भ्रष्टाचार मुद्धामा नेपालगञ्जका ११ ब्यापारी, भेरीका ४ कर्मचारी सहित १५ जनालाई कैदको फैसला (नामावली सहित)

नेपालगञ्ज १० फागुन/  नेपालगञ्ज स्थित भेरी अस्पतालमा बिभिन्न समान तथा औषधी खरिद बिक्रीको क्रममा कमिशन बापतको घुस खाने र दिने दुबैलाई बिशेष अदालतले कैद र बिगो जरिवानाको फैसला सुनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत घुस खाने ४ जना कर्मचारी सहित घुस खुवाउने निजी फर्महरुका ११ जना व्यापारी गरी १५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ साल असोज २२ गते बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले अस्पतालमा भएको भ्रष्टाचार काण्डमा करिब २ वर्षपछि गरेको फैसलामा अख्तियारको माग दाबी रहेको कुल १७ लाख ८० हजार ४ सय ७५ रुपैयाँलाई अस्पतालका मुख्य ४ जना अभिुक्त रहेका पूर्व कर्मचारीहरु भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह–लेखापाल प्रेम बहादुर खत्रीलाई बिगो माग दाबी रकम ४ भाग लगाई  ७/७ महिना कैद सजायको फैसला सुनाएको छ ।

बिशेष अदालतले बरामदी मुचुल्का, अनुसन्धानका क्रममा भएको साबिती बयान, अरुण खनालले गुगल ड्राइभमा सुरक्षित राखेको कमिसनको विवरण, अदालतलमा गरेको बकपत्र लगायतलाई प्रमाण मान्दै यस्तो फैसला गरेको जनाएको छ ।

विशेष अदालतका अनुसार अस्पतालका ति ४  जना कर्मचारीलाई जनही ४ लाख ४५ हजार १ सय १८ रुपैयाँ बिगो ७/७ महिना कैद हुने फैसला गरेको छ ।

विशेष अदालतको फैसला अनुसार कर्मचारीलाई घुस दिने नेपालगञ्जका निम्न ब्यक्तीहरुलाई बिगो र सजाय तोकेको छ ।

  • कमला इन्टरनेशनल तथा कृष्णा इन्टरनेशनलका सञ्चालक दिपेन्द्र अग्रवाललाई ३६ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद ।

  • रुबि इलेक्ट्रोनिक्स सप्लायर्सका अब्दुल अली अन्सारीलाई ५६ हजार बिगो र ४ महिना कैद ।

  • फर्निचरका  पजक कुमार लाई ६१ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद ।

  • बागेश्वरी बिज्ञापन सेवाका ज्ञान बहादुर वलीलाई ९६ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद ।

  • नेपाल स्टोरका साहित हुसेन हलुवाइलाई २० हजार रुपैयाँ जरिवाना र १ महिना कैद ।

  • लुम्बिनी स्टेशनरीका पूर्णिमा भण्डारीलाई ४५ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद ।

  • न्यू निजम स्टोरमा कमालुद्दिन मुकेरीलाई १ लाख ६१ हजार रुपैयाँ जरिवाना र ६ महिना कैद ।

  • ओसियन इन्टरनेशनल तथा पश्चिमाञ्चल डिस्ट्रीब्यूटरका अवनिशकुमार अग्रवाललाई एक लाख १८ हजार ६ सय रुपैयाँ जरिवाना ६ महिना कैद तोकिएको छ ।

  • इन्फोसि बांकेका सुदीप रिजाल ६० हजार जरिवाना र ४ महिना कैद ।

  • रोशनी स्टिल फर्निचरका इजामुद्दिन खाँलाई ६० हजार जरिवाना र ४ महिना कैद ।

  • हनुमन्त स्टेशनरुी एण्ड सप्लार्यसका राजेन्द्र कुमार सोनीलाई ९९ हजार ६ सय रुपैयाँ जरिवाना र ४ महिना कैद ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले अस्पतालमा गत २०७७ साउन ८ गते अस्पतालको स्टोर शाखामा छापा मारेको थियो ।

अस्पतालको स्टोर शाखा समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका कम्प्यूटर अपरेटर अरूण राज खनाललाई १६ लाख १३ अजार ९७५ रुपैया स्रोत नखुलेको नगद रकम चेक अख्तियारले निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह–लेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार ७० रुपैया बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिएको पाइएको प्रमाण सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको  थियो ।न्दर्भमा कसैलाई अभियोजन गरिएको छ कसैलाई मुद्दा चलाइएको छैन । स्वच्छता र समानता कायम नरहेको विषयमा इजलासले अख्तियारलाई गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।’