नेपाल भारत फ्रेन्ससिप बक्सिङ्ग म्याच पोखरा रंगशालामा सम्पन्न

पोखरा ६ साउन/  नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा रंगशालामा सम्पन्न भएको छ ।
१२ वटा तौल समुहमा आज सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई २ः१ को आधारमा पराजित गर्नुभएको छ ।
५७ किलो तौलमा नेपालका भुपेन्द्र थापा मगरले पन्जाबका विनय रौनिया ३ः० को आधारमा पराजित गर्नुभयो ७१ किलो तौल समुहमा पन्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गर्नुभयो ।
८० किलो तौल समुहमा दिपक श्रेष्ठले ३ः०को मुस्तफा हनितलाई ३ः०को आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गर्नुभयो । ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा पराजित गर्नुभयो ।

महिला तर्पm५० किलो तौल समुहमा शुस्मा तामांगले पन्जाका कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गर्नुभयो । ५४ किलोमा नेपालका मिनु गुरुंगले पन्जाबका अरिवालाई २ः१ को स्पिलट डिसिजनमा पराजित गर्नुभयो । महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ः०को फरकमा पन्जाबका मनितलाई पराजित गर्नुभयो । ६० किलो महिला तर्फ पन्जाबका मन्दिप कौरले नेपालका संगीता सुनारलाई ३ः०को अन्तरले पराजित गर्नुभयो ।
६६ किलो तौलमा पन्जाबका कोमल प्रीतले २ः१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गर्नुभयो ।