एकै दिन डुबेर ६ जनाको मृत्यू र थप ४ जनाको शव बरामद

नेपालगञ्ज ७ साउन / रुपन्देही, सियारी गाउँपालिका-१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका-१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-१ गणेश मन्दीरस्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ डेरा गरी बस्ने रुकुम (पुर्वी) भूमी गाउँपालिका काँडागाउँ घर भएका ३९ वर्षिय जगेन्द्र बुढामगरको शनिबार साँझ मृत्यु भएको छ ।

कैलाली, बर्दगोरिया गाउँपालिका-३ बुटकुवा बस्ने ८ वर्षीया यमुना सापकोटाको सोही ठाउँस्थित काडा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । बर्दिया, बढैयाताल गाउँपालिका-६ बस्ने ६० वर्षीय बिरे कठायतको सोही ठाउँस्थित नाला तर्ने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-८ बस्ने १६ वर्षीय बिवेक कुँवरको शनिबार साँझ मृत्यु भएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ ज्ञानज्योती टोल डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका-५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढाको सोही ठाउँस्थित ग्वारखोलामा सिचाईको बाँधमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला…..

डडेल्धुरा, पर्शुराम नगरपालिका-१० लामिझाला बस्ने ३५ वर्षिय प्रेम सिंह भाट सोही ठाउँस्थित जजोला बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, दमक नगरपालिका-१ नया रतुवापुल नजिक झाडीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ, ऐसेलुखर्क नगरपालिका-४ जलेश्वरी कटुन्जे बस्ने ४५ वर्षीया मेक माया तामाङ सोही गाउँपालिका-३ र ४ को सिमानामा रहेको कटुन्जे खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

दैलेख, नौमुले गाउँपालिका-४ कालिका बस्ने जाजरकोट जुनिचादे गाउँपालिका-७ निपाने तोरीबारी घर भएका २८ वर्षीय सनक बहादुर घर्ती नौमुले गाउँपालिका-१ लोहोरे खोलाको बिच टापुमा शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।