नेपालगञ्जको वेष्टनद्वारा सेवा बिस्तार

वेस्टर्नको आईसीयु कक्ष

नेपालगञ्ज २१ फागुन/ नेपालगञ्जको चार बाहिनी रोडमा रहेको बेष्टर्न अस्पतालले आफनो स्वास्थ सेवामा बिस्तार गरेको जनाएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी अस्पतालले सुबिधा सम्पन्न लेभल ३ को २४ घण्टे आइसियु सेवा सुरु गरेको सार्वजनिक गरेको छ।

बिगत १९ बर्षदेखि नेपालगञ्जमा स्वास्थ्य सेवा संचालन गर्दै आएको वेष्टन अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक डा. राहुल थापाका अनुसार स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन लेभल ३ को ८ बेडको आइसियु सेवा सुरु गरिएको वताउनु भएको छ ।

अस्पतालको आइसियुमा भर्ना हुने हरेक विरामीका लागि १/१ जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने व्यवस्था पनि मिलाइएको थापाले जानकारी दिनुभएको छ ।

थापाले नेपालमा काठमाडौं बाहिर यस्तो स्वास्थ्य सुविधा दिने वेष्टन अस्पताल पहिलो निजी अस्पताल रहेको समेत जानकारी दिनुभयो ।

नयाँ थप गरिएको आइसियु सेवामा बिरामीको स्वास्थ्य सुचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओ को प्रोटोकल अनुसार विरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको र अर्न्तराष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्सहरु सेवामा रहने गरी ब्यवस्था गरिएको डाक्टर थापाले जानकारी दिनुभएको छ ।

हाल उक्त अस्पतालले थप गरेको आइसियु सेवा सहित ६ वटा भेन्टिलेर सहितको अत्याधुनिक उपकरणहरु रहेको डाइलासिस, ६ बेडको एचडियु , ६ बेडको एनआइसियु, ९ बेडको अप्रेशन थेयटर बिस्तारका लागी करिब ५ करोड थप खर्च गरिएको बताइएको छ ।

त्यसैगरी स्वास्थ्य मापदण्ड अनुसार १०० बेड क्षमताको प्रस्तावित उक्त वेष्टन अस्पतालले हाल अर्थोपेडिक, ट्रमा, जनरल संजरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाटी, जनरल मेडिसिन म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको र निकट भविश्यमा बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा संचालनको तयारी गरीरहेको अस्पतालका प्रवन्ध निर्देशक डा. राहुल थापा बताउनु भएको छ