नेपालगञ्ज ५ फागुन/ बांके जिल्लामा प्रयाजसो हरेक दिन लागु औषध खैरो हिरोइनका कारोबारी तथा सेवन कर्ताहरु पक्राउ परिरहेका छन ।
बिशेष सूचनाको आधारमा नेपाल प्रहरीको लागु औषध इकाई कार्यालय नेपालगञ्जको सक्रियतामा बांके प्रहरीले भिन्दा भिन्दै दुई वटा ठाउंबाट लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
फागुन ५ गते शुक्रबार साढे २ बजे बांकेको नेपालगञ्ज वडानम्बर १८ कारकादोबाट सुर्खेत नगरपालिका वडानम्बर ४ बस्ने बर्ष ३४ कि मायां गिरी र नेपालगञ्ज–९ भिुवनचौकबाट दांग लमही नगरपालिका वडानम्बर ६ बस्ने बर्ष ३२ को राजेश राईलाई पक्राउ गरेको छ ।
शुक्रबार पक्राउ परेका दुबैजजनालाई जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान सहित न्यायिक उपचारका लागी हिरासतमा लिएको छ ।
पक्राउ परेका मध्य मांया गिरीले १२ ग्राम ५०० मिली ग्रांम र राजेश राईको साथबाट २ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन फेला परेको लागु औषध ब्यूरो शाखा कार्यालय नेपालगञ्ज स्रोतले जनाएको छ ।
पक्राउ परेका ब्यक्तीहरुले नेपालगञ्जका त्रिभुवन चौक निवासी गुन्नु कवडियाका श्रीमतीबाट लागु औषध लिएको प्ररारम्भिक जानकारी दिएको बताइएको छ । गुन्नु कवडिया र छोरा यस अघि नै ८ ग्राम खैरो हिरोइन लागु औषध सहित पक्राउ परेकोमा पूर्वपक्षको लागी नेपालगञ्ज कारागारमा रहेका छन भने छोरी सोही केशमा दांग कारागारमा रहेकी छन ।
यस अघि बिहिबार मात्र जिल्ला प्रहरी कार्यालय बांकेले ३ जना ब्यक्तिलाई लागु औषध कारोबारीकोरुपमा पक्राउ गरि सार्वजनिक गरेको छ । गत माघ २६ गते लागु औषध ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सिआईबीको सयुंक्त टोलीले रुकुम पश्चिम सानो भेरी नगरपालिका वडानम्बर ५ का बर्ष ३१ का सोबिराम केसी र बर्ष ३५ को बिनोद कुमार गौतम सोही नगरपालिका वडानम्बर ११ का बर्ष २८ का तिलक डांगीलाई ५० ग्राम लागु औषध खैरो हिरोइन सहित पकांउ गरि कार्बाही प्रक्रिया अगाढी बढाएको जनाएको छ ।
बांकेमा लागु औषध तथा अन्य दुृब्यसनी नियन्त्रण तथा रोकथामका लागी नेपालगञ्जमा २ वटा महिला सहित मात्र १९ वटा पुर्नस्थपना केन्द्रमा अधिकांस १६ बर्ष देखी २४ बर्षका युवायुवतीहरु रहेको पाइएको छ ।
यसरी दैनिक लागु औषध दुब्यसनीमा पक्राउ पर्नेहरुमा प्रयाः सबै पेशामा रहेका अभिभाकका छोराछोरीहरु यस कुलतमा फसेको पाइएको छ । बिशेषगरि जसको घरका दुबै जना श्रीमन/श्रीमती जागिरमा रहेको र छोराछोरीलाई समय दिन नसकेको अवस्था रहेको घरका अभिभावकहरुका बच्चाहरुको संख्या बढीरहेको लागु औषध ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश केसीले बताउनु भएको छ ।
लागु औषध केसमा नेपालगञ्ज कारागारमा करिब ७०० जना बन्दी कध्य करिब आधा लागु औषधका बन्दीहरु रहेको अवस्था छ ।
हाम्रो संरचना । ५ फाल्गुन २०७९, शुक्रबार १७:५७