नेपालगञ्जमा युवासंघको ९औं राष्ट्रिय महाधिवेशन झलक..

नेपालगञ्ज २८ चैत्र/ राष्ट्रिय युवा संघ नेपालको ९औं राष्ट्रिय महाधिवेशनको चहलपहल नेपालगञ्जमा सुरु भईसकेको छ ।

नेपाली युवाहरुको अग्रणी संगठन युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलका अनुसार राष्ट्रिय महाधिवेशनमा  प्रतिनिधी र पर्यवेक्षक गरी करीब २ हजार जनाले भाग लिने छन भने उदघाटन सत्रमा १० हजारको सहभागीता रहन छ ।

लुम्विनी प्रदेशको नेपालगञ्जमा सम्पन्न हुन गैरहेको महाधिवेशन सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।

बाँकेको नेपालगञ्ज र कोहलपुर गरी आयोजक तथा सहभागी आफैले समेत खर्च बेहोर्ने गरी करिब १ हजार होटेलका कोठाहरू बुक गरिएको आभास ब्यवस्थापन समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिनुभएको छ ।

नेपाली जवानहरुका राष्ट्रिय मुद्दा पहिचान गरी उठाउन गर्दै आईरहेको युवा संघ नेपालले यस पटकको महाधिवेशनमा “समुन्नत राष्ट्र निर्माण युवाहरुको हातमा”अभियानलाई ब्रान्डीङ्ग गर्ने अध्यक्ष किरणले वताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै किरण

महाधिवेशन पूर्व सन्ध्यामा नेपालगञ्जको स्नेह होटेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महाधिवेशनलाई युवा संघले यस पटक तराईको उर्वर भुमि सुन रुपी अनाज फलाउने अन्नको भण्डार रहेकोले गहुँको पाकेका झुलेका बालालाई महाधिवेशनमा आफनो प्रमुख लोगो बनाएको छ ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जको बाघ र गौतम बुद्ध जन्मस्थत लुम्विनीलाई सहायक लोगो अंकित गरेर ति ठाउँहरुको पहिचान र ब्राण्डिङ्ग स्थापित गर्ने कोशिस गरेको पत्रकार सम्मेलनमा युवा संघ का अध्यक्ष किरण पौडेलले जानकारी दिनुभएको हो ।

 

पत्रकार सम्मेलनमा नेकपा एमालेको पोलिट ब्यूरो सदस्य एवम राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघको महाधिवेशन शब्य र भब्य रुपमा सम्पन्न गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख अतिथिबाट सोमबार दिउँसो २ बजे उदघाटन गरिने उदघाटन सत्रमा नेपाल लगायत अन्तराष्ट्रिय युवा संघ/ संगठनका प्रतिनिधीहरुको समेत सहभागिता रहने जानकारी दिनुभएको छ ।

बस्नेतले नेपालको राजनिती परिवर्तन, सामाजिक रुपान्तरण, नेपाली युवाहरुको स्वास्थ्य शिक्षा र रोजगारका बिषयमा अहम भूमिका खेल्दै आएको युवा संघ नेपालको ९औं महाधिवेशनमा नेपालमा युवा आन्दोलनको समिक्षा, युवा संघको भाबी नेतृत्व चयन, विधान संसोधन, कार्यनिती र कार्य योजनाका साथै राजनितीक प्रतिबेदनमा समेत छलचल गरी टुङ्गोमा पुर्‍याइने बताउनु भएको छ ।

महाधिबेशन परिसरमा

नेपालका युवाहरुलाई फॉसिबादी चरित्र, अतिबादी चिन्तन र युवाहरुलाई अपराधीकरण, भ्रष्टीकरण हुनबाट जोगाउदै युवा संघले नेपाली युवाहरुलाई नेपालको परिवर्तनका लागी मुल संगठनको रुपमा गोलबन्द गर्दै आएको युवा संघ इन्चार्ज बस्नेतले सो पत्रकार सम्मेलनमा बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै महेश बस्नेत ।

बस्नेतले नेपालमा हाल सामाजिक न्याय मारेर दानवरुपी अपराधीहरुलाई देवत्वकरण गर्ने देखी लिएर राजनितीक स्थायित्व हुन नदिने, दक्षिणपन्थी अराजकता, दलाल नोकरशाही पुँजीबादी, पद र सुबिधा अवसर मात्र खोज्ने जस्ता कार्यले नेपाली समाज अराजकता तर्फ उन्मुख भएको र त्यस्ता कार्यबाट जोगाउदै युवा संघले महाधिवेशन हलले सर्बसम्मत रुपमा सहि निति, कार्यदेश र नेतृत्व चयन गर्ने कार्यलाई प्रथामिकता दिने पनि बताउनु भयो ।