कल्पत्रुमा रहेको क्यासिनो बाहिरबाट ५ लाख ६९ हजार नक्कली रुपैया सहित ३ जना पक्राउ

नेपालगञ्ज ३ फागुन/  नेपालगञ्जको न्यूरोड स्थित होटेल कल्पत्रुमा रहेको क्यासिनो बाहिर रहेको एक चिया तथा नास्ता पसलमा बसेका ३ जना ब्यक्तिहरुबाट मंगलबार सांझ नेपाल प्रहरी ५ लाख ६९ हजार नक्कली नेपाली रुपैया सहित पक्राउ गरेको छ ।

नेपाल प्रहरी लुम्बिनी प्रदेश अन्तरगतको क्राइम इन्भेष्टीगेसन ब्यूरो (सिआईबी)को टिमले बिशेष सुचनालाई फलो गर्नेक्रममा मंगलबार नेपालगञ्जको न्यूरोडको कल्पत्रु होटेल बाहिर चिया पसलमा कसैलाई नोट दिन पर्खिरहेको समयमा उक्त नक्कली नोट सहित ३ जना  नेपाल प्रहरीको फन्दामा परेका हुन ।

नेपाली रुपैया १ हजारका नक्कली नोटहरु बजार हुदै केही बैक तथा सहकारी बित्तिय संस्थाहरुमा समेत पुग्ने क्रममा केही बैक तथा बित्तीय संस्थाहरुको समेत सूचनालाई आधार मानेर नेपाल प्रहरीको बिशेष टोलीले सूक्ष्मरुपमा अनुसन्धान गरिरहेको थियो ।

नक्कली नोट सहित पक्राउ पर्नेहरुमा बांके कोहलपुरका ३३ बर्षिय मोहन कुमाई, अछाम तुर्माखांद गाउंपालिका वडानम्बर ३ का ३७ बर्षिय दीपक बिसी र सल्यान बनगाडकुपिण्डे नगरपालिक वाडनम्बर ५ का ३० बर्षिय मोहन राना रहेको बांकेका प्रहरी प्रवक्ता राम प्रशाद घर्तिले बताउनुभएको छ ।

पक्राउ परेका ब्यक्तीहरुबाट स्वर्गद्धवारी होटेल, बुटवल गेष्टहाउसको भिजिटिंग कार्ड ४ थान मोबाईल र एउटा बाइक समेत प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिहरको छ ।

पक्राउ परेका ति नक्कली नोट हुबहु भएपनि त्यसमा रहेका सुरक्ष्षण बापतका चिन्ह र केही नोटमा नम्बर समेत एकै भएको र सक्कली भन्दा हल्का मोटो अर्थात छाम्दा हल्का बाक्लो रहेको पाइएको छ ।

नोटहरुको बिषयमा निस्कासन अघि र निस्काशन पछी राष्ट्र ब्रकले नोटको पहिचानका बिषयमा पहिल्य पत्रकारहरुलाई अनुशिक्षण चलाउने गरेको थियो ।

लुम्बिनी प्रदेशको प्रमुखमा डिआइजी टेक प्रशाद राईले नेतृृव्व सम्हालेपछी सिआईबीको टिममा हेरफेर गरि बांकेमा रुकुमका प्रहरी निरिक्षक नवचन्द्र मल्लको नेतृृत्वमा सिआइबीको नयां टिम फरमेसन गरेर अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा सक्रिय रहेको छ ।

मंगलबार पनि मल्लको नेतृत्वमा रहेको टिमले उक्त नक्कली नोटवालाहरुलाई पछयाने क्रममा भारतमा कम्प्युटरबाट प्रिन्र्टस गरि नेपालमा सप्लाई गर्ने हुनेगरेको र सोहीक्रममा उक्त भारतिय समूहसंग मिलेर नेपालमा नक्कली नोटहरु सप्लाई गर्ने गरेको पक्राउ परेका ब्यक्तीहरुले नेपाल प्रहरी समक्ष प्ररारम्भीक बयान दिएका छन ।

केही दिन देखी अपराध नियन्त्रणमा सक्रिय देखिएको सिआइबी मल्लको टोलीले १ हजार दरका नक्कली नोटहरु नेपालगञ्ज कै केही ठाउंमा कम्प्यूटरमा प्रिन्ट गरेर केही क्यासिनोहरुमा सप्लाई गरी नोटहरु चलाउने योजना बमोजिम उक्त नक्कली नोट नेपालगञ्जको न्यूरोडमा रहेको होटेल कल्पत्रु अगाढी पश्चिम पटटी रहेको नास्ता पसलमा कालो झोलामा नक्कली नोट सहित कसैलाई दिन जस्तो देखिने कुरिरहेको अवस्थामा नेपाल प्रहरीको सिआइबीको टोलीले ति ३ जनालाई पक्राउ गरेको हो ।

नेपालगञ्ज लगायत नेपालमा केही समय यता नेपाली रुपैया चलाउने गिरोह नै सक्रिय रहेको नेपाली नक्कली नोट पक्राउ घटनाले देखाएपछी नेपाल प्रहरीको सिआईबी टोली त्यतर्फ पनि अनुसन्धानमा लागेको देखिएको छ ।