अगैया,बांके १८ फागुन / बांकेको राप्तीसोनारी–३ नारायणपुर चोक देखि वडानम्बर ६ कुण्डा चोक सम्मको २१ किमि कालोपत्रे सडक निर्माणमा मिलेमतोको भ्रष्टाचारको गन्ध देखिएको समाचार प्रकाशित भएपछी बिहिबार नेपालगञ्ज स्थित अख्तियारको प्राबिधिक सहितको टोली घटनास्थल पुगेर आवश्यक अध्ययन अनुसन्धान थालेको छ ।
हेर्नुहोस भिडियो क्लिप्सः नेपालगञ्ज स्थित अख्तियारको टोली राप्तीसोनारीको नारायणपुर चौकमा ।
बिहिबार दिउसो बांकेको राप्ती पारी राप्ती सोनारी गाउंपालिका वाडनम्बर ३ नारायणपुर चोक पुगेको नेपालगञ्जज स्थित अख्तियारको टोलीमा सडक बिशेषज्ञ इन्जिनियर, प्रहरी निरिक्षक समेत सदस्य रहेको टोली घटनास्थल पुगेर सडक निर्माणको नमुना संकलन तथा परिक्षण समेत गरेको छ ।
उक्त ठाउंमा तराई–मधेश समृद्धि कार्यक्रम अन्तरगत नेपालका तराईका जिल्लामा निर्माण भईरहेको हुलाकी लोकमार्ग निर्माण अन्तरगत बांके जिल्लाको राप्ती सोनारी गाउंपालिकामा जिम्मा लिएको निर्माण कम्पनी खड्का कृष्ण कन्स्ट्क्सनले गरेको कालोपत्रे सडक रातमा पिच उप्किएकाले स्थानीय बासिन्दाहरुले पिच गर्न अवरोध गरेर बिरोधमा उत्रिएर बिरोधमा उत्रिएका थिए ।
स्थानियको बिरोध र अवरोध पपछी निर्माण कम्पनी र सडक कार्यालयका प्राबिधिकहरु सोमबार घटनास्थल उपस्थित भएर सडक पुनः निर्माण गर्ने स्थानिय बासिन्दाहरु समक्ष प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
अस्फाल्ट प्रबिधिको सडक कालोपत्रे गर्नुपर्ने मापदण्ड अन्तरगत बाँकेको राप्तीसोनारीमा खड्का कृष्ण कन्स्ट्क्सनले हुलाकी लोकमार्गको अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे गर्ने टेण्डर प्रक्रियाद्धारा सम्झौता गरेको थियो ।
हाम्रो संरचना । १८ फाल्गुन २०७९, बिहीबार १९:०९