नेपालगञ्जको न्यूरोडबाट करिब ५ करोडको ४.९२७ केजी सुन सहित २ जना पक्राऊ: सुन..संघले सुन घटायो

पक्राउ परेको सुन ।

नेपालगञ्ज ७ बैशाख / बाँके प्रहरीले बुधबार साँझ नेपालगञ्जको न्यूरोड स्थित इन्द्रेणी होटेलबाट ४९२७.२१८ अर्थात् झण्डै ५ केजी अवैध सुन सहित २ जना ब्यक्तीलाई पक्राउ गरेको छ ।

अबैध सुनका गर-गहना बनाएर स्थानीय बजार तथा काँचो सुन भारत तर्फ सप्लाई हुनेगरेकोमा प्रहरीले बिशेष सूचनाको आधारमा बुधवार नेपालगञ्ज -४ न्यूरोड स्थित न्यू इन्द्रेणी होटेलमा बास बसेका बिराटगरका २ जना सुन तस्करलाई अबैध सुन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिहरु ।

उक्त होटेल नजिकै सुनको धरौटी एवम दांग र बुटवलबाट समेत सानो निजि गाढीमा सुन ल्याएर अबैध कारोवार गर्ने गरेको आरोप लाग्दै आएका केही सुन पसल रहेको रोगबाट उक्त सुन सहित ति ब्यक्ति पक्राउ परेका छन ।

घटनाका सम्बन्धमा बाँके प्रहरीको प्रेस विज्ञप्ति ।

पछिल्लोपटक नेपाल सरकारले १००% सुदता भएको सुनको गहना वनाएर मात्र बेच्न र जर्तिको प्रयोग गर्न नपाई नियम बमोजिम १००% शुदता रहने बिभिन्न गहनाको सोरुपमा रहेको उक्त सुन बरामद भएको हो ।

करिब ५ किलो उक्त सुनबाट सिक्री, वाला, माला , चुरी, ब्रासलेट, मुद्रि, झुम्का, हार र औँठी बनाइएको छ ।

पक्राऊ परेको सुनको गहना

 

अबैध गहनाको सोरुपमा गैरकानुनी सुन सहित पक्राउ पर्नेहरुमा मोरंग जिल्लाको बिराटनगर महानगरपालिका वडा नम्बर ९ का ४२ बर्षिय रमेश सोनी र ३६ बर्षिय प्रकाश ठाकुर रहेका छन् ।

पक्राउ परेको अबैध सुन र ब्यक्तिहरुको जालो सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बाँके प्रहरीले पक्राउ परेका ब्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

सुनको शुदता एवम मात्राका बिषयमा बाँके प्रहरीले नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ बाँकेलाई परिपत्र सहित उक्त सुनका गहना पठाएकोमा संघले बिगतमा जस्तै सुन तस्करलाई राहत हुने किसिमले सुनको परिणाम र शुदतामा झण्डै आधाले कम अर्थात उक्त सुनको गहना शुद्दता नरहेको र परिणाम पनि कम रहेको भन्दै बाँके प्रहरीलाई प्रतिउतर पत्र लेखेको छ ।

खेलो: उक्त सुन घटनाका बिषयमा ब्यवसायिको पत्र ।

संघले नेपालमा पछिल्लो पटक सुनका गहना १००% शुद्धताको ग्यारेन्टी गर्नुपर्ने कानुनी व्यवस्था रहेको र सोही बमोजिम सुनमा शुद्धता रहेको बिर्सिएर उक्त सुन का गहनामा अन्दाजी भन्दै ३५७७.६११ मिलिग्राम अर्थात ३.५७७ किलोग्राम रहेको जनाएको छ ।

उक्त घटना पछि बाँके प्रहरीले सार्वजनिक गरेको सुनको परिणाम र नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघले पुष्टि गर्न खोजेको परिणाम झण्डै आधा अर्थात १.३५० केजी कम देखाएर बाँके प्रहरीलाई मुल्य तथा तौल खुलाएर पठाएको छ ।

पक्राउ परेको सामान र ब्यक्तिको आवश्यक प्रारम्भीक अनुसन्धान सहित कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा कार्वाहीको लागि बाँके प्रहरीले पठाउने तयारी गरेको छ ।

पक्राउ परेका ब्यक्तिबाट अवैध तस्करीको सुन नेपालगञ्जका केही सुन ब्यवसायी लगायत बुटवल र पोखरा र नारायणगढका ब्यक्तिलाई समेत बिक्री गरेको अनुसन्धानको क्रममा खुल्दै गईरहेको पाइएको स्रोतले जनाएको छ ।