बांकेमा तस्कर, दलाल भर्सेज राज्यका निकायहरु बीच घम्साघम्सी: बांकेमा कस्ले बाजी मार्ला ?

भारतबाट तस्करी गरि नेपालगञ्जमा घाटगददी गरिएको समान स्टोर गरिएको गोदाम । बांके प्रहरीले अन्य निकायको सूचना र दवाबमा छापा मारेर चिनि मल बरामद गरेको थियो ।

नेपालगञ्ज ५ फागुन/  सरकारी जागिर खाने अनि सरकार प्रतिको नुनको सोझो नगर्ने अर्थात ऐन नियम र आफुले प्राप्त गरेको ब्यवसायीक ज्ञान सिप र अनुभव प्रयोग गरेर आफनो जिम्मेवारी इमान्दारिताका साथ पुरा नगर्ने घटना बांकेमा फेरी दोहरिन सक्ने संकेत हालै घटेको एक घटनाले देखाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख देखी बांके जिल्लामा प्रमुख जिल्ला अधिकारी, जनपद प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख देखी सिमा प्रहरी चौकी इन्र्चाजहरुको अदलाबदली भएपनि राजनितिक तथा सामूदायिक सप्रदायिकको नाममा तस्करीको संस्थागत जडो गाडी बसेका तस्करी कार्यमा संलग्न ब्यक्तीहरुलाई बांकेमा स्रक्रमणकाल लागेको अवस्थामा तस्करहरुले उछिन्ने प्रयास गरिरहेको एक घटनाले देखाएको छ ।

भारतबाट तस्करी गरि बांकेको बेतहनी स्थित जयगुरुदेवको घरमा गोदाममा राखिएको गहुं ट्रकमा लोड गरि नेपालगञ्ज तर्फ  ल्याउन लागेको समयमा नेपाल प्रहरीको सिआइबी टोलीले गोदाम मै पुगेर पक्राउ गर्न खोज्दा देबी गुप्ता र जयगुरुदेव नाम परिचित ब्यक्तीहरुको समूहले घटनास्थल पुगेको बांके प्रहरीको मोबाईल टोलीलाई घेरा हालेको र घटनामा बांके प्रहरी नेतृत्व टोलीले थप मदत नपठाएपछी उक्त ठाउंमा राखिएको ३८ टन गहुं मध्य लोड गरिएको गहुको ट्रक अनलोड गरि मोबाईल प्रहरी टोली खाली ट्रक ल्याएर फिर्ता भएको थियो ।

घटनापछी सिआईबीको लगातार निगरानीमा रहेको बांकेको बेतहनी स्थित जयगुरुदेवको उक्त टोलीले घाटददी गरि राखेको गहुं इ–रिक्सामा बोकेर नेपालगञ्जको फुलटेक्रा स्थित एक गोदामा जम्मा गरेर पुन ट्रकमा लोड गरेर बांकेको पार्वतीपुर स्थित बिकास फलोर मिलमा लैजाने क्रममा सिआइबीकै सूचना अनुसार नेपालगञ्ज वडा प्रहरी कार्यालय बांकेले फागुन २ गते गहुं लोड गरिएको ट्रक र रिक्सा पक्राउ गरेको थियो ।

नेपालगञ्ज वडा कार्यालयले पक्राउ गरेको समान जिल्ला हुदै सम्वन्धीत भन्सार र राजश्व कार्यालयमा जानेगरेकोमा यस पटक भने जिल्लाले उक्त घटना नलिएर वडा प्रहरी कार्यालय मार्फत सिधै नेपालगञ्ज भन्सार कार्यालययमा पठाउन लगाएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयमा पनि खान पल्किएका बिभिन्न दलालहरुको राजनितिक पहुंचको आधारमा गहुंको बिल–भर्पाही रहेको जनाउदै छोडन दवाब दिएपछी नेपालगञ्ज भन्सार कार्यालयले पनि उक्त गहुं बुज्न नमानेपछी वडा प्रहरी कार्यालय नेपालगञ्ज बांकेले पक्राउ गरेको १ ट्रक १ रिक्सा गहुं यता र उता गर्दा हैरान परेर बल्ल बल्ल ४ गते कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको छ ।
बांकेको कम्दीमा बेसिजनमा गहुँ खरिद गरेको मिलावटी बिल भर्पाईको कमाल गर्ने फर्महरु फरक–फरक रहेको र ति फर्महरु फेरी महिलाको नाममा राखी कारोबार गदै आएको पाइएको छ  ।

वडा प्रहरी बांकेले पक्राउ गरेको उक्त १ ट्रक गहुं अर्थात १५० बोरी र १० बोरी बेतहनीबाट रिक्सामा ल्याउदै गर्दा बाटोमा नै पक्राउ गरेको थियो ।
पक्राउ परेको गहुं फुल्टेक्रा स्थित भृगुजी सप्लायर्सको नाममा रहेको पाइएको छ । उक्त फर्मले कहांबाट गहुं गरिद गरि त्यात्रो घाटगददी गरेको होे स्रोत खोज्दै गएमा पक्राउ परेको गहुंको स्रोत पत्ता लाग्ने निश्चित नै छ ।

वडा प्रहरी कार्यालय बांकेले कोहलपुर स्थित राजश्व कार्यालयमा लिएर बुझाएको  १ ट्रक १ रिक्सा गहुंको ७ लाख ४६ हजार धरौटी रकम राखेर बिहिबार नै ति गहुं सहित पक्राउ परेका चालकलाई छोडेको छ भने गहुं छुटाउन करिब आधार दर्जन कमिशनखोर दलालहरु समेत सो क्रममा पुगेको देखिएको छ ।

कोहलपुर आन्तरिक राजश्व कार्यालयले पनि पक्राउ परेको गहुं बराबरको करिब ७ लाख ५० हजार रकम धरौटी लिएर ट्रक र गहुं छोडने आन्तरिक तयारी गरिरहेको देखीएको छ ।

हिरमनिया नयां बस्तीका देबी गुप्ता र बेतहनीका जयगुरुदेव नामका ति ब्यक्तीहरुको भारतबाट तस्करी गरि जयगुरुदेवकै घरमा घाटगददी गरि राखेको २ ट्रली मल टयाक्टरमा लोड गरि नेपालगञ्ज तर्फ ल्याउने क्रममा संंघ तथा प्रदेशको निर्वाचनको समयमा ति तस्करहरुले बांके प्रहरी प्रमुखलाई जसपाका पूर्व मन्त्री इस्तीयाक राई, रापप्रपाका धवल शम्शेर राणा र माओबादीका आइपी खरेललाई फोन  गर्न लगाई  दवाब दिएको ततकालिन समयको तिनिहरुको टेलीफोन रेकडबाट हेर्न सकिन्छ । नेताहरुको दवाब पछी उक्त मल बांके प्रहरी टोलीले ततकाल छोडेको घटनाले पनि ति तस्करहरुको पहुंच के कस्तो को -कोसंग पहुं बनाएका छन भन्ने पनि प्रमाणित गर्दछ ।

त्यसैगरि बांके प्रहरीको रेकर्ड अनुसार देबी गुप्ता र जयगुरुदेवले चर्चित ति ब्यक्तीहरु नेपाल प्रहरीले तस्करीको समान र ट्रक सहित पटक–पटक पक्राउ गरेको प्रहरी रकर्डमा देखिन्छ जस्ले गर्दा ति ब्यक्तीहरु पेशेवर तस्करी कार्यमा संलग्न रहेको देखीन्छ । पछील्लो पटक मल र गहुं तस्करीमा संलग्न ति ब्यक्तीहरु १ ट्रक गहु सहित पकउ परेकोमा नेपालगञ्ज भन्सार कार्यालयले बुझाईएको थियो ।

तस्करी समान छुटाउन तस्करहरु पुगे अदालत

खाद्य परिक्षण बिनाको तस्करीको बाटोबाट भारतबाट आयात गरिएको हाइब्रिड गहुंबाट पिठो उत्पादन गरि बजारमा सप्लाई गर्दै आएको बांकेको पिपरी स्थित केएल दुगढ ग्रुप अन्तरगतको विकास प्लोर मिललाई बांकेका बिभिन्न तस्करहरुले गैर कानुनी अर्थात आयात परिक्षण नगरि गहुं सप्लाई गदै आएको पक्राउ पछी ति सप्लाईकर्ताहरुले बयानको क्रममा बताउने गरेको पाइएको छ ।

सोही क्रममा भारतबाट तस्करी गरि बेतहनी स्थित जयगुरुदेवको घरमा घाटगददी गरि विकास फलोर मिलमा लैजाने क्रममा गत कार्तिक २७ गते बांकेको बिर्ताबाट २१० क्न्टिल गहुं लोड गरिएको ना ४ ख ८३३६ नम्बरको ट्रक र ट्रक चालक मोहन बस्नेत सहित लुम्बिनी प्रदेश सिर्आबीले पक्राउ गरि नेपालगञ्ज भन्सार कार्यालययमा बुझाएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयमा प्रहरीले बुझाएको उक्त गहुं र ट्रक आवश्यक अनुसन्धान गरि लिलाम गर्नेक्रममा जयगुरुदेव पक्ष आफुहरुसंग गहुं खरिद गरेको बनावटी बिल सहित बांके जिल्ला अदालतमा रिट हाल्न पुगेको थिए ।

अदालतले उक्त गहुंका बिषयमा मुद्धा पर्न आई बिचाराधिन अवस्थामा रहेकोले उक्त गहुं तत्काल लिलाम नगर्न नेपालगञ्ज भन्सार कार्यालयलाई स्टे अर्डर जारी गरेको छ ।

तस्करहरुले बिभिन्न फर्महरुबाट खरिद बिक्रीको बिल बनाउने कार्यले कानुनी मान्यता पाएमा भारतबाट बिना परिक्षण गरि ल्याईएको बिषादीयुक्त हाइब्रिड गहुंबाट बनेको पिठो नेपालीले प्रयोग गरेमा दिर्घकालमा स्वास्थ्यमा समेत समस्या उत्पन्न हुनसक्ने देखिन्छ ।

पक्राउ परेर नेपालगञ्ज भन्सार कार्यालय परिसरमा रहेको उक्त २१० बोरी गहुं भने पछील्लो पटक नेपालगञ्जमा बृद्धि भएको बांदरको संख्या र घुनले गहुं नष्ट गदै गएको पाइएको छ ।

तस्करी लगायतका बिषयमा डिआईजी राईको भर्चुअल ब्रिफिग

बांकेको बेतहनी गहुं काण्ड लगायत सिमानाकामा भएगरेका र हुनसक्ने तस्करीका घटनाले राज्यलाई पार्ने प्रभाव, सामाजिक रुपमा बढीरहेको आत्महत्या, सवारी दुर्घटना लगायतका बिषयमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रशाद राईले बिहिबार आफनो मातहतका सम्वन्धीत प्रहरी सदस्यहरुसंग बैठक गर्नुभएको छ । बैठकमा बिभिन्न जिल्लामा पछील्लो पटक भएगरेका प्रगति र घटनाको समिक्षा एवम चुनौती सामनाको कार्ययोजना बनाइएको स्रोतले बबताएको छ ।