बांकेको कोहलपुर र सुर्खेतको बीरेन्द्रनगरका घडेरी सस्तोमा बिक्री गर्ने साझाका पूर्व अध्यक्ष सहित ९ जना बिरुद्ध भ्रष्टाचार मुद्धा

नेपालगञ्ज २५ साउन/ साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नंम्बर ८ को क्षेत्रफल २ कटठा घडेरी जग्गा र बाँके जिल्ला, कोहलपुर वडा नंम्बर ३क को क्षेत्रफल २ कटठा १७ धुर जग्गा अनुचित लाभ लिई कम मूल्यमा विक्री गरी संस्थाको आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उक्त सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खडका समेतरेकोका सञ्चालक समितिले भ्रष्टाचार गरेको ठहर गदै्र्र बिहिबार बिशेष अदालत काठमाण्डोंमा मुद्धा दायर गरेको छ ।

उक्त मुद्धामा अन्य संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापाले साझा भण्डार सहकारी लिमिटेडको नाममा रहेको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिंङ नक्सामा व्यावसायिक क्षेत्र भनी तोकिएको साविक कटकुवा गाविस वडा नं ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं ८ को क्षेत्रफल ०–२–० को जग्गा तथा बाँके जिल्ला, कोहलपुर गाविस वडा नं ३क को क्षेत्रफल ०–२–१७ को जग्गा अत्यन्त कम मूल्यमा बिक्री गरी संस्थालाई ४ करोढ ४ लाख २४ हजार १ सय ८१ रुपैया हानि–नोक्सानी पुर्‍याउने कार्य भ्रष्टाचार निवार ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निजहरूलाई जग्गा विक्री वापत संस्थालाई नोक्सानी पुर्‍याएको विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा १ को खण्ड झ बमोजिम कैद र जरिवाना गरी ऐनको दफा १७ वमोजिम विगोसमेत असुल उपर हुन मागदावी लिइएको बिहिबार अख्तियारद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।