अन्तराष्ट्रिय बिमान मार्फत तस्करी गरि काठमाडौं ल्याईएको करिब १०० केजी सुन पक्राउ

साउन ४ काठमाडौं / गत मंगलबार हङकङबाट काठमाडौं आएको क्याथे फ्यासिफिकको उडानमा आएको मोटरसाइकल र स्कुटरको ब्रेक शु समान भित्र लुकाई ल्याइएको करिब १०० किलो सुन बुधबार काठमाडौंमा पक्राउ परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जांचपास गरेर उक्त सुन लुकाईएको समान बाहिरिएर विमानस्थल नजिकै सिनामंगल पुगीसकेको अवस्थामा बिशेष सुराकीको आधारमा उक्त ठुलो पणिामको सुन राजस्व अनुसन्धान विभागको टिमले पक्राउ गरेको हो ।

भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुन करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन काठमाडौ कै रेडी ट्रेड प्राइभेट लिमिटेड कम्पनीको नाममा मगाइएको स्कुटरको ब्रेक शुभित्र राखेर उक्त सुन ल्याएको पाइएको थियो ।

उक्त समान मगाउने ब्यक्तिहरु रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य २ जनालाई राजस्व अनुसन्धान विभागको टिमले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक/पटक रेडी ट्रेड कम्पनीकोले त्रिभुवन विमानस्थल भन्सार भएर बिगत २ महिनामा २२ पटक यस्तै ‘ तरिकाले ब्रेक शु आयात गरि सुरक्षा तथा भन्सार जाँच गरेर लगेको देखिएको छ ।

उक्त घटनाले नेपालमा ठुलो परिणाममा सुन तस्करी गरेर नेपाल आउने र नेपालमा गैर-कानुनीरुपमा सुनको कारोबारो बढनुको साथै छिमेकी भारतमा समेत सुन तस्करी गरेर गैर कानुनी आर्थिक चलखेल हुनेगरेको थप पुष्टी गरेको छ ।