नेपालगञ्जको न्यूरोड स्थित एक कटेरोबाट ५ युवती र ११ पुरुष पक्राउ, अर्को घटनामा २ युवतीको उद्धार

 

फोटो ग्राफिक्स यौन शोषण ।
फोटो ग्राफिक्स यौन शोषण ।

नेपालगञ्ज १८ असार /  बांकेको नेपालगञ्ज उप–महानगरपालिका वडानम्वर २ न्यूरोड गुम्बा चौक नजिक सञ्चालनमा रहेको एउटा बेनामी कटेरोमा आईतबार सांझ बांके प्रहरीले छापा मार्दा ५ जना युवती र ११ जना पूरुष गरि १६ जनालाई पक्राउ गरेको छ ।

एउटै कटेरोमा २०/२२ बर्षका ५ जना युवती र ११ जना बेहिसाब शरीरका अधिकांस भारतिय ग्राहकको खचरपचर घटनाले नजिकका टोल छिमेकमा समेत सारै परेशान गरेपछी उक्त घटनाको सुइको बांके प्रहरीमा पुगेको थियो ।

बांके प्रहरीको तर्फबाट नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रमुख इन्द्रजित सुनारको नेतृत्वमा गएको प्रहरी टोलीले अप्रेशन गर्दा उक्त कटेरो जस्तो देखिने बेनामी कटेरोमा सञ्चालनमा रहेको होटेलमा छर–छिमेकलाई समेत असर पर्ने गरि अबाञ्छित क्रियाकलापमा संलग्न रहेकै अवस्थामा भर्खरका जस्ता देखिने २०/२२ उमेरका ५ जना युवती र युवाहरुमा अधिकांस भारतिय यौन प्यासीहरु पक्राउ परेका छन ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कार्बाहीका लागी वडा प्रहरी कार्यालय नेपालगञ्जले आईतबार नै जिल्ला प्रहरी कार्यालय बांकेलाई बुझाईसकेको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख इन्द्रजित सुनारले बताउनु भएको छ ।

जुम्ला र सुर्खेत कि २ युवतीको उद्धार

त्यसैगरी नेपालगञ्जको एसके पेट्रोल पम्प नजिकै सुर्खेती दैलेखी नामक होटेल खोली २ जना युवतीलाई नियन्त्रणमा लिएर यौन ब्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक र निजका परिवारलाई पक्राउ गरि बांके प्रहरीले अनुसन्धान तथा कार्बाही प्रकिया अगाढी बढाएको छ ।

१८ बर्षिय आइतकला र सुर्खेत बीरेन्द्रनगरकी २२ बर्षिय सोमी शाहीलाई होटेल भित्र नै राखेर बाहिर समेत जान नदिएर होटेलमा राखी ललाई- फकाई यौन ब्यवसायमा लगाएको सूचना नेपाल प्रहरीले पाएपछी बांके प्रहरीले उक्त होटेलमा छापा मारेर ति युवतीहरुको उद्धार गरेको थियो ।

बांके प्रहरीले उक्त घटनामा उद्धार गरिएका २ युवतीको बयानमा १८ बर्षिय आइतकला हुम्लाबाट नेपालगञ्जमा रहेकी आफनो सानी आमाकोमा जान्छु भनेर आएको र त्यसक्रममा आफु हराएर एउटा रिक्सावालाले उक्त होटेलमा पु–याएको र त्यही खाना बस्न दिएर पछी यौन ब्यवसायमा लगाएको  प्रहरी समक्ष ति युवतीले  बयान दिएको अवस्था छ तर  होटेल सञ्चालक पक्षले भने आफुहरुले काम खोज्दै आएकालाई श्ररण दिएको दावी गर्दै आएको छ ।

आईतकला सानीआमाको जान्छु भनेर गएकोमा नेपालगञ्जमा सानीआमाकोमा नपुगेपछी हुम्ला प्रहरीमा छोरी हराएको जाहेरी दिएर खोजतलास गर्नेक्रममा छोरीले नै नेपालगञ्ज र रांझाको बीचमा पर्ने यस्तो ठाउंमा आफुलाई जबरजस्ती राखेको सूचना पाएको बांके प्रहरीलाई गराएपछी बांके प्रहरीले खोजतलास गरि उक्त ठाउं पत्ता लगाएर छापा मारेर ति २ जना युवती उद्धार गरी होटेल सञ्चालकलाई समेत पक्राउ गरि शरीर बन्धक तथा चेलीबेटी बेचबिखन मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाढी बढाएको छ । समाचारमा उल्लेखित नाम परिवर्तन गरिएको छ ।