भारतमा भएको दुर्घटनामा नेपालगञ्जका २ ब्यापारी घरानाका ६ जनाको मृत्यु

 

 

नेपालगञ्ज २१ साउन/ नेपालगञ्जको त्रिभुवन चोक सदरलाईन स्थित एस कुमार बाच पसल सञ्चालन गर्दै आउनु भएको सन्तोष कुमार गुप्ता र हरि ओम मेडिकल सञ्चालन गर्दै आउनु भएका वैभव गुप्ता परिवार चढेको महेन्द्रा जिप शनिवार साँझ भारत श्रावस्ती जिल्लाको बौद्ध परिपथ क्षेत्रमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको भारतिय प्रहरीलाई उद्यृत गर्दै बाँके प्रहरीले जनाएको छ ।

शनिबार साँझ ६:३० बजे UP 47W 1217 नम्बरको महेन्द्रा मरोज जिप दुर्घटनामा त्रिभुवन चौकमा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनुभएका २ व्यापारी घरानाका परिवारका सदस्य सडक दुर्घटनामा ६ जनाको मृत्यु भएपछी नेपालगञ्जको त्रिभुवन चौकमा शनिवार राति देखिनै आफन्त तथा शुभचिन्तक हरुको भिड लागेको छ।

उक्त दुर्घटनामा एस कुमार वाचका संचालक सन्तोष कुमार गुप्ताका छोरा वर्ष ३६ का  निलांश गुप्ता र २० बर्षिय छोरी नीति गुप्ताको मृत्यु भएको छ ।

त्यसैगरी हरि ओम मेडिकलका ३६ बर्षिय  वैभव गुप्ता निजको श्रीमती ३५ बर्षिय दीपीका गुप्ता, १.५ वर्ष र ३ वर्षका २ जना बच्चा डब्लु गुप्ता र श्रेया गुप्ता भएको भारतिय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएको नेपाल -भारत सिमा क्षेत्र नजिक रहेको इलाका प्रहरी कार्यालय जमुनहा बाँकेका इन्चार्ज दामु पुन मगरले बताउनु भएको छ ।

सो घटनामा गाडी चालक नानपारा बंसहरी थाना क्षेत्रका ओम प्रकाश मिश्राका २५ बर्षिय छोरा अजय मिश्रा गम्भिर घाईते भएको भारतिय प्रहरीले जनाएको छ ।