४५औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपालगञ्जमा बृक्षारोपण

बृक्षा रोपन कार्यक्रममा सहभागी एमालेजनहरु ….

नेपालगञ्ज ७ साउन/  नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठकोे ४५औं स्मृती दिवसको अवसर पारेर आईतबार बिहान नेपालगञ्जको हडियाबाबा स्थित निल सागर सेवाको आश्रम परिसरमा बिभिन्न जातका करिब १०० वटा बिरुवाहरु रोपिएको छ ।

नेकपा एमाले नेपालगञ्ज उप–माहानगरपालीका कमीटीद्धारा नेपालगञ्जको वडा नं ६ मा पर्ने हडियाबाबा स्थित निलसागर सेवा आश्रम परिसरमा भवन निर्माण स्थल परिसरमा नेकपा एमाले स्थाई कमीटी सदस्य तथा बाँके जिल्ला ईन्चार्ज खेममान खड्का प्रमुख अतिथी र नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल अथितिले सो अवसरमा स्वर्गिय पुष्पलालको स्मृर्ती गर्दै, वातावरण संरणमा बिरुवा रोप्ने जस्ता रचनात्मक कार्य गरेर यस बर्ष पुष्पलालको स्मृर्ती मनाईरहेको जानकारी दिनुभएको थियो । कार्यक्रमा नेकपा एमालेका लुम्बिनी प्रदेश कमीटी, बांके जिल्ला कमीटीकासाथै नेपालगञ्ज नगर कमीटीका पदाधीकारी एवम सदस्यहरुको उपस्थीती रहेको थियो ।