हानीकारक प्रतिबन्धीत भारतिय सुर्तिजन्य पदार्थ “सिस्टम” नियन्त्रण गर्न बांकेमा प्रशासनको छापा

हानीकारक भारतिय सिस्टम गुटका : तस्करी मार्फत नेपाल भित्रयाएको अखाद्यय सिस्टम गुटका बांकेका बिभिन्न पसल- पसलमा छापा मादै नियन्त्रणमा लिदै बांके अनुगमन टोलीको नेतृत्व गदै बांकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी ।

नेपालगञ्ज १२ बैशाख/  मानव स्वास्थ्यका लागि हानीकारक भएकाले भारतमा समेत प्रतिबन्धीत सूर्तिजन्य पदार्थ बांकेका बिभिन्न पसलहरुमा निर्बाध बिक्री बितरण भईरहेको जनगुनासो आएपछी जिल्ला प्रशासन कार्यालय बांकेले शुक्बार एक अनुगमन समिति बनाएर त्यसलाई नियन्त्रण गर्ने कार्यको सुरुवात गरेको छ ।

बजार अनुगमन समितिले आईतबार, सोमबार  पनि बांकेको बिभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा रहेको पसलहरुमा भारतबाट चोरीछिपि सस्तोमा बिक्री बितरण भईरहेको हानिकारक सुर्तिजन्य पदार्थ सिस्टम, राइफल, आरडी सुपरपावर कमला पसन्द लगायत लगायत थुप्रै गैर–कानुनी सुर्तिजन्य गुटकाहरु नियन्त्रणमा लिएर पसलेहरुलाई पहिलो पटक सचेत गराउदै हानीकारक सूर्तिजन्य पदार्थ सिस्टम नियन्त्रणमा लिएर नष्ट गर्नुका सार्थ त्यसलाई बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

बांकेका प्रमुख जिल्ला अधिकारी बिपिन आर्चायको निर्देशनमा बांके सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा परिचालित उक्त बजार अनुगमन समितिले हानीकारक सुर्तिजन्य पदाथए लगायत भारतबाट निर्बाध आईरहेको हानीकारक पेय पदार्थ देखी रावश्व छली गरि ल्याइएका बिभिन्न समानहरुको बिलबिजक देखी त्यसको मापन र गुणस्तरको समेत अनुगमन गरेको छ ।

समितिमा उपभोक्ता समिति, खाध्य,नापतौल तथा गुणस्तर देखी स्थानिय स्तरमै पनि बजार अनुगमन र कार्बाही गर्नसक्ने कानुनी ब्यवस्था रहेको छ । भारतबाट लुकिछिपी नेपालमा आयात गरि बिक्री बितरण गर्ने कार्य भईरहेको सिस्टम नामक गुटकाले मानवको मुखको क्यान्सर गराउनुको साथै मानव शरीरलाई हानी गर्ने बिभिन्न रसायनहरु अत्याधिक मात्रामा प्रयोग भएका कारण भारतमा समेत उत्पादन तथा बिक्री बितरणमा प्रतिवन्ध लगाइएको सिस्टम नामक गुटका बांकेको नेपालगञ्ज लगायत बिभिन्न ग्रामिण इलाकाहरुमा निर्बाध बिक्री बितरण भईरहेको पाइएको थियो ।

भारतको उत्तर प्रदेशको योगी सरकारले जनमानसको स्वास्थ्यलाई ध्यान दिदै सुर्तिजन्य पदार्थबाट बन्ने र बिक्री बितरण हुदै आएका सिस्टम, राइफल, आरडी लगायत लगायत थुप्रै गैर–कानुनी सुर्तिजन्य गुटकाहरु पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

भारतमा प्रतिवन्ध गरिएको सूर्तिजन्य पदार्थसंग मिसाएर खाने सिस्टम, राइफल, आरडी नामक गुटका ब्यापारीले साना–साना पोका पारेर, बांकेको साईगाउं, वेलभार, राधारपुर, बेतहनी, राप्तीपारी मटैया, नरैनापुर बर्दियाको मैनापोखर क्षेत्रबाट पनि नेपाल तर्फ साईकिलमै ल्याउने गरेको देखिएको थियो ।

प्रतिवन्धीत गुटका भारतबाट तस्करी गरेर साना–साना पोका पारेर नेपालमा बजारीकरण गर्ने गैर कानुनी कार्यलेभारतमा समेत कुनै कर तिर्नु नपरेका कारण नेपालमा अन्य पान मसला र गुटकाको तुलनामा सस्तो रहने गरेको छ।

भारतबाट सस्तोमा प्रतिबन्धित गुटका नेपाली उपभोक्ता बीच जवरजस्ती पुर्‍याउने घटनाले नेपालमा रहेका गुटका उत्पादक कम्पनीका उत्पादनहरु धारासायी बनेर बिक्री घटेको कारण नेपाल सरकारलाई प्रति महिनामा मात्र बाँके–बार्दिया र कैलाली जिल्लामा ८ देखी १० करोड राजस्व संकलनमा घाटा लागेको र ति कम्पनीहरुमा धेरैले रोजगार गुमाउनु परेको अवस्था तथ्यांकमा देखिन्छ ।

 

सम्बन्धित शीर्षक